Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा- डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलस्थित डडेल्धुरा–दीपायल सडकखण्डमा गन्यापधुरा–३ कै अन्दाजी ४५ वर्षीय भल्लु दमाई मृत फेला परेका हुन् । उनको सवारी साधनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनी गएराति साढे १२ बजेतिरको समयमा सडकमा मृत भेटिएका प्रहरीले बताएको छ। ठक्कर दिने सवारी साधन के हो भन्ने नखुलेको र खोजतलास भइरहेको जनाइएको छ। मृतक दमाईको मानसिक अवस्था ठिक नभएको बताइएको छ।

Read More

कैलाली- कैलालीमा जिल्ला समन्वय समिति गठनका कांग्रेस बाहिरै रहने देखिएको छ । समन्वय समिति नागरिक उन्मुक्ति पार्टी नेतृत्वमा माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने भएका छन्। स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीसंग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसंग तालमेल गर्ने भएको हो। त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए। उनका अनुसार ३० गते हुने जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ छ । १३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि…

Read More

काठमाडौं- रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार यस्तो दाबी गरेका हुन् । “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रुसले कब्जा गरेको छ” उनले भने । उनले देशको पूर्वी सिमा क्षेत्रमा पृथकतावादीहरूले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको बताए । यूक्रेनमा लामो समयदेखि आन्दोलनरत पृथकतावादीहरुलाई पहिले पनि रुसको सहयोग र समर्थन रहेको यूक्रेनले आरोप लगाउदै आएको छ । लक्जम्बर्गमा सांसदहरुलाई सम्बोधन गर्दै यूक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफुहरु सधैँ संघर्ष गरिरहनु पर्ने बताए । उनले निराश नहुन र कुनैपनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे ।

Read More

हेटौंडा हेटौडाबाट लोकसेवा र लाइसेन्सको जाँच दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो। बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ।

Read More

महोत्तरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री मावि एकडाराका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित नियन्त्रणमा लिएको छ । विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

Read More

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाले १ हप्ता भित्रमा गाउँपालिकामा जोखिममा रहेका सम्पूर्ण बालबालिकाको तथ्यांक अध्यावधिक गर्ने भएको छ । योसँगै वडा स्तरबाट योजना तर्जुमा गर्दा टुहुरा, अपांगता भएका, बिपन्न बालबालिकाको संरक्षणको लागि आवश्यक बजेट बिनियोजन गर्ने र पठनपाठनको अनिवार्य व्यवस्था मिलाउने, जोखिममा रहेका बालबालिकाको संरक्षकत्व ग्रहण गरेका अभिभावकहरुको लागि पालिकाले प्रथामिकतामा राखी सीपमूलक तालिम प्रदान गर्ने र जोखिममा रहेका बालाबालिकालाई सामाजिक सुरक्षा प्रणालीमा जोडन निशुल्क व्यवस्था मिलाउनेलगायतका ४ बुँदे प्रतिबद्धता गरिएको छ। युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा बित्थड्चिर गाउँपालिकामा आयोजित सार्वजनिक सेवा प्रवाहमा जोखिममा रहेका बालबालिकाको सहभागीता विषयक १ दिने बैठकमा उक्त प्रतिबद्धता जाहेर भएको हो। बैठकमा रुपान्तरण अभियान संचालन भइरहेको…

Read More

कञ्चनपुर- कञ्चनपुरमा स्थानीयले आफ्नै खेत जोत्न खोज्दा भारतीय सुरक्षाकर्मी (एसएसबी)ले अवरोध गरेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० स्थित सडकघाटमा नेपाली नागरिकले बुधबार आफ्नो खेत जोत्न खोज्दा भारतीय एसएसबीले अवरोध गरेको हो। लालपुर्जा समेत भएको खेत जोत्न गएका बेलौरी–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई एसएसबीले खेत जोत्नमा रोक लगाएको छ। उक्त जमिन भारतमा पर्छ भन्दै बताउँदै आफूलाई खेत जोत्न नदिइएको उनले बताए। तर, आफूले सो जमिनको कर तिर्दै र चलनभोग गर्दै आएको उनको भनाइ छ। यो क्षेत्रमा सीमा विवादको समस्या पुरानै हो। नेपाल सरकारले यो समस्या समाधानका लागि पहल नगरेको त्यहाँका स्थानीयको गुनासो छ।

Read More

काठमाडौं- नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Read More

काठमाडौं- उच्च अदालत पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार १० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन भन्ने आदेश भएको छ ।

Read More

कैलाली- अखिल नेपाल किसान महासंघ कैलालीले तत्काल मल उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। बिहीवार मलखाद लगायतका समस्या समाधान गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। कृषकलाई तत्काल सहुलियत दरमा बिऊविजन तथा मलखादको व्यवस्था गरिनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने, सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, कैलालीमा मलखाद उत्पादन तथा फर्टिलाइजर कारखाना स्थापना गर्नुपर्ने लगायतका माग महासंघले राखेको छ।

Read More