Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ। बिशिस्ट व्यक्तिलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यस्तै सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।

Read More

अछाम : साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैं खर्च उपलब्ध गराएका छन्। नगरपालिकाका -१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैं खर्च उपलब्ध गराएका हुन्। नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन्। एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन्। नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दसैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए। उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ। त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ। मेरो कार्यकाल रहँदासम्म मेरो सेवा सुविधाबाट हरेक दसैंमा आर्थिक सहयोग गर्नेछु। दसैं…

Read More

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। महाशाखाले बिहीबार साँझ या शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुईस्थानमा मेघगर्जन/चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।…

Read More

काठमाडौं : नेपाल, हङकङ र युएईबीचको टी-२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ। बिहीबार मुलपानी मैदानमा भएको खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात निकाल्यो। हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर पार गर्‍यो। नेपालका ओपनर कुशल भुर्तेल ८ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर आसिफ शेखले ४२ रन जोडे। आसिफले ३४ बलमा ६ चौका प्रहार गरे। कुशल मल्ल १ रन र सन्दीप जोरा ३ रनमै आउट भए। दुवैलाई हङकङका इशान खानले बोल्ड गरे। खानले कुशल भुर्तेललाई पनि बोल्ड गरेका थिए। कप्तान रोहितकुमार पौडेलले नटआउट २५ रन र गुल्सन झाले नटआउट १४ रन बनाए।…

Read More

काठमाडौं : परराष्ट्र मन्त्री एनपी साउद अमेरिका भ्रमण जाने भएका छन् । कार्तिक ११ नेपाल आउन लागेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजसँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासचिव गुटरेज गत असोज २६ मै आउने भनेर तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो ।

Read More

काठमाडौं : दोलखामा बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको बेतिनी घर भएका ३८ वर्षीय चेतनाथ न्यौपाने छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत शुक्रबार न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दोलखाको जिम्मा लगाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए। काठमाडौंको सामाखुसी बस्दै आएका न्यौपाने भने लसुनको कारोबारी थिए। चीनमा बसेर लसुनको कारोबार गर्ने गरेका उनी तस्करीको सुनमा पनि जोडिएको पाइएपछि पक्राउ गरिएको एसपी अधिकारीले बताए। यो प्रकरणमा यसअघि ११ जना पक्राउ परिसकेका छन्।

Read More

काठमाडौं : सरकारले उपप्रधान तथा  गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे जानकारी दिएकाे छ। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्री श्रेष्ठ अहिले बाेल्न सक्ने हालतमा रहेकाे जानकारी दिइन्। श्रेष्ठ हृदयाघातका कारण बेइजिङस्थित अस्पतालमा उपचाररत रहेको र अवस्था खतरामुक्त रहेको उनकाे भनाइ छ। ‘गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ। उहाँलाई अचानक गएराति हृदयाघात भयो र उहाँकाे बेइजिङस्थित अस्पतालमा अप्रेशन भएको छ। उहाँ अहिले खतरामुक्त हुनुहुन्छ। केही दिन उहाँ उतै रहनुहुनेछ। बोल्नसक्ने स्थितिमा आउनुभएको छ’, उनले भनिन्। बेइजिङमा अतिथिहरूका लागि निश्चित गरिएको ‘डेडिकेटेड’ इन्टरनेसनल मेडिकल सर्भिस नामक एउटा अस्पतालमा भर्ना गरेर श्रेष्ठकाे उपचार भइरहेकाे छ। यो अस्पताल ग्रेट हल अफ द पिपुल्स…

Read More

काठमाडौं : करण केसीको घातक बलिङमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १९.३ ओभरमा ९४ रन बनाउँदा सबै विकेट गुमायो। उसको सुरुवात नै निकै खराब रह्यो। १४ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाएको हङकङका लागि यासिम मुर्तजाले अइजाज खानले सर्वाधिक ३६ रन जोडे भने जिसन अलीले १७ बनाए। दुबैले छैटौं विकेटका लागि ३० रनको साझेदारी गरेका थिए। हङकङलाई सस्तैमा समेट्ने क्रममा करण केसीले एक्लैले ४ विकेट लिए भने अविनाश बोहोरा र सोमपाल…

Read More

डडेल्धुरा : डडेल्धुरामा ८ वर्षीय छोरा भरत बोहराको हत्या गरि खाडलमा पुर्ने कार्यमा संलग्न रहेका बुवा पक्राउ परेका छन्। छोराको हत्या गरि फरार रहेका जिल्लाको आलिताल गाउँपालिका-८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो। फरार प्रतिवादी बोहरालाई घरबाटै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार प्रतिवादीको सूचीमा थिए। बोहरालाई असोज ३० गते प्रहरीले उनकै घरबाट पक्राउ गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए । २०७९ पौष ३० मा घरेलु हिंसाका कारण भरतले ज्यान गुमाउनु परेको थियो। आमा कलमति र सौतेनी आमा जानकीको निरन्तरको कुटपिटबाट मृत्यु भएका…

Read More

काठमाडौं : विश्वकप फुटबलको छनोटमा दोस्रो चरण पुगेको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई जनही ५१ हजार रुपैयाँ दिइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । लाओसलाई हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको थियो । पहिलो चरणको होम खेलमा बराबरी खेलेको नेपालले लाओसको मैदानमा मंगलबार साँझ १-० गोलको जीत हात पारेर दोस्रो चरणको यात्रा तय गरेको हो ।

Read More