Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । एसएसपी लुइँटेललेअनिवार्य अवकाशमा जानु अगाडि नै राजीनामा दिएका हुुन् प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सहनिर्देशक रहेका लुइँटेल मंसिर ६ गते अनिवार्य अवकाशमा जाँदै थिए । तर, उनले अवकाशको १५ दिनअघि नै राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ । एसएसपी लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । एसएसपीबाट डीआईजीपीमा बढुवा हुन पाएको भए उनले थप एक वर्ष सेवा गर्न पाउने थिए ।

Read More

धनगढीः भारतबाट अबैध रुपमा आयात गरिएका फूलका माला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। एक सय किलोग्राम फूलका माला सशस्त्र प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो। नेपाल सरकारसँगै धनगढी उपमहानगरपालिकाले समेत सार्वजनिक सूचना नै जारी गरेर भारतबाट फूल आयात नगर्न आग्रह गरेको थियो। तर उक्त सूचनाको अवेज्ञा गर्दै अबैध रुपमा आयात गरिएका एक सय किलोग्राम फूलामाला धनगढीबाट सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

Read More

काठमाडौँ : तिहारमा धेरै प्रयोग हुने झिलिमिली बत्तीको आयात यस वर्ष बढेको छ । यस वर्ष ४५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो । गत वर्ष ३६ करोडको मात्रै आयात भएको थियो । पहिले माटोको दियो प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न खालका दियो, माला बत्तीलगायत आधुनिक झिलिमिलीको प्रयोग बढेको छ । जसअनुसार वर्षेनी करोडौँ रुपैयाँको विद्युतीय झिलिमिली बत्ती आयात हुने गरेको छ । तिहारका लागि यस वर्ष ४५ करोड रुपैयाँसम्मको झिलिमिली बत्ती आयात भएको नेपाल इलेक्ट्रिक व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार झिलिमिली बत्तीहरूको माग राम्रो रहेको छ । बजारमा माग बढेसँगै बत्तीको मूल्य पनि बढेको छ ।…

Read More

काठमाडौँ : मधेश प्रदेश सभामा रिक्त रहेको जनता समाजवादी पार्टीको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादव निर्वाचित भएकी छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशन गर्दै यादव प्रदेशसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । यसअघि समानुपातिकको मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य रहेकी विन्दुकुमारी यादवको निधन भएपछि उक्त पद रिक्त थियो । समानुपातिक सांसद विन्दुकुमारीको गत भदौमा निधन भएको थियो । प्रदेश सभा सदस्य निर्वाचन, ऐन २०७४ को दफा ४० को उपदफा (२) र प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ४७ को उपनियम (५) बमोजिम जसपाबाट मधेशी समावेशी समूहबाट प्रदेशसभा सदस्य निर्वाचित भएको निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतमले राजपत्रमा सूचना जारी…

Read More

-महादेवी बर्मा (महादेवी बर्मा, हिन्दी साहित्यकी प्रख्यात कवियत्री, लेखिका र साहित्यकार हुन् । उनका कवितामा छायावादको प्रभाव परेकोले उनलाई छायावादी कविहरू मध्ये एक मानिन्छ । यस निबन्धमा उनी बद्रीनाथ, केदारनाथको तीर्थयात्रा गर्न आउँदा भारी बोक्ने नेपाली कुल्लीहरूको तत्कालिन अवस्थाको वर्णन पढन पाइन्छ । सन १९८१ आसपास, कलेज पढदा ताका सहपाठी उपेन्दरले ‘यो पढ नेपालीको कथा’ भनेर स्मृति की रेखाएँ पढन दिँदा, आफ्नै बाउ बाजेको कथाले मन छोएकोले डायरीमा उतार गरि राखिएको थियो । अहिले पनि तिनीहरूका सन्तान दरसन्तानको अवस्थामा सुधार नआएको र त्यही नियतिमा जीवन निर्वाह भईरहेको छ । यही सन्दर्भमा कसैले उहिल्यै रचना गरेको एक गीतको अहिले पनि सम्झना…

Read More

काठमाडौं : नेकपा(एमाले)का नेता महेश बस्नेतको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर चरिहत्या गरेको आरोपमा एक पत्रकार पक्राउ परेकी छिन् । नेपाल प्रहरीको साइबर ब्यूरोले आशा भारतीलाई पक्राउ गरेको हो । उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअनुसार जिल्ला अदालत काठमाडौैंमा मुद्दा दायर भएको छ । पक्राउ परेपछि उनले सो भिडियो शेयर गरेको स्वीकार गरेकी छिन् । उनले बयानमा आफु सञ्चारकर्मी भएकाले सामाजिक सञ्जालबाटै तानेर उक्त भिडियो राखेको बताएकी छिन् ।

Read More

काठमाडौं : उमेर कीर्ते प्रकरणका कारण विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिए उनको ठाउँमा दुईतारे जर्नेल अशोक सिग्देललाई लगिने भएको छ । दुई तारे जर्नेल सिग्देल तीन तारेमा बढुवा हुने निश्चित भएको छ । आज बेलुकासम्ममा पाण्डेको राजीनामा स्वीकृत हुने र सिग्देलले निमित्त बलाध्यक्षको जिम्मेवारी लिने बुझिएको छ । कोर्टअफ इन्क्वायरी गठन गरी आफूमाथि कारवाही प्रक्रिया अघि बढेपछि पाण्डेले आज बिहान जंगीअड्डा पुगेर राजीनामा बुझाएका थिए । योसँगै नेपाली सेनामा भावी नेतृत्वको लाइनसमेत क्रमशस् सोझिएको छ । अर्को वर्ष अर्थात् ०८१ को भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि सिग्देल चिफ हुनेगरी लाइन सोझिएको हो । यसअघि…

Read More

काठमाडौं : मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा पक्राउ परेका नातेदार दुई नातेदारलाई प्रहरीले सार्वजनिक गरेको हो । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। गोपाल श्रीदेवीका मामाका छोरा हुन्। श्रीदेवीका श्रीमान् दीपक रोजगारका लागि कतारमा थिए। गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ । वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैंकअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई बुझाउनुपर्नेछ…

Read More

काठमाडौँ : सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले राहतसम्बन्धी मापदण्ड सम्बोधन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले एशियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर करिव १३ अर्ब २६ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपषिद् बैठकका १७ निर्णय : -संयुक्त राष्ट्रको खाद्य तथा कृषि संगठनको आयोजनमा यहि कार्तीक २० गतेदेखि २२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने कन्सटाइजिन एक्सन्स टु वाट्स एग्रिफुट्स सिस्टम ट्रान्सफरमेसन कार्यक्रममा राष्ट्रिय योजना आयोगका मान्य सदस्य…

Read More