Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन्। जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन्। उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए। सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाहले जानकारी दिए। हतियारजस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै असई चन्दलाई प्रारम्भिक कारबाही गरिएको र थप कारबाहीका लागि छानबिन समितिले अनुसन्धान गरिरहेको उनले बताए। यस्तै बन्दुक पड्काउनेलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।

Read More

कैलाली : कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुरु हुने सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघले मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना गर्ने महोत्सवको तयारी सुरु भएको हो । कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवर शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारीका लागि ३० वटा उपसमिति गठन गरेर महोत्सवको तयारी सुरु गरेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवको तयारी सुरु गरिएको छ । अहिले महोत्सव स्थललाई जस्ता पताले घेरबार गर्ने काम भइरहेको छ । महोत्सवका संयोजक समेत रहेका कुँवरले चार सय स्टल रहने महोत्सवबाट १० करोडको कारोबार हुने बताए ।…

Read More

काठमाडौं : धनगढी उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ । आगो देखिएको इन्जिन बन्द गरी अर्को इन्जिन सञ्चालन गरेर जहाज काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनका अनुसार जहाज काठमाडौंबाट दिउँसो ३ः४३ मा उडेको थियो । ७५ जना यात्रु रहेको विमान ४ः२३ मा काठमाडौं फर्किएको थियो । यात्रुलाई अर्को जहाजमार्फत धनगढी लगेको प्रवक्ता झाले जानकारी दिए ।

Read More

धनगढी : कञ्चनपुरमा शहीद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का कार्यकर्ता पक्राउ परेका छन् । शुक्रबार दिउँसो राजसंस्था पुर्नःस्थापनाको माग गर्दै महेन्द्रनगर बजारमा प्रर्दशन गरेको राप्रपाका कार्यकर्ताहरुले भीम बाटिका उद्यानभित्र प्रवेश गरेर शहीद भीमदत्त पन्तको शालिक तोडफोड गर्ने राप्रपा० का १८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक९एसपी० श्याम चौधरीले उद्यानको मूल गेटमा लेखिएको भीम बाटिकाको नाम मेटाउदै उद्यानभित्र प्रवेश गरी शहीद पन्तको शालिक तोडफोड गरेको बताए । पक्राउ पर्नेमा राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल लगायतका…

Read More

धनगढी: नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले भूकम्प प्रभावित क्षेत्रमा धमाधम काम गरिरहेको हो। हालै गएको भूकम्पले क्षतिग्रस्त जाजरकोट र पश्चिम रुकुमका विभिन्न स्थानहरुमा एमालेका यी दुई संगठनले लगातार काम गरिरहेका हुन्। केन्द्रिय कमिटीको टोलीसहित सुदूरपश्चिम र कैलालीका अनेरास्ववियु र युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा गएर क्षतिग्रस्त भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा कार्य गरिरहेको बताइएको छ। अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राईले अहिले अनेरास्ववियुका स्वयंसेवकहरुले धमाधम पुनर्निर्माणको काम गरिरहेको जानकारी दिए। यस्तै अनेरास्ववियुकै केन्द्रिय कमिटी सदस्य किशोर शाहले पनि प्रभावित क्षेत्रमा स्थानीय तथा विद्यार्थी र बालबालिकाको अवस्था दयनीय रहेकोले आफूहरु श्रमदान…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज (शुक्रबार) झापा पुगेका छन् । उनी बुद्ध एयरको जहाजबाट आज दिउँसो झापा पुगेका हुन् । झापामा पूर्वराजाको भ्रमण सफल र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी एक हप्ता भन्दा लामो समयदेखि जुटिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर पूर्व राजाको भ्रमण व्यवस्थित बनाउने चाँजोपाँजोमा लागिरहेका छन् । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौति छ ।पूर्वराजा ज्ञानेन्द्र आज मेचीनगर रिसोर्टमा बास बस्ने छन् । भोलि धुलाबारी नजिकै निन्जाखोलाको पुल वारीबाट मोटरसाइकल र्‍यालीको तयारी गरिएको छ । र्‍यालीमा कम्तिमा सात हजार मोटरसाइकल उतार्ने…

Read More

दोधारा चाँदनी : इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् । इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समाचारले विपिन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी छ । “छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ ।” विपीनका बुबा महानन्दले भने, “नेपाल सरकारले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदेओस् ।” जोशी परिवारले पटक–पटक परराष्ट्रमन्त्रीलाई विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । “भगवानसँग प्रार्थना गर्छु छोरो सकुशल मेरो काखमा आइपुगोस्,” आमा पद्माले भनिन्,“ विपिन घर फर्किने बाटो कुरेर…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ। आज (शुक्रवार) अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि हिडेको हो। अनेरास्ववियू कञ्चनपुरका संयोजक समेत रहेका विद्यार्थी नेता प्रज्वल कुवरको नेतृत्वमा अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको स्वयंसेवक टोली पुनर्निर्माणका लागि खटाइएको कुरा अनेरास्ववियू प्रदेश कमिटी सचिवालय सदस्य सुशिल चन्दले बताए। यस्तै अनेरास्ववियूको केन्द्रीय टोली पनि सो क्षेत्रमा केन्द्रीय कमिटी अध्यक्ष आरती लामाको नेतृत्वमा आजै आउन लागेको छ।

Read More

महेन्द्रनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीम वाटिकामा भीमदत्त पन्तको शालिक तोडफोड भएपछि सुरक्षामा खटिएका प्रहरीमाथि कारवाही गर्ने भएको छ । प्रहरी उपरीक्षक कमल थापाले शालिक तोडफोडमा सुरक्षा कमजोरी भएको स्वीकार गरी प्रहरीलाई स्पष्टीकरण सोधेर कारवाही गर्ने बताएका हुन् । शालिक तोडफोडपछि प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा, भीमदत्त पन्त स्मृति प्रतिष्ठान र भीम वाटिका संरक्षण समितिका प्रतिनिधि सहितको छलफलमा प्रहरी उपरीक्षक थापाले सुरक्षा कमजोरी भएको स्वीकार गरेका हुन् । राप्रपाले राजसंस्था पुनःस्थापना अभियानका लागि गरेको प्रदर्शनका क्रममा सहभागीहरुले पार्कभित्र प्रवेश गरी पन्तको शालिक तोडफो गरेका थिए । प्रहरीले शालिक…

Read More

महोत्तरी : महोत्तरीमा एक छात्रालाई बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन्। बिहीबार दिउँसो विद्यालयमै सात वर्षीय छात्रालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो। गौशाला– ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह विद्यालयका सञ्चालक समेत हुन्। टिफिनको समयमा चौथो तल्लाको छतमा लगेर प्रलोभन देखाएर उनले बालिकालाई बलात्कार गरेको जाहेरीको आधारमा साहलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप गिरीले जानकारी दिए। उनका अनुसार अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको हो। साहलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थुनामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको…

Read More