Author: महेन्द्रनगर पोष्ट

धनगढी: भारतमा चोरीको एक करोड रकमसहित ९ जना नेपाली पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रमा ९ जना चोरीको रकमसहित समातिएका बताइएको छ। उनीहरुले सोमवार राति दिल्लीबाट उक्त मात्रामा पैसा चोरेर ल्याएकोमा मंगलवार राति पक्राउ परेका बताइएको छ। पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन। यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई समेत विस्तृत विवरण दिएको छैन। पक्राउ परेकाहरुमध्ये बाजुरा, अछाम र बझाङका रहेको पाइएको छ। सशस्त्र सुदूरपश्चिमका डिआइजी कुमार न्यौपानेले पनि भारतीय प्रहरीले चोरी गरेको पैसासहित नेपाली पक्राउ परेको जानकारी आएको बताए। यस्तै, उनले त्यहाँको प्रहरीले उनीहरुलाई समातेकाले नेपालको सशस्त्रसंग समन्वय नगरेको बताए।

Read More

काठमाडौं: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको विषयमा छलफल भएको छ। दार्चुलामा हिजो उक्त विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको हो। केही समयअघि महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको थियो। छलफलमा आफ्नो पक्षबाट कमजोरी भएको भारतीय पक्षले स्वीकार गरेकाे छ। र, आगामी दिनमा यस्तो अवस्था दाेहाेरिन नदिन गम्भीर रहेको उसले बतायो। छलफलबाट एक-आपसमा सम्पर्क, समन्वय बढाउनुपर्ने दुवै पक्षले निश्कर्ष निकालेको थियो। दार्चुलापारी एसएसबीको दादागिरी, बर्दिधारीलाई छुट, जनप्रतिनिधिलाई अवरोध

Read More

दार्चुला: दार्चुलाको नेपाल-भारत जाेड्ने झाेलुङ्गे पुलबाट एक जनाले महाकाली नदीमा हाम फालेका छन्। महाकाली नगरपालिका-४ पुलघाट स्थित नेपाल-भारत जाेड्ने बीच पुलबाट महाकालीमा हाम फालेकाे एक प्रत्यक्षदर्शीले बताए। उनकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खाेजी गरिरहेका छन्। भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले उनीसँग पहिचान पत्र मागेकाे तर उनकाे साथमा कुनै परिचयपत्र नभेटिएकाले उनलाई नेपाल फर्काएकाे बताइएको छ। त्यसपछि उनले पुलबाट महाकाली नदीमा हाम फालेकाे खुलेको छ।

Read More

काठमाडौं: सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी नायिका एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किन लागेको बताइएको छ। राजीनामा अस्विकृत भएपछि एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किने पार्टीका संरक्षक रेसम चौधरीले जानकारी दिएका छन्। गौतम असोज १२ र १३ गते हुने केन्द्रीय समितिको बैठकमा समेत सहभागी हुने चौधरीले बताए। गत असार २ गते धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र आगामी दिन समाजसेवामा सक्रिय हुने बताएकी थिइन्। गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

Read More

कैलाली: भारतमा चोरी गरेर नेपाल छिरेका ३ नेपाली गौरीफन्टाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का रहेका छन् । उनीहरुले आफै काम गर्ने भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेका थिए। उनीहरुलाई ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ।

Read More

टीकापुर: सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गाईको मल बिक्री थालेको छ। यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो।  गौशालाले २० किलो र २५ किलोका रुपमा प्रतिकिलो १२ मा मल बिक्री थालेको छ। विगतमा चार हजार प्रतिट्रालीका हिसाबले बिक्री हुन्थ्यो। अब ट्राली लिनेका लागि पाँच हजार शुल्क तोकिएको छ। गौशालामै आएर लिनेले मात्र मल पाउने व्यवस्थालाई चिर्दै टीकापुर बजारमै मल पाउने व्यवस्था मिलाइएको सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिका सचिव द्धारिका जोशी बताछन्। “थोरै लिनेलाई पनि सहज होस् भनी किलोका हिसाबले टीकापुरस्थित घण्टाघर नजिकैबाट बिक्री गर्न थालिएको हो”, जोशीले…

Read More

काठमाडौं: आफैले असइको फुली लगाउने ४२ नगर प्रहरीलाई काठमाडौं महानगरलपालिकाले निलम्बन गरेको छ । महानगरले उनीहरुलाई ३० दिनका लागि निलम्बन गरेको हो। महानगले औपचारिक कार्यक्रम आयोजना गरेर दर्ज्यानी चिह्न दिनुपर्ने भएपनि उनीहरुले आफूखुसी फुली लगाएर हिँडेको भेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए। नगर प्रहरीहरूलाई ३० दिन निलम्बन गरेर छानबिन गर्न समितिसमेत गठन गरिएको छ ।

Read More

दार्चुला: पर्यटन प्रवद्र्धनका लागि दार्चुलाको अपिहिमाल गाउँपालिकाले टिकटक प्रतियोगिता गर्ने भएको छ। गाउँपालिकाले सूचना जारी गर्दै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता आयोजना गर्ने जनाएको हो। टिकटक प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई ७ हजार र अन्य ५ जना उत्कृष्ठलाई ३ हजार रुपैयाँका दरले पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले बताए। टिकटक भिडियो आफनो टिकटक आइडीबाट अपिहिमाल गाउँपालिकालाई ट्याग गरी १ असोज १ बिहान ८ बजे पछि सार्वजनिक गर्नुपर्ने नियम छ।  टिकटकमा अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ। टिकटक बनाउँदा अपिहिमालको मौलिकता झल्किने गरी आफ्नै…

Read More

विराटनगर:  इलाका प्रहरी कार्यालय धरानले दुई ग्याँङबीचको झगडामा खुकुरी हानाहानमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघासहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो।  मंगलबार विष्णुलाई धरान–१५ खोरिया बस्तीस्थित घरैमा पुगेर अर्को समूहले खुकुरी प्रहार गर्दा उनको अनुहारमा चोट लागेको थियो। उक्त घटनामा प्रहरीले तत्कालै आक्रमणकारी पक्राउ नगरेको भन्दै धरानका उपप्रमुख अइन्द्र विक्रम बेघाले फेसबुक लाइभ गर्दै प्रहरीसँग असन्तुष्टि पोखेका थिए।  तर अनुसन्धानका क्रममा उपप्रमुख बेघाकै भाइ जिष्णु वेघाको समूहले धरान–१५ सुर्य बस्तीका सन्देश राईको समुहमाथि सांघातिक रुपमा खुकुरीले आक्रमण गरेको खुलेको हो। पक्राउ पर्नेहरुमा २३ वर्षीय बिष्णुसहित…

Read More

काठमाडौं: उदयपुरकाे चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रककाे ठक्करबाट प्रहरी सहायक निरीक्षक(असई) काे ज्यान गएकाे छ।  हिजाे दिउँसाे  ना ४ ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ज्यान गएकाे हाे। प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उनलाई ट्रकले ठक्कर दिएकाे हाे। ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ।

Read More