Author: महेन्द्रनगर पोष्ट

सुदूरपश्चिम: अनधिकृतरुपमा प्रयोग भएका गाडी तीन दिनभित्र फिर्ता गराउन सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिले प्रदेशसभा सचिवालयलाई निर्देशन दिएको छ । लेखा समितिको बैठकले सचिवालयका सवारी साधन मर्मतमा लागेको खर्च विवरण समेत पेश गर्न निर्देशन दिएको समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले जानकारी दिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताले कानुन विपरीत गाडी सुविधा लिइरहेको भन्ने आवाज उठेपछि बसेको लेखा समितिको बैठकले सचिवालयलाई यस्तो निर्देशन दिएको हो । सचिवालयका सूचना अधिकारी युवराज जैशीले सभामुखसँगको परामर्श एवं समन्वयमा गत विगतमा झैँ दलका नेतालाई सवारी साधन उपलब्ध गराइएको बताए । “विगतमा पनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई गाडी सुविधा दिइएको थियो,” जैशीले भने ।…

Read More

काठमाडौँ: आम बुझाइमा पत्रकारलाई सर्वज्ञानी ठान्नेको सङ्ख्या ठूलो छ । त्यसैले पनि ‘पत्रकार भएपछि यति त थाहा हुनुपर्‍यो नि’, भन्ने सोचको हावी कैयनमा छ । तर पत्रकार भएकै भरमा सबै जान्नुपर्छ भन्ने जरुरी पनि छैन । तर यसो भन्दै गर्दा पनि पत्रकार सबै क्षेत्रबारे केही न केही जानकार भने हुनैपर्छ र पत्रकारलाई सबैजसो क्षेत्रको कम्तीमा आधारभूत ज्ञान वा जानकारी हुन जरुरी हुन्छ । सबै क्षेत्रको ज्ञान भए पनि कुनै एक विधामा भने पत्रकार दक्ष या विज्ञ हुनुपर्छ भन्ने मान्यता रहिआएको छ किनभने कुनै एक वा दुई विधामा पोख्त हुने हो भने त्यस्ता पत्रकारले लेख्ने समाचार तुलनात्मकरूपमा सही र तथ्यपरक हुन्छ…

Read More

काठमाडौं: प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ। भेटमा राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन्। खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने उनले बताइन्।

Read More

धरान : धरानका मेयर हर्क साम्पाङलाई प्रश्न सोध्ने व्यक्ति पक्राउ परेका छन्। शुक्रबार धरान-१५ मा लागुऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई ‘डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने’ भनेर प्रश्न सोधेपछि अशोक लिम्बु पक्राउ परेका हुन्।  उनलाई साम्पाङले नगर प्रहरी बोलाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। 

Read More

इटहरी: सुनसरीको बर्जुमा गाउँपालिका १ शुक्रबारेमा दुई जना प्रहरी लुटिएका छन्। ड्युटीमा गरिरहेक सादा पोसाकमा रहेका २ जना प्रहरीलाई चिर्पटले हानेर ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जनाएको छ। सादा पोसाकमा ड्युटीमा रहेका बिमन परियार र प्रेम चौधरीलाई अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ।

Read More

लन्डन: अफ्रिकी देश मोरोक्कोमा एका बिहानै शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण त्यहाँ अहिलेसम्म २९६ जनाभन्दा बढीको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सो भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन्। भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको बताइएको छ। भग्नावशेषबाट मानिसलाई निकाल्न उद्धार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Read More

मुम्बई: शाहरुख खानको जवान २ दिनमै १०० करोडको क्लबमा प्रवेश गरेको छ। किङ खानले बक्स अफिसमा पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको बताए। बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ। ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ। कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो। शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा…

Read More

बर्दिया: बाघको आक्रमणबाट बर्दियाको मधुवन नगरपालिका- ३ की एक महिलाको मृत्यु भएको छ। शुक्रवार घर नजिकैको सम्झना सामुदायिक वनमा घाँस काट्न गएका बेला कली बंशी मगरलाई बाघले आक्रमण गरेको थियो। दिउँसो करिब एक बजे घाँस काट्न गएकी उनी अबेरसम्म नफर्किएपछि आफन्तहरुले खोजी कार्य सुरु गरेका थिए। खोज्ने क्रममा उनले लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएपछि नजिकैको शशस्त्र प्रहरीको टोलीलाई खबर गरेर थप खोजी गरिएको आफन्तको भनाई छ। मृतकको शव घटना स्थलबाट केही पर बाघले दायाँ हात खाएको अवस्था फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले बताए।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ बाट  ०.१९ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–२ का २२ वर्षीय अमित खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

Read More