Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, कैलालीमा कार्यरत एसएसपी प्रज्वल महर्जनको सरुवा भएपछि बिदाई गरिएको छ। आज (आइतबार) महर्जनको बिदाई गरिएको हो। अस्ति बुधबार महर्जनको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रपलान्चोक भएको थियो। अस्ति उनीसहित नेपाल प्रहरीका २० जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको थियो। आज उनै महर्जनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीको प्रमुख आतिथ्यतामा बिदाई गरिएको हो। बिदाईका क्रममा महर्जनले प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदाको बखत सुदूरपश्चिम प्रदेश प्रहरी परिवारबाट पाएका सहयोग, सद्भाव र सामुहिक भावनाप्रति आभार प्रकट गरेका थिए।

Read More

काठमाडौं : काठमाडौंको एक गेस्ट हाउसबाट ७२ लाख रूपैयाँ नगदसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-७ स्थित लुम्बिनी खाजा तथा गेस्ट हाउसको कोठाबाट उक्त रकम बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा भोजपुरको पौवादुङमा गाउँपालिका-४ स्थायी घर भई काठमाडौंको न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । उक्त रकम हुन्डीको भएको प्रहरीको आशंका छ ।

Read More

काठमाडौंः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेको मादक पदार्थ सेवनलगायत ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय विवादमा परेको छ। सजायको नाममा कानुनविपरीत ट्राफिक स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ। गणतन्त्र दिवसको अवसर पारेर लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडक अनुशासन पालना गराउन लगाउने घोषणा गरेका थिए। उनको घोषणापछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक स्वयंसेवक खटाउन थालेको छ। पहिलो दिन एक हजार ३०२ जनालाई सडकमा ल्याएर उभ्याइएको थियो। योजनाबिना चर्को घाममा उभ्याउने काम मात्र गरेपछि गृहमन्त्रीको चर्को विरोध भइरहेको छ। यता, पूर्वप्रहरी अधिकृतहरुले पनि सजायको नाममा सडकमा ल्याएर उभ्याउनु गैरकानुनी…

Read More

विराटनगर : इलाममा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । इलाम नगरपालिका २ सुम्बेक पराजुली गाँउमा फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेको इलाम प्रहरीले जनाएको छ । उनीहरू घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुन्डिएको पाइएको छ । फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् । बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जवेगुको भनाइ छ ।

Read More

काठमाडौंः सशस्त्र प्रहरी बल, नेपालका प्राविधिक नायव उपरीक्षक डा. नेत्रबहादुर कार्कीलाई सात दिने स्पष्टिकरण सोधिएको छ। लामो समयदेखि गैरहाजिर उनलाई गृह मन्त्रालयले चित्तबुझ्दो स्पष्टिकरणसहित आगामी सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ। अन्यथा, सेवाबाट हटाइने चेतावनी दिइएको छ। आज जारी सूचनामा उल्लेख छ, ‘तपाईंलाई सशस्त्र प्रहरी नियामावली, २०७२ को नियम ११३ को उपनियम (१)को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार पन्ध्र दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसुरमा ऐ नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिम ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ विभागीय कारबाही गर्न लागिएको हुँदा तपाईंउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिब कारण भए…

Read More

कञ्चनपुरः कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बेदकोट नगरपालिका-६ सिसैयामा टिप्परको ठककरबाट सोही ठाउँकै युवकको मृत्यु भएको हो। शनिबार साँझ पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बेदकोट नगरपालिका- ६ सिसैयामा टिप्परको ठक्कर दिदा काले कामीको निधन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरदेखि धनगढी तर्फ गईरहेको सुपप्र ०२०११क५१४ नम्बरको टिप्परले ठक्कर दिदा बेदकोट नपा ६ का स्थानीय ५०वर्षीय कामीको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले बढुवा भएका प्रहरी नायव निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । कार्यालयमा एक कार्याक्रमको आयोजना गर्दै प्रहरी नायव निरीक्षकहरु गजेन्द्रबहादुर चन्द, मानबहादुर बिष्ट र प्रेम सिंह भाटलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले जनपद समूह तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गरेको थियो । यस कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले दर्जानी चिन्ह प्रदान गर्दे उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए । विष्टले नयाँ दर्जा पाएका प्रहरी नायव निरीक्षकहरुलाई आगामी कार्यकालमा इमानदारी, समर्पण र निष्ठापूर्वक कार्य सम्पादन गर्न प्रेरित…

Read More

डडेल्धुरा : डडेल्धुरामा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। हिजो (शनिबार) साँझ जिल्लाको गन्यापधुरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा अमरगढी नगरपालिका–१ का २२ वर्षीय केशव ऐरको मृत्यु भएको हो। भातकाँडाबाट रुवाखोला जाँदै गरेका बा०१००४क २२५३ नम्बरको टिपरका सहचालक रहेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटनापछि टिपरका चालक फरार रहेका छन्।

Read More

काठमाडौं : बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ। हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई काठमाडौंबाट पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ। उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो। नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो। उनी गत बिहीबार नै पक्राउ परेको समाचारमा उल्लेख छ ।हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको बताइएको छ। ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डीबी)को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौंतर्फ प्रस्थान…

Read More

रुपन्देही : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १ कपासी टोलमा अत्यधिक गर्मीका कारण एक पुरुषको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो। जेठ १५ मा परियार आफ्नो घरबाट छोरीलाई भेट्न आएका थिए । गर्मीमा डिहाईड्रेसनको कारणले ज्यान गएको हुनसक्ने वडाध्यक्ष तिलक बस्नेतले बताए । उनले परियारको मृत्यु गर्मीकै कारण भएको प्रारम्भिक रुपमा देखिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक बील बहादुर सुनारले स्थानवासीले दिएको विवरणअनुसार परियारको मृत्यु गर्मीकै कारण रहेको प्रारम्भिक रुपमा देखिएको बताए । मृतकको शवको कपिलवस्तु अस्पतालमा पोस्टमार्टमपछि…

Read More