Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेकपा एकीकृत समाजवादीले प्रदेश इन्चार्ज, सह-इन्चार्ज तथा अध्यक्षसहितका पदाधिकारी तोकेको छ। अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रदेश इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको जिम्मेवारी तोकिएको छ। सुदूरपश्चिमको इन्चार्ज केन्द्रीय कमिटी सचिव गरिमा शाह बन्दा सह–इन्चार्जमा रामकुमार ज्ञवाली, परमानन्द भट्ट, प्रेमबहादुर आले र हनुमान चौधरीले पाएका छन्। त्यस्तै प्रदेशका अध्यक्ष केन्द्रीय कमिटी सदस्य हर्कबहादुर सिंह बन्दा उपाध्यक्ष शेरबहादुर कुँवर, सचिवमा दिनेशचन्द्र सुवेदी र उपसचिवमा दीर्घ सोडारी र माया भट्टले जिम्मेवारी पाएका छन्।

Read More

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराको ७० हजार रुपैयाँसहितको झोला महाकाली नदीमा खसेको छ । झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला गाडीबाट ओर्लिदै गर्दा मौराभीरबाट महाकालीमा खसेको हो। गाउँमा किराना पसल सञ्चालन गर्दै आएकी भागरथी भारतमा रहेका श्रीमानले केही दिनअघि मात्रै पठाएको रकम बोकेर पसलको सामान किन्न झुलाघाट गएकी थिइन्। सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला पाउन नसकेको बताए।

Read More

डोटीः डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीवार नगद ५ हजार घुससहित उपभोक्ताहरूले नियन्त्रणमा लिएका हुन् । जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले उनलाई रंगेहात नियन्त्रणमा लिएका बताइएको छ । स्थानीयले उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकेका छन् । इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । उनले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन् । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका सङ्घका उपाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताउनुभएको उनले जानकारी दिए । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ । यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र…

Read More

बैतडी: हेटौंडामा डाक्टरमाथि कुटपिट भएपछि बैतडी अस्पतालका चिकित्सकले सेवा बन्द गरेका छन् । दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् । हेटौंडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले आज कालोपट्टी बाँधेर विरोध गरेका हुन् । साथै स्टेथस्कोप जिल्ला प्रशासन कार्यालयमा बुझाएको डा.धिरज जैसवालले बताए । डाक्टरहरुमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूती नहुँदासम्म बिरामीको चेकजाँच गर्न नसिकने चिकित्सकहरुले प्रशासनलाई बुझाएको पत्रमा उल्लेख छ । त्यस्तै, जिल्ला अस्पताल बैतडीमा भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द रहने बताइएको छ ।

Read More

एजेन्सी: भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ । केरलाकी स्वास्थ्य मन्त्री वीणा जोर्जले राज्यभर चेतावनी जारी गरेको जानकारी दिएको बीबीसीले जनाएको छ । केरलामा सन् २०१८ यता अहिले चौथो पटक निपा भाइरस प्रकोप फैलिएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण सुँगुर वा चमेरोबाट मानिसमा सर्ने जुनोटिक रोग हो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । यो रोगको औषधि र खोप छैन तर मृत्युदर भने उच्च छ । केरलामा सन् २०१८ मा १८ जनामा निपा भाइरस सङ्क्रमण पुष्टि भएकोमा १७ जनाको ज्यान गएको थियो । रोग…

Read More

हेटौँडा: हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा युवाहरुको एक समूहले सांघातिक आक्रमण गरेको छ । डेङ्गुका कारण पदमपोखरीका एक पुरुषको एक महिनाअघि भएको मृत्युलाई डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले डाक्टरमाथि कुटपिट गरेको बताइएको छ । नेपाल चिकित्सक संघले उक्त घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरी चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । संघका अनुसार गत साउन २२ गते डेंगी रोगको लक्षण लिई उपचारका लागि अस्पताल आएका ति बिरामीलाई थप उपचारका लागि २३ गते चितवनको सुविधासम्पन्न अस्पताल रिफर गरिएको थियो । तर, साउन २५ गते उपचारका क्रममा बिरामीको निधन भएपछि…

Read More

बैतडी: बैतडीमा विपद जोखिम न्यूनीकरण सम्बन्धी देउडा प्रतियोगिता हुने भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४स्थित जबलपुर माविमा भोलि भाद्र २९ गते विपद जोखिम न्यूनीकरण सम्बन्धी देउडा प्रतियोगिता हुने भएको हो । पञ्चेश्वर गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी बैतडी शाखा अन्तर्गत सञ्चालित सुरक्षित नेपाल परियोजनाको आर्थिक सहयोगमा विपद जोखिम न्यूनीकरण सम्बन्धी तिज विशेष देउडा कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ८ हजार, तृतीयलाई ६ हजार र सान्त्वना ४ हजार पुरस्कार दिइने बताइएको छ । यस्तै, मेलौलीमा पनि शनिवार विपद जोखिम न्यूनीकरण सम्बन्धी तिज विशेष देउडा प्रतियोगिता हुने बताइएको छ ।

Read More

काठमाडौँ: संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको आज बिहीवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो । नेम्वाङको पार्थिव शरीरमा उनका जेठो छोरा मेङ्सो र कान्छो छोरा सुहाङले दागबत्ती दिएका थिए भने त्यसअघि नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए । शवयात्रामा नेपाली सेनाले सलामीसहित शोक धुन बजाएको थियो । गएको मङ्गलवार बिहान हृदयाघातबाट नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको थियो ।

Read More

बिन्दु चन्द, बैतडी: बुबा भन्ने शब्दै क्या छ । बुवा भनेपछि त…? के भनु ? म महसुस गर्न सक्छु तर वर्णन गर्न भने मसँग कुनै शब्द नै छैन । मसँंग मात्रै होइन बुबाको वर्णन गर्न कसैसँग पनि कुनै शब्द नै नहोलान् । जो युवा तथा बढ्दो उमेरमा पनि बुबासँग हुनुहुन्छ । उहाँभन्दा बुबाको अभाव खड्केकाहरुलाई बुबाको महत्व बढी थाहा हुन्छ होला । मैले पनि बुबाको अभाव झेलेकी छुँ । बुबाले छोडेर जाँदा म ४ कक्षामा पढ्थे । चाँडबाँड, मेला महोत्सव आउँदा बुबाको हात समाउँदै घुम्न जाने अनि आवश्यक्ताका मालसामान किन्न बुबासँग भन्नु पर्ने । नभन्दै पूरा पनि हुने । आहा!…

Read More