Author: महेन्द्रनगर पोष्ट

रूपन्देही : हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर भोलि बिहीबार मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ । बुधवार बेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मिक अवतरण गरिएको थियो । हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पाइलट, इञ्जिनियर र दुईजना यात्रुसहित चार जना सवार रहेको प्रहरीले बताएको छ । एकरात भालुबाङस्थित होटल पौवामा बास बस्ने र भोलि बिहीबार मात्रै हेलिकप्टरले उडान भर्ने जनाइएको छ । हेलिकप्टरमा पाइलट दिलिप थापा, इन्जिनियर अरुण चौधरी, भारतीय मूलका…

Read More

काठमाडौं : नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेपछि ध्यानाकर्षण गराएको छ । केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पोसाकमा सांगठनिक मर्यादाविपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आफ्नो पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ । पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा…

Read More

काठमाडौँ : ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले जम्मा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ । ब्युरोले बुधबार सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको हो । जबकि सीआईबीले पक्राउ गरेर ३२ जनालाई हिरासतमा राखेको छ भने अन्य १८ जना फरार रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन पेश भएको जानकारी दिए ।

Read More

डडेल्धुरा: प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कमाण्ड सम्हालेका छन्। डडेल्धुराका डीएसपी मनोहरप्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट सरुवा भएका कार्कीले डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका हुन्। आइतबारदेखि डडेल्धुरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान थाल्ने बताएका छन्। बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा डीएसपी कार्कीले जिल्लामा लागुऔषध नियन्त्रण गर्नका लागि आफूले विशेष ध्यान दिने बताएका हुन्। उनले जिल्लामा हुने जुवातास नियन्त्रणमा पनि सूचना पाउने बित्तिकै एक्सन लिने उनको दाबी छ। जिल्लामा ट्राफिक व्यवस्थापन तथा…

Read More

कञ्चनपुर : कञ्चनपुरबाट एक युवतीको उद्धार गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी ती युवतीको उद्धार गरिएको हो। बुधबार शुक्लाफाँटाका नगरप्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको छ। ती युवती दुई हप्तादेखि सडकमै बस्दै आएकी थिइन्। उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगरप्रमुख महराले बताए। नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई एक लाख सहयोग समेत गरेको थियो।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये घुस-रिसवत तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानीसम्बन्धी मुद्दामा आयोगलाई चित्त नबुझी पुनरावेदन गरिएको हो । उक्त मुद्दामा नवीन शर्मा, शिव शङ्कर पोख्रेल, भुवान सिंह ठकुरी, नन्द सिंह ठकुरी र टिका वली प्रतिवादी रहेका छन् ।

Read More

धनगढी: कैलालीको धनगढीमा अनुमति बिनै सञ्चालित भएको भन्दै कैलाली जिल्ला प्रशासनले बन्द गर्न निर्देशन दिएको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालिलाई धनगढी उपमहानगरपालिकाले सञ्चालन अनुमति दिएको छ । मंगलबार प्रशासनले अनुमति नभएको भन्दै बुधबारदेखि बन्द गराउन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । बुधबार विहानदेखि सेवा बन्द गरेको स्वस्तिकलाई उपमहानगरपालिकाले एक वर्षका लागि १५ सैय्या क्षमताको अस्पताल सञ्चालन अनुमति प्रदान गरेको हो । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको स्वास्थ्य संस्था दार्ता, नविकरण, स्तरोन्नति तथा सेवा थप सम्बन्धि कार्यविधि २०७७ को दफा ५ को उपदफा (४) बमोजिम एक वर्षका लागि सञ्चालन गर्न इजाजत दिइएको प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठको…

Read More

काठमाडौं : सम्पर्कविहिन भएको १७ दिनपछि फेला परेको नेपाली सेनाका गुल्मपतिको शव काठमाडौं ल्याइएको छ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव पोस्टमार्टमको लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । गत भदौ १० गतेदेखि बेपत्ता गुल्मपति पण्डितको शव दुनैबाट १८ किलोमिटर पश्चिम ठूलीभेरी नदीबीच ठूलो ढुङ्गाको चेपमा फेला परेको थियो । अनुहार नचिनिने अवस्थामा फेला परेको शव औंठी र घडीको आधारमा पहिचान भएको हो । त्यस्तै, रुकुममा एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन् । नरसिंह दल गणमा कार्यरत खलङ्गा घर भएका सिपाही गणेश बोहोराले अस्ति आफैंले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् । बिदामा घर…

Read More

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उप-महानिर्देशकसहित ९ जना सहसचिवको सरुवा गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णय गर्दै सडक विभागका उपमहानिर्देशकसहित मन्त्रालयका महाशाखा, केन्द्र तथा आयोजनालगायतमा कार्यरत सहसचिवको सरुवा गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार सडक विभागका उपमहानिर्देशक नरेशमान शाक्यको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा भएको भने संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालय इटहरीमा कार्यरत प्रेमप्रकाश खत्रीको उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनामा सरुवा भएको छ । यस्तै, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनालको सडक विभागमा उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयबाट विनोदकुमार मौवारको…

Read More

काठमाडौँ : वीरगञ्ज महानगरपालिकाले एकै पटक ७ सय ३८ जना दैनिक ज्यालादारी र डोर हाजिरीमा काम गर्दै आएका कर्मचारीहरुलाई बर्खास्त गरेको छ । महानगरपालिकाले २६ भदौदेखि लागू हुने गरी विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीहरुलाई बर्खास्त गरेको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले कामकाजमा नलगाउने सम्बन्धमा जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा विगतदेखि त्यहाँ वडा कार्यालय/स्वास्थ्य चौकी/केन्द्र/महाशाखा/शाखा/उपशाखा समेतमा विभिन्न मितिदेखि विभिन्न पदमा कामकाज गर्दै आएको (स्थायी र करार कर्मचारी बाहेक) सबै कर्मचारीहरुलाई आजकै मितिदेखि लागू हुने गरी कामकाजमा नलगाउनु हुन अनुरोध छ ।’ सूचनामा अब उप्रान्त त्यस्ता व्यक्तिहरुको डोर हाजिरी प्रमाणित…

Read More