काठमाडौं : नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। मलेसियाका कप्तान फायज अहमदले टस जितेपछि नेपाललाई बलिङ गर्ने निम्तो दिएका हुन्। नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्। कप्तान पौडेलले पावर प्लेमा थप राम्रो प्रदर्शन गर्ने दाबी गरे। ऐरीको बारेमा शुभ समाचार नभएको भन्दै उनले अर्को एमआरआई गरेपश्चात…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए। उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो। हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले रातोपाटीलाई बताए। पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन्। परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बारा प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए। अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन्। दुईतिरको प्रेम सम्बन्धका कारण…
धनगढी: कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयमा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका हुन्। वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको स्थानीयको आरोप छ। उता, गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए। वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनले बताए।
कैलारी : कैलाली कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको र वडा कार्यालयको हरेक काममा अनियमितता बढेको भन्दै स्थानीयले नाराबाजीसहित कार्यालयमा तालाबन्दी गरेका हुन्। स्थानीय कमलसिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए। वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्कविहीन छन्। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने बताएका छन्।
कञ्चनपुर: व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ। आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो। वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढा ऐरले बताए। “छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उनले भने, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ।” शिलबन्दी दरभाउ…
कैलाली: कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ तेघरीका ३६ वर्षीय रक्कील मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमवार घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको बताएको छ। जिल्ला अदालत कैलालीले चोरी मुद्धामा २०६७ असार ३१ गते ११ हजार २ सय ५० रुपैँया जरिवाना र १ महिना कैद सजाय तोकेपछि उनी फरार रहेका थिए। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं: केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा उनी हातमा रक्सीको बोतल समातेकी एक युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देख्न सकिन्छ। त्यो डान्सपार्टी पालिकाकै एक सामुदायिक वन समितिको भवनभित्र हलमा भएको खुलेको छ। उक्त भिडियो भाइरल भएपछि विभिन्न व्यक्तिले उनीमाथि प्रश्न सोझाएका छन्। उनले आफ्नो संस्कृतिको जर्गेना गर्नुको साटो त्यसरी ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग मस्ती गर्नुले बद्नाम हुने काम गरेको स्थानीय पंकज चौधरीको भनाई छ। ‘नाच्नु नै छ भने सखिया नाच नाच्नुस, हुर्दुंग्वा नाच नाच्नुस, देउडा नाच्नुस। थुप्रै नाच छ्न् जसले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाएको छ ।…
काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने छ। बैठक सुरु भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ। गुटेरेसको सम्बोधन लगत्तै त्यही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ । सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राखिने छ।
महेन्द्रनगर (कञ्चनपुर): विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले कात्तिक महिनाको १२ गते आइतबारसम्म मात्रै शुक्लाफाँटामा चार सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको जानकारी दिए। “यो महिनाको हालसम्म ३५ जीप सफारीभित्र भएको देखिन्छ,” यादवले भने, “कात्तिक महिना सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दै गएको छ।” शुक्लाफाँटामा वन्यजन्तु हेर्न फागुनदेखि जेठसम्म उपयुक्त समय…
कञ्चनपुुर : कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–११ शान्ती टोलका ४७ वर्षीय ऋषि राम कँडेललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले कँडेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।