Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीको गोदावरी नगरपालिकामा लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमिीआयोग मार्फत गोदावरी नगरपालिका – २ पहाड रोडको उत्तर पट्टिका ६१ परिवारलाई लालपुर्जा वितरणका लागि तयारी गरिएको हो । राष्ट्रिय भूमि आयोग गोदावरीका संयाजक बसन्त कुमार खत्रीले पहिलो चरणमा अव्यवस्थित बसोबास गरेर बसेका ६१ परिवारलाई लालपुर्जा दिने तयारी थालिएको बताए । उनका अनुसार हाल गोदावरी – ५ मा जग्गा नापीको काम सकिएको छ भने वडा नम्बर २ मा जग्गा नापीको काम जारी रहेको छ । राष्ट्रिय भूमी आयोगको केन्द्रिय टोलीले बुधबार गोदावरी नगरपालिकाका मेयर सहितको टोलीसंग लालपुर्जा वितरण गर्ने विषयमा छलफल गरेको थियो । टोलीमा राष्ट्रिय भूमि आयोगको केन्द्रिय…

Read More

बाजुरा- बाजुराको बडीमालिका नगरपालिकाले आइतबार सार्वजनिक विदा नदिने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट संघीय सरकारको आइतबार बिदा दिने निर्णय खारेज गर्दै आइतबार बिदा नदिने निर्णय गरेको हो । पालिकाबासीलाई उक्त निर्णयले सास्ती थपेको भन्दै हटाउने निर्णय गरिएको नगरप्रमुख अमर खड्काले बताए। बाजुराको सन्दर्भमा उक्त निर्णय अव्यवहारिक रहेकाले पालिकामा आइतबार पनि कार्यालय तथा विद्यालयहरू सञ्चालन गरिने उनले बताए ।

Read More

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुष्मा चौधरी तथा दलित वा अल्पसंख्यकतर्फ अनिल कुमार, चक्रबहादुर नेपाली र महादेव सुनार निर्विरोध निर्वाचित भएका हुन् । धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन गरेर चुनाव लडेपनि नेपाली कांग्रेसले कार्यपालिकामा भने एकल बहुमत पुगेपछि अरु दलको साथ नलिएको हो । धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित…

Read More

कैलाली- तराईका जिल्लामा गर्मी अझै केही दिन बढ्न सक्ने मौसमविद्ले बताएका छन् । हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन शुरू भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताइन् । “अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ”, उनले भने । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउँछन् । “अझै केही दिन तापक्रम बढ्छ”, उनले भने। कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गत वैशाख १३ गते रेकर्ड भएको छ । गर्मीको…

Read More

बर्दिया- बर्दियामा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ४४ वर्षीय कृष्णबहादुर कामीलाई बुधबार बिहान पक्राउ गरेको हो । कामीले ती बालिकालाई माछा मार्न गएको अवस्थामा सोमबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यता पाल्पामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका(५ कैलाशनगर बस्ने ४१ वर्षीय वीर बहादुर पौडेल क्षेत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका–३ सिद्धबाबास्थित पावर हाउसको प्रतिक्षालय नजिक क्षेत्रीले ती किशोरीलाई मंगलबार साँझ जबरजस्ती करणी गरेको…

Read More

काठमाडौं- जजिरा एयरवेजले यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गरिरहेको छ । यस विमानस्थलबाट तेस्रो मुलुक उडान गर्ने जजिरा पहिलो विमान सेवा कम्पनी हो। भैरहवा–कुवेत हवाई भाडा सस्तो पनि भएकाले राम्रो सङ्ख्यामा यात्रु पाइएको जजिरा एयरवेज नेपालका कन्ट्री म्यानेजर अमित नागरथले बताए। काठमाडौँ–कुवेतको भन्दा भैरहवा–कुवेतको हवाई भाडा निकै सस्तो छ । भैरहवा–कुवेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँको हाराहारीमा सस्तो रहेको नागरथले बताए । उनका अनुसार यहाँबाट कुवेतमात्र नभई कुवेत ट्रान्जिट हुँदै कतार लगायतका खाडीका अन्य देश समेत जाने यात्रुहरू बढी रहेका छन् । अहिलेसम्म…

Read More

कैलाली- कैलालीको धनगढीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । से १ च ६००६ नम्बरको ट्याक्टरले बुधबार बेलुका साइकललाई ठक्कर दिँदा धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने कमलावती भट्टको मृत्यु भएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी भट्टको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनको शव अस्पतालको शव गृहमा राखिएको जोशीले बताए। ट्याक्टर र चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने सुनिल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुर नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ। स्थानीय तहको निर्वाचन सकिएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८।६८ प्रतिशत मत पालिकाको नेतृत्व तहको पदमा बदर भएको देखिएको छ। मतदाता शिक्षाको कमी, दलीय गठबन्धनबारे मतदाताको अलमललगायतका कारणले प्रमुखरप्रमुख पदमै बढी बदर भएको हो। निर्वाचन कार्यालयको तथ्याङ्क हेर्दा कञ्चनपुर सदरमुकाम रहेको भीमदत्त नगरपालिकामा सबैभन्दा बढी नगरप्रमुख र उपप्रमुख पदमा मत बदर भएको देखिएको छ। दुई लाख पाँच हजार २५० मत खसेको कञ्चनपुरमा ५८ हजार ८६२ मत नगरप्रमुख र उपप्रमुखका साथै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा बदर भएको…

Read More

काठमाडौं- तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र नीराजन तथा युवराज्ञी श्रुति शाह लगायतको ज्यान गएको थियो । हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए । हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्र्यान्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ‘ग्र्यान्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्‍यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । तत्कालीन सभामुख…

Read More

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी सत्ता गठबन्धनमा आबद्ध पाँच दलहरु छलफलमा जुटेका छन् । स्थानीय तह निर्वाचनको परिणामबाट हौसिएका सत्तारूढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आगामी १० मंसिरभित्रै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी छलफलमा जुटेका हुन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनको परिणामको समीक्षासहित प्रतिनिधि सभा निर्वाचन मिति तोक्नेलगायतका विषयमा अनौपचारिक छलफल भएको थियो । बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनतर्फ केन्द्रित हुन ढिला गर्न नहुने धारणा राखेका थिए…

Read More