Author: महेन्द्रनगर पोष्ट

विराटनगरः विराटनगर महानगरपालिकाले नेताको छोराको हातबाट कुटाइ खाने तीनजना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ। नगर प्रहरी हवल्दार रमेश निरौला तथा जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई महानगरपालिकाले जागिरबाट हटाएको हो। नगर प्रहरीले विराटनगर ७ स्थित कोशी अस्पतालअगाडि रहेको स्नेहा फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी (जसपा) मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख (मेयर) नागेश कोइरालाले तीनजना नगर प्रहरीलाई सोमवारबाट लागू हुने गरी जागिरबाट हटाएका छन्। गत भदौ २७ गते साढे ४ बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यका लागि खटिएका नगर प्रहरी र यादवबीच पार्किङको विषयलाई लिएर विवाद भएको थियो। औषधि पसलअगाडि ‘नो पार्किङ’मा रोकेको सिटी…

Read More

डडेल्धुराः डडेल्धुरा अस्पताल डडेल्धुराले ओपीडि सेवा थप गरेको छ। सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र अस्पतालले ओपीडि सेवा थप गरेको हो। आज एक सूचना प्रकाशित गर्दै अस्पतालले अस्पतालबाट प्रवाह हुने दैनिक ओपीडि सेवा (बहिरङ्ग) सेवालाई थप प्रभावकारी बनाउन सेवा थप गरेको जानकारी दिएको छ। अस्पतालले ओपिडी सेवा अब बिहान ९ः३० देखि बेलुका ५ बजेसम्म कायम गरिएको जानकारी दिएको छ।

Read More

काठमाडौंः नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने मोडमा पुगेको छ। माओवादीले पार्टीको नाम परिवर्तनका लागि छलफल समेत अघि बढाएको छ। गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो। पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ। २०७५ मा एमालेसँग एकीकरण गर्दा माओवादीले नाम छोडेको…

Read More

डडेल्धुराः सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशीको सरुवा भएको छ। जोशीको विकास कार्यालय बझाङमा सरुवा भएको हो। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमको निणयअनुसार २९ जनाको सरुवा भएको छ। उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।

Read More

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन्। मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन्। स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन्। ‘एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ’, उनले भने, ‘स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ।’ उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन्। पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन्। बजारको मागअनुसार काँक्रोका जात…

Read More

रुपन्देही: रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो। झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको मेडिकल कलेजमा उपचार भइरहको छ।

Read More

डडेल्धुराः सरकारी कर्मचारीको टिमले मैत्रीपूर्ण भलिबलको उपाधि जितेको छ। ८ औं सविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा आयोजित प्रतियोगिताको उपाधि सरकारी कर्मचारीको टिमले जितेको हो। मंगलबार भएको फाइनलमा सरकारी कर्मचारीको टिमले नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखालाई २–० को सोझो सेटमा हराउँदै उपाधि हात पार्न सफल भएको हो। चार वटा टिम सहभागी रहेको प्रतियोगितामा सरकारी कर्मचारीको टिमले राजनीतिक दललाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो। नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले अमरगढी नगरपालिकालाई २–० को सोझो सेटमा नै पराजित गर्दै फाइनल पुगेको थियो। खेल डडेल्धुरा बहुमुखी क्याम्पसको मैदानमा भएको थियो।

Read More

डडेल्धुराः अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्लाको सरसफाइ गरिएको छ। समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा रहेको किल्लाको सरसफाइ गरिएको हो। आज संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समिति डडेल्धुराको आयोजनमा किल्ला सरसफाइ गरिएको हो। किल्लाभित्र जथाभावी रुपमा उम्रिएका भारपात उखेरेर किल्लाको सफाइ गरिएको छ। सरसफाइ कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न राजनीतिक दल, पत्रकारहरूको सहभागिता रहेको थियो।

Read More

काठमाडौं: नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल ओलीले आफ्नो मोबाइल(आइफोन) हराएको जानकारी गराएकी छिन्। गत भदौ १७ गते पार्टीको प्रदेश अधिवेशनका बेला बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट मोबाइल हराएको भन्दै उनले आज असोज २ गते जानकारी गराएकी हुन्। सामाजिक संजाल फेसबुकमा पोष्ट राख्दै उनले उक्त आइफोनमा महत्त्वपूर्ण नम्बर, डकुमेन्ट तथा फोटोहरु रहेकाले पाउनेले फिर्ता गरिदिन आग्रह गरेकी छिन्। साथै आइफोन फिर्ता गर्नेलाई अर्को मोबाइल दिने पनि उनले बताएकी छिन्।

Read More

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति कैलालीको घोडाघोडी नगरपालिका–४ डङडङ्गेस्थित सडकमा से५प २१०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय नरेश चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीकोे घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचार पश्चात निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो। यस्तै घाइते मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय विरेन्द्र चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Read More