Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको हो। प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘१६ गते मंगलबार दिनको १: ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’ भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ। सोमबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त प्रतिवेदन पेश गरेका हुन्।

Read More

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधु कुमार मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा एलएमबीआइएस बजेट प्रविष्टिका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी नगराई मरासिनीले २५ करोड रकम बजेट(रातो किताब)मा समावेश गराएको अख्तियारको ठहर छ । यसैगरी राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक (कार्यकारी निर्देशक)…

Read More

काठमाडौँ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने जनाएको छ । तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ । अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको स्मरण पनि कार्यालयले गराएको छ । यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु…

Read More

काठमाडौँ : इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिएका थिए । आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन । यसैबीच घटनास्थलमा पुगेर ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा पुर्‍याएका छन् । चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ । आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ ।

Read More

डडेल्धुराः डडेल्धुराका सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका (विओपी) बिना पूर्वाधारका रहेका छन्। जिल्लाका परशुराम नगरपालिका अन्तरगत सीमावर्ती क्षेत्रमा रहेका पाँच वटा विओपी मध्ये सादँनी, तातापानी, परिगाँउ र रुपाली गाडको पूर्वाधार निर्माण हुन सकेको छैन्। सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीहरूका लागि आवश्यक पूर्वाधार नहुँदा उनीहरूलाई समस्या रहेको छ। डडेल्धुरामा नेपाल–भारत सीमा क्षेत्रमा ५ वटा विओपी स्थापना भएका छन्। जसमध्ये सशस्त्र प्रहरी वल नेपाल सिमशिर्षकोे विओपीको मात्रै भौतिक संरचना रहेको छ। सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको बढ्दो उपस्थितिले नाका वासीले सुरक्षाको अनुभुति गर्न पाएको सशस्त्र प्रहरी वल नेपाल ५२ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर पालले बताए। अस्तव्यस्त अवस्थामा रहेका…

Read More

डडेल्धुराः डडेल्धुरामा ४८ जनामा डेंगु संक्रमण देखिएको छ। डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालमा गरिएको परीक्षणमा ४८ जनामा पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएकामध्ये डडेल्धुराका ३९, बैतडीका ६, बझाङका २ र डोटीका एक जना रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। आइतबार स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाममा आयोजना गरेको ‘डेंगु ज्वरोसम्बन्धी सरोकारवालाहरूसँगको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम’मा उक्त तथ्यांक प्रस्तुत भएको हो। पाँच गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरामा साउनदेखि हालसम्म सबैभन्दा बढी जिल्ला सदरमुकामको अरमगढी नगरपालिकामा डेंगु संक्रमण देखिएको छ। अरमगढीका १५, परशुराम नगरपालिका र गन्यापधुरा गाउँपालिकाका ७/७, अजयमेरु र नवदुर्गा गाउँपालिकाका ४/४ तथा आलिताल र भागेश्वर गाउँपालिकाका १/१ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयका भेक्टर…

Read More

काठमाडौं : साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य सामान्य घटेको छ। मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। मंगलबार प्रतितोला चार सय रुपैयाँ, बुधबार प्रतितोला आठ सय रुपैयाँ, बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ, शुक्रबार प्रतितोला आठ सय रुपैयाँ र आइतबार प्रतितोला आठ सय रुपैयाँ गरी पाँच दिनमा सुनको भाउ प्रतितोला चार हजार दुई सय सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री प्रचण्डले अहिले केही बेरमा संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्। चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै रास्वपाले सर्वदलीय बैठक बहिष्कार गर्ने रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्। ‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्। सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय आयोग बनाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ।

Read More

काठमाडौँः काठमाडौँको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङ रहेका छन्। बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल पुलबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार गुरुङ मोटरसाइकल पछाडी सवार थिए। मोटरसाइकल चालकलाई उद्धार गरेर अस्पताल पठाइएको छ।

Read More