Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव र डा. एलिना साह रहेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सीआईबीको अपरेशन जारी रहेको जनाइएको छ । यसअघि डा. रञ्जित यादव र टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको थियो भने आज नै दिउँसो सिआइबीको टोलीले काठमाडौँको गोल्फुटारबाट सांसद सुनिलकुमार शर्मालाई पक्राउ गरेको थियो । शर्मा पक्राउ परेको…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका ४ सय ४ जनामा डेंगीको संक्रमण देखिएको छ । डेंगीबाट सबैभन्दा बढी प्रदेशको दार्चुलामा १९२ वटा केशहरु पाइएका छन्। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको जनाएको छ। ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन्। अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी-१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। कैलाली प्रहरीका अनुसार आज(बिहिवार) बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुनगई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका-२ बस्ने २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । ‘नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवम् जानकारी गराइएको ब्यहोरा सादर अनुरोध गरिएको छ’, सीआईबीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ । सीआईबीका अनुसार कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानुनबमोजिम गरी पाउँ भन्नेसमेत ब्यहोराको नेपाल मेडिकल…

Read More

कञ्चनपुरः कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्। यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः प्राकृतिकविपद्धका कारण सुदूरपश्चिम प्रदेशमा एक हजार पाँच सय ३७ परिवार विस्थापित भएका छन्। प्रदेशको आन्तरि मामिला तथा कानून मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार प्राकृतिक विपद्बाट पन्ध्र सय ३७ परिवार विस्थापित भएको जनाईएको छ भने बिहिवार आज सम्म प्रदेशका तीन हजार चार सय एक परिवार प्रभावित भएका छन्। टीकापुरका एक जना घाइते भएका छन्। गोदावरी नगरपालिकका एक जनाको मृत्यु भएको छ। सुदूरपश्चिमका चार सय ९७ घरमा क्षति भएको छ। प्रदेशका १६ वटा घरमा पूर्ण क्षति भएको छ। चार सय ८१ घरहरुमा आंशिक क्षति भएको प्रदेश सरकारले जनाएको छ। जम्मा चार सय ९७ घरमा क्षति भएको हो। सुदूरपश्चिममा…

Read More

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई पक्राउ गरेको छ । सीआईबीले नक्कली डाक्टरमाथि चलाएको अपरेसन अन्तर्गत त्रिवि शिक्षण अस्पतालका डाक्टर अमित चौधरी पक्राउ परेका हुन् । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपरेसन ‘फोस्कट्रोट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा यसअघि प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परिसकेका छन् । अपरेसन अहिले पनि जारी रहेको बताइएको छ । जसक्रममा थप दुई जना डाक्टरलाई पनि पक्राउ गरिएको स्रोतले बतायो । स्रोतका अनुसार पक्राउ पर्नेहरूमा बारा घर भएका त्रिवि शिक्षण अस्पतालका डाक्टर अमृत चौधरी, महोत्तरी घर भएका डाक्टर रञ्जितकुमार यादवसहितका व्यक्तिहरु रहेका छन्…

Read More

काठमाडौँ : लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् । लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् । पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताए । उनले व्यक्तिगत लाभ लिने काम नगर्ने दाबीसमेत गरे । ल्हारक्यालले आफू लामो समयदेखि बुद्धमार्गमा रहेर बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै अध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म…

Read More

काठमाडौं : सिम्रिक एयरको उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ । प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट कमजोर वित्तीय अवस्था देखिएको र प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ पटक(पटक ताकेता गर्दा पनि नतिरेपछि सेवामा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । कमजोर वित्तीय अवस्थाका कारण कर्मचारीले पारिश्रमिक नै नपाउने अवस्था हुनु उडान सुरक्षाका दृष्टिकोणले गम्भीर मानिने र सोहीकारण प्राधिकरणले सिम्रिकका चार वटै हेलिकप्टर उडानमा रोक लगाएको उनले बताए । सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन् । अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे…

Read More

काठमाडौं : नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको भेटिएको प्रहरीको भनाइ छ । २०७३ सालमै सीआईबीले नक्कली प्रमाणपत्रविरुद्धको कारबाही ‘अपरेशन क्वाक’ चलाउँदा नै शर्माले नक्कली शैक्षिक प्रमाणपत्र लिएको प्रमाण भेटाएको थियो । तर पक्राउको सूचना चुहिएपछि उनी जापान गएका थिए । नेपालमा विकसित राजनीतिक घटनाक्रम र प्रहरीको नेतृत्व हेरफेर भएपछि शर्मा नेपाल फर्किएका थिए…

Read More