Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बर्ताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षा लगायतका विषयमा निर्देशन दिदै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा मदिरा चोर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झलारिको बम टेर्ड्र्स एण्ड मदिरा पसल र एभरेष्ट मदिरा पसलमा चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का प्रविन भनिने ओम प्रकाश ओली,वडा नम्बर ११ का आकाश तिरुवा र कमल तिरुवालाई ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

Read More

एजेन्सी : अमेरिकी राष्ट्रपति जो वाइडेन युद्धग्रस्त इजरायलमा पुगेका छन् । आफ्नो कार्यकालकै सबैभन्दा महत्वपूर्ण भ्रमणका रुपमा उनी इजरायल पुग्नुलाई हेरिएको छ । उनी बुधबार इजरायल पुगेका हुन् । इजरायलमा उनी तेल अबिब क्षेत्रमा अवतरण गरेका छन् । इजरायलमा भ्रमणमा रहेका वाइडेनले गाजा सिटी अस्पतालमा भएको आक्रमण ‘अर्को समूह’ले गरेको भन्दै कूटनीतिक जवाफ दिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातनयाहुसँग भेटवार्ता गरेका बाइडेनले अमेरिकीहरु चिन्तामा रहेको बताएको सीएनएनले जनाएको छ ।

Read More

विराटनगर : कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र ५ विपक्षमा मत परेको हो। राप्रपाका एकजना सांसद अनुपस्थित रहे। मत दिन्न भन्ने पक्षमा शून्य मत प्राप्त भएको छ। उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्। गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले, नेपाली कांग्रेस,ने कपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत…

Read More

काठमाडौं : नेपाल वायुसेवा निगमले किस्ताबापतको ५३ करोड बढी रुपैयाँ भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये असोज महिनाको किस्ता भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। उनका अनुसार न्यारोबडीको पूरा र वाइडबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको हो। निगमले यसअघि गत २०७९ असारदेखि २०८० आसारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो। व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षभन्दा सुधार हुँदै गएको निगमले जनाएको छ।…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पले नै कम परिमाणमा पेट्रोल बिक्री गर्ने गरेको भेटिएको छ । स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्पबाट कम परिमाणमा बिक्री गरेको भेटिएसँगै प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएको टोलीले उक्त पम्प सिल गरेको हो । बुधवार गरिएको अनुगमन क्रममा सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हल चोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका सहसचिव प्रधुम्न उपाध्यायले बताए । ‘उपाध्यायले भने, ‘६ पटक जाँच गर्दा पनि चार पटक परिणाम भन्दा थोरै देखिएपछि सिल गरियो ।’ मंगलबार मात्रै अनुगमनका क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने गैरी…

Read More

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेकाे नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन्। उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए।

Read More

काठमाडौ : नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गरेका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले एमाले स्तब्ध भएको समेत बताएका छन्। ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘हामी यस आक्रमणको…

Read More

काठमाडौं : नेपालको तेस्रो विकेट पतन भएको छ। आसिफ शेख २३ रन बनाएर आउट भएका छन्। २७ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरेका थिए। यसअघि कुशल मल्ल ११ रन कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए। युएईले निर्धारित ओभरको खेल खेल्दै नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। यो समाचार तयार पार्दा नेपालले ११.३ ओभरको समाप्तिमा ६७ रन बनाएर खेलिरहेको छ ।

Read More