Author: महेन्द्रनगर पोष्ट

धनगढीः दार्चुलामा घरको सिँढीबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको शैलशिखर नगरपालिका–९ गाँजरीका ७० वर्षीय वृद्धा कलावती महरको मृत्यु भएको हो। घरको सिँढीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलिन्द्र नाथले जानकारी दिए। उनका अनुसार आफ्नै घरको सिँढी (भर्‍याङ)बाट लडेर बेहोस भएकी महरको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

Read More

काठमाडौं: एक हाकिमलाई उनकी पत्नीले अर्कै युवतीसँग रोमान्स गरिरहेको फेला पारेकी छिन्। त्यो पनि पतिकै कर्मचारीसँग। यो घटना झापाकाे अर्जुनधारा नगरपालिकामा भएको हो।त्यहाँको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्। नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा फेला पारेपछि बबाल भएको छ। स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको हो।

Read More

धनगढी: नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो। सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो। सरकारले चिकित्सकलाई सुरक्षा दिनुपर्ने उनीहरूको माग छ।

Read More

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन्। उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ।  यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन्।  हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए। राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन्।

Read More

चितवन: कार्यालय सहयोगीलाई पटक पटक बलात्कार गरेको अभियोग लागेका जिल्ला तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी २५ हजार धरौटीमा रिहा भएका छन्। भण्डारीले पटक पटक बलात्कार गरेपछि बसेको गर्भपतन गर्ने क्रममा अत्यधिक रक्तश्राव भएपछि ज्यानकै जोखिममा परेकी उनले प्रहरीमा भनेको घटना विवरण अदालतमा फेरेपछि त्यही बयानलाई आधार मानेर जिल्ला अदालत चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले मंगलबार भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्। श्रीमानले दोश्रो विवाह गरेपछि आफ्नो पतीसँग अलग बस्दै आएकी र साहाराविहिन कार्यालय सहयोगी महिलालाई हाकिमले डर, धम्की देखाउँदै पटक पटक यौन शोषण गर्ने गरेको बताइएको थियो।

Read More

पाटादेवल: खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा लाग्ने सैन्डाँडा मेला (पैठी) को चहलपहल भाद्र शुक्ल प्रतिपदाको दिनदेखि नै सुरु हुन्छ । पैठी भने शुक्ल चतुर्दशीदेखि पूर्णिमाको पाँचौँ दिनसम्म लाग्ने गर्छ ।  सामाजिक एकताको प्रतीकका रूपमा चिनिने सैन्डाँडा मेलामा बझाङ मात्रै नभएर छिमेकी जिल्ला डोटी, बाजुरा र अछामसहितका हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू आउने गर्दछन् । पछिल्लो समय खापरको पूजासँगै सांस्कृतिक कार्यक्रम पनि हुने हुँदा जिल्लाभरका मान्छे पाटादेवलमा झुम्मिन्छन् । खापर पुजकको सुरुआत भएको ठाउँ भन्दै जिल्लाभरका अधिकांश समुदायले पुजपोखल (पूजा सामाग्री) ल्याएर पैठी (सैन्डाडा) आउने गरेका छन् । खप्तडछान्ना–६ का वडाध्यक्ष तेजबहादुर खड्काका अनुसार सैन्डाँडा मेला साझा फूलबारी भएको भन्दै पूजाआजामा सहभागी हुने सबै…

Read More

कञ्चनपुर: कञ्चनपुरमा एक फरार अभियुक्त २७ वर्षपछि पक्राउ परेका छन्। काठ तस्करी मुद्दामा फरार भएका कृष्णपुर नगरपालिका– ६ मौरीफाँटाका गोरे रोकाया पक्राउ परेका हुन्।  रोकायालाई अदालतबाट ०५३ सालतिर काठ चोरी निकासी मुद्दामा कैद र जरिवाना तोकिएको थियो। रोकायालाई बुधबार इलाका प्रहरी कार्यालय गुलरियाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरुङ नेतृत्वको टोलीले घरबाटै पक्राउ गरेको थियो। रोयाकाले ०५१ सालमा वनबाट काठ तस्करी गरेका थिए। उतिवेला उनको उमेर ३४ वर्षको थियो। मुद्दा फैसला हुँदा ३६ वर्षका डाँगी अहिले पक्राउ पर्दा ६३ वर्ष पुगेका छन्। २६ असार ०५३ सालमा जिल्ला अदालत कञ्चनपुरले रोकायालाई काठ चोरी निकासी मुद्दामा एक वर्ष कैद र १७ हजार, तीन…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको हुम्लाको हिल्सा हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर भ्रमणलाई सहज बनाउन नेपालतर्फको सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिने बताएका छन्। चीनको औपचारिक भ्रमणका क्रममा बिहीबार कैलाश पर्वत र मानसरोवर क्षेत्रको स्थलगत अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले हुम्लातर्फको सडक राम्रो भए बर्सेनि लाखौँ भारतीय पर्यटक नेपाल आउन सक्ने सम्भावना रहेको धारणा राखे। प्रम प्रचण्डले नेपाली, भारतीय र अन्य देशका पर्यटकले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी समेत दिए। हिन्दु धर्मग्रन्थहरूमा उल्लेख भए अनुसार देवताका पनि देवता, महादेवको…

Read More

कञ्चनपुर: जिल्लाको बेलौरी नगरपालिकाबाट २ किशोरीको उद्धार गरिएको छ। बेलौरी-१० स्थित भुडा चौकीबाट खटिएको प्रहरी टोलीले भारतीय बजार कम्बोजनगर हुँदै भारत पस्न तयार भएका २ किशोरीको उद्धार गरेको हो। बेलौरी- १ बस्ने उनीहरूमध्ये एकजनाको उमेर १४ र अर्कीको उमेर १३ वर्ष रहेको बताइएको छ। प्रहरीले शंकाको अधारमा सोधपुछ गर्दा दुवैले भारत हुँदै कोरिया जान लागेको बताएका थिए। कसैबाट ठगिएको अथवा झुक्काइएको हुनसक्ने भन्दै प्रहरीले दुवैजनालाई उद्धार गरि आफन्तको जिम्मा लगाएको छ।

Read More

बैतडीः  बैतडीमा स्कारपियो र अल्टो कार एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन्। हिजो(बिहिवार) साँझ जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पार्किङ गरेर राखेको सु.प.प्र०२००१ च १०१५ स्कारपियोलाई देहीमाण्डौंबाट बैतडी सदरमुकामतर्फ गइरहेको से १ ज ७५३ नम्बरको अल्टोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अल्टोले स्कारिपयोलाई ठक्कर दिँदा दुवै गाडीमा क्षति पुगेको छ। अल्टो चालक दिनेश मौनी समान्य घाइते भएका र उनी उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

Read More