Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा विद्युत झ्याप्पै गएको छ। नेपाल विद्युत प्राधिकरण धनगढीले उपमहानगरपालिका क्षेत्रकाे विद्युत अवरुद्ध भएकाे जनाएको छ। तर समस्या के हाे ? भन्ने कुराकाे पहिचान नभएकाे बताइएको छ। गेटा मेडिकल कलेजमा लाइनमा आगाेकाे झिल्का देखिएकाे खबर आएपछि टाेली त्यसतर्फ हिडेकाे छ। समस्याकाे पहिचान भए तत्कालै र नभए विद्युत सुचारू गर्न समय लाग्ने प्राधिकरणले जनाएको छ।

Read More

काठमाडौं: सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने तयारी थालेको छ। गृहमन्त्रालय स्रोतका अनुसार केही दिनमै एआईजीहरुको सरुवा हुनेछ। हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै केही एआईजीहरुको सरुवा हुन लागेको हो। सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बुझिएको छ। अहिलेसम्मको तयारीअनुसार हाल उपत्यका प्रहरी कार्यालय (मेट्रो) का प्रमुख एआईजी दिपक थापालाई सिआईबीमा पठाउने तयारी छ। उता अर्का हाल प्रशासन विभागको नेतृत्व सम्हालिरहेका एआईजी टेकप्रसाद राईले भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय जान चाहेका छन्। त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सम्हालिरहेका एआईजी सुदिप गिरीले पनि सिआईबीमा जान खोजेको बताइएपनी उनको…

Read More

काठमाडौं: नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका एक जिल्ला हाकिम हेडक्वाटर तानिएका छन्। यसरी तानिनेमा कपिलवस्तुका एसपी गोपाल पन्थी रहेका छन्। उनलाई तस्करहरुसंग दोस्ती बढाएको भन्दै हालै तानिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले तस्करलाई मिलाएर डिल गर्ने गरेका थिए। जिल्लाभित्रका गोप्य घटना,सूचना तथा सम्भावित थ्रेट वा घटनाको जानकारी संकलन गरी पठाउने जिम्मेवारी पाएका पन्थीले तस्करीतिर ध्यान दिएका थिए। केही समय अगाडी एक जनालाई माछाको कारोबार गर्ने व्यापारी सम्झेर उनले एक स्थानीयसंग लाइनको डिल गरेको अडियो पनि भाइरल भएको थियो। सोही काण्डले उनी तानिएको बताइन्छ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले गराएको व्यवसाय दर्ता खारेज गरिएको छ। सोमवार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको हो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो। यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ बैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो। तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको…

Read More

धनगढी: धनगढीको एक्सीस विद्याश्रममा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका–५ मा रहेको एक्सीस विद्याआश्रममा कक्षा ६ मा अध्ययनरत गोदावरी नगरपालिका–५ का प्रविन बिष्टमाथि कुटपिट भएको हो। प्रविनका बुवा अमर विष्टका अनुसार विद्याश्रमका संयोजक पुष्पराज जोशीले छोरामाथि सोमबार कुटपिट गरेका हुन्। जोशीले पैँसा चोरी गरेको झुटो आरोपमा शरीरमा निलडाम हुने गरी छोरालाई कुटपिट गरेको बताए। यस्तै उनलाई कारवाही गर्नुपर्ने माग पनि गरिएको छ। स्कुल जाने बेला आमाले प्रविनलाई मसि खरिदका लागि ५० रुपैयाँ दिएकी थिइन् तर कक्षामा उनको गोजी चेकजाँच गर्ने क्रममा डेढ सय रुपैयाँ भेटिएपछि शिक्षकले चोरी गरेको भन्दै प्रविनलाई कुटेको उनले बताए। उता शिक्षकले सम्झाईबुझाई गर्दा कुरा…

Read More

काठमाडौं: सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ। बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन्। उनीहरूमध्ये देवकोटा कैलालीका एमाले नेता हुन् भने जोशी कञ्चनपुरका काँग्रेस नेता हुन्। यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन्। उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो भने अहिले ओली सरकारले हटाएको हो।

Read More

धनगढी: कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागा रहेका छन्। जागा २०६१ साल ३० जेठदेखि कर्तव्य ज्यान मुद्वामा दोषी ठहर भएर फरार रहेका थिए। उनलाई सोमबार बिहान साढे १० बजे बर्दीया मधुवन नगरपालिका–४ ढोडरी बजारस्थित बेलुवा चोकबाट ईलाका प्रहरी कार्यालय राजापुर बर्दीयाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई कैलाली ल्याएर ईलाका प्रहरी कार्यालय भजनीको हिरासत कक्षमा राखिएको छ। जागालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री आरजुले सो जानकारी दिएकी हुन्। विपिन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए। उक्त भेटमा मन्त्री आरजुले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन्। इजरायलमा भएको आक्रमणपछि विपिन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी आरजुले दिइन्। उनले भनिन्,…

Read More

धनगढी : कैलालीको टिकापुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । सोमबार टिकापुर नगरपालिका ९ का २२ वर्षीय दिपेश आउजीलाई प्रहरी २ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाले खग्रौला चेक पोष्ट नजिक सडक खण्डमा आउजीलाई शंका लागि चेकजाँच गर्दा उक्त लागु औषध फेला परेको हो। पक्राउपछि दिपेश आउजीलाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखेर थप अनुसन्धान गरिँदै छ।

Read More

काठमाडौं: प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका रथी अशोक सिग्देललाई कामु प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेका छन्। शर्माले आइतबार कामु प्रधानसेनापतिका लागि सिफारिस गरेका हुन्। हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउदैछन्। सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकाश पाउनु एक महिनाअघि साउन २४ बाट उनी बिदामा बस्दैछन्। सेनामा वरियतामा रहेका रथीलाई प्रधानसेनापति बनाउने प्रचलन छ। तर उनीविरुद्ध नागरिकता विवादसम्बन्धी रिट दरपीठ गरेपछि युवराज सफलले पुनः अर्को निवेदन हालेका छन्। नागरिकता किर्ते आरोप लागेका सिग्देललाई भविष्यमा प्रधानसेनापति हुनबाट रोक लगाउन माग गरिएको निवेदन सर्वोच्च प्रशासनले आइतबार दरपीठ गरिदिएपछि सोमबार अर्को निवेदन परेको हो। र, यो पनि: विवादित सिग्देल सेनाको…

Read More