Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा अल्टो र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ६ हिरापुरमा अल्टो र मोटरसाइकल एकआपसमा ठोकिएका हुन्। बैतडीबाट धनगढीतर्फ गइरहेको सुपप्र ०३–०१०२३ च ६५३५ नम्बरको अल्टो र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१–००१ प ९३४१ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। दुर्घटनामा दुवै सवारी साधनमा समान्य क्षति भएको भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। अल्टोचालक दिपक भुल र मोटरसाइकल चालक परमले लुहारलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौंः बुधबार अपराह्नसम्म देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। आइतबार अपराह्नपछि मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिने हुँदा बुधबारसम्म बदली, छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनले बुधबार अपराह्नपछि मनसुनमा सुधार देखिने र त्यसपछि विभागले बुलेटिनमार्फत् मनसुन बाहिरिएको जानकारी दिने बताइन्। उनका अनुसार हाल बागमती, मधेसका पूर्वी भूभाग र कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव छ। ‘आजै अपराह्नपछि पश्चिमी वायुको प्रभाव देखिने सम्भावना छ। त्यसो हुँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी आदि…

Read More

धनगढी: कञ्चनपुरमा एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हिजो (शनिबार) इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल छिरेका सरदार दलीप सिंह रहेका छन्। उनी पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल छिरेको बताइएको छ। अहिले प्रहरीले भने उनलाई छुटाउन खोजिरहेको स्रोतको दाबी छ। तर, उता इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख इन्सपेक्टर हेमराज भट्टले भने थप अनुसन्धान भैरहेको र मुद्दा चलाउने र नचलाउनेबारे छलफल जारी रहेको बताए।

Read More

काठमाडौं : एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो। ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। टपअडर आज चल्न सकेन। १० रनमा तीन विकेट गुमाएको अवस्थामा नेपालका लागि देव खनाल र अर्जुन कुमालले क्रिज सम्हाले। अर्जुन र देव दुवैले समान ३२/३२ रन बनाए। देवले २७ बलमा ३२ रनमा अविजित रहे। अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे। बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए…

Read More

धनगढी : हिंसाग्रस्त इजरायलमा बेपत्ता नेपाली युवक विपिन जोशी अझै फेला परेका छैनन्। गत हप्ताको शनिबार हमासले इजरायलमा आक्रमण गरेपछि सम्पर्कविहीन जोशीको खोजी जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका डेपुटी चिफ अफ मिसन अर्जुन घिमिरेले विभिन्न माध्यमबाट खोजी जारी रहेको तर अहिलेसम्म उनलाई फेला पार्न नसकिएको बताए। उनले भने, ‘हामी सक्रियतापूर्वक खोजीमा लागिरहेका छौँ। अहिलेसम्म हामीले सम्पर्क फेला पार्न सकेका छैनौँ।’ हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिएका थिए । तर उनलाई हमासले नियन्त्रणमा लिएर गएका थिए। जोशीको घर कञ्चनपुरको भीमदत्त नगरपालिका–३, झाँसी हो। उनको पहाड घर भने बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिम हो। उनी गत…

Read More

धनगढीः धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ। धनगढी उपमहानगरपालिका-५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको प्रहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोकिएको हो। उता ट्राफिक प्रहरी कार्यालय कैलालीले पनि सालको रुखमा राति मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बताएको छ। प्रहरीका अनुसार राति तारानगरस्थित यातायात कार्यालय पछाडीको सुनसान अध्यारो बाटोमा मोटरसाइकल अनियन्त्रित भएर रुखमा ठोक्किई झाडीमा पसेको थियो। राति दुर्घटना भएकोमा उद्धार हुन नसकेपछि उनको निधन भएको बताइएको छ। आज बिहान ६ बजेतिर…

Read More

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन्। यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन्। उनले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडेका छन्। ‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो’, उनले भने, ‘आफूसँग विद्यालयमा पढाउने अति लगनशील शिक्षकलाई दसैँ जस्तो महत्वपूर्ण पर्वको समयमा खाली हात पठाउनसक्ने कुरै भएन, बरु आफू खाली हुनु ठिक छ भनी पाएको तलब पछि सोध भर्ना हुनेगरी…

Read More

काठमाडौं : सुनको मूल्य आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९० रुपैयाँमा…

Read More

धनगढी : बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई तेहरो भूमिका दिइएको छ। सिगास गाउँपालिकाको पनि प्रमुख को जिम्मेवारी दिइएका अवस्थीलाई डिलासैनी गाउँपालिकाको पनि जिम्मेवारी दिइएको छ। शुक्रबार मन्त्रालयले पठाएको पत्रमा अवस्थीलाई सुर्नया गाउँपालिकाको कामकाजमा बाधा नपर्ने गरी प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म डिलाशैनी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यसहितको जिम्मेवारी दिएको उल्लेख गरिएको छ। भौगलिक रूपमा विकट बैतडीका तीन वटै पालिकामा प्रशासकीय अधिकृत अवस्थीले जिम्मेवारी बहन गर्न सक्लान् वा सक्दैनन् ? भनेर चासोका साथ हेरिएको छ। कतिपयले तीन वटा पालिकाको जिम्मेवारी किन लिएको भनेर उनीमाथि प्रश्न गरिरहेका छन्। तीन वटा पालिकाका जिम्मेवारी पाएपछि के भन्छन् त अवस्थी ?सुर्नया गाउँपालिकाका…

Read More

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने भएका छन्। दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो। नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् गर्ने गर्ने तयारी गरेका छन्। पार्टी र गठबन्धनको निर्णयमा असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्री नियुक्त भए पनि असन्तुष्ट समूहका नेता डा शेखर कोइरालाले गठबन्धनलाई अझ मजबुत बनाउने भन्दै नयाँ सहमति गरेपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा काठमाडौँमा छलफल जारी रहेको उनका सहयोगी दिवस राजवंशीले बताए। एमालेले पथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको…

Read More