बाजुरा : बाजुरा जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन। नागरिकता बनाउन सनाखत गर्ने कोही नहुँदा उनले नागरिकता प्राप्त गर्न सकेकी थिएनन्। माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा पुगेकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित भएकी हुन्। प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उनले खुसी व्यक्त गरिन। नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए। नागरिकता नहुँदा उनी राज्यबाट पाउने…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरमा मलामी जाँदै गरेका एक सेवा निवृत्त सशस्त्र प्रहरी हवलदारको सडक दुर्घटनामा परी मृत्यु भएको छ। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४२ वर्षीय नकुल राना छिमेकी गुरुङ थरकी महिलाको मलामीमा जाँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–९ अन्तर्गत ब्रह्मदेव क्षेत्रमा म १ त ९२५ नम्बरको ट्याक्टरबाट खसेर उनी गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै रानालाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। राना सशस्त्र प्रहरी बलमा हवलदारका रूपमा कार्यरत रहेर सेवा निवृत्त भएका थिए। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: काठमाडौंको नागढुंगामा कुटपिटमा संलग्न प्रहरी कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालका अनुसार उक्त कार्यमा संलग्न दुवैलाई अहिलेको जिम्मेवारीबाट हटाइएको छ। बुधबार ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले प्रहरी सहायक हवल्दार अमर खड्कालाई थप्पड हान्नुका साथै लछारपछार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। भिडिओ सार्वजनिक भएपछि दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो। लगत्तै उनीहरूलाई जिम्मेवारीबाट हटाएर अहिले छानबिनको प्रक्रिया अघि बढाइएको खनालले जानकारी दिए। उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।
धनगढी: कैलालीमा पछिल्लो समय तस्कर सल्बलाएको र तस्करी उकालो लागेको तथ्य फेला परेको छ। प्रहरीले तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्दा तस्करी मौलाएको बताइन्छ। यसबीच प्रहरीले भन्सार छली गरेर ल्याइएको साढे २५ लाख बराबरको अवैध सामान बरामद गरिएको जनाएको छ। तर सो सामान कसको हो भन्ने तथ्य प्रहरीले खुलाएको छैन। लाखौंको सामान भएपनी प्रहरीले यसलाई बेवारिसेको नाम दिएर सामसुम पार्न खोजेको देखिन्छ। यस्तै यो घटनाले सीमा सुरक्षामा रहेको सशस्त्र प्रहरीको सेटिङ र मिलेमतो एवं कमजोरी पनि उजागर गरेको देखिन्छ। यद्यपि नेपाल प्रहरीले भने भारतबाट भन्सार छलि गरी ल्याइएको २५ लाख ५४ हजार चार सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर…
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट खैरो हेरोइनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेका भीमदत्त नगरपालिका–२, उल्टाखामका २२ वर्षीय दिपेश डगौरालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई शंका लागी जाँच गर्दा उनले लगाएको कालो रंगको टाउजरको बायाँ खल्तीमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा खैरो हेरोइन (४.१९ ग्राम) बरामद गरिएको थियो। पक्राउ परेका डगौरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाको नेतृत्व प्रहरीका वरिष्ठ सई केशव जोशीले गरेका थिए।
बझाङ: जोत्दै गरेको गोरुसहित लड्दा बझाङमा एक जनाको मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्। बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको हो। भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए। मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए।
धनगढी: कञ्चनपुरको गड्डाचौकी क्षेत्रबाट खैरो हेरोइनसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र नेपाल प्रहरी प्रदेश कार्यालयबाट वरिष्ठ सई केशव जोशीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकीमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ बस्ने २४ वर्षीय रविन्द्र चन्द र २२ वर्षीय चेतन चन्द रहेका छन्। उनीहरू सु.प.प्र.०२००३ प ३८९७ नम्बरको स्कुटरमा शंकास्पद रूपमा आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। स्कुटरको पछाडि सवार चेतन चन्दको हातमा कालो प्लाष्टिकमा बेरिएको एक पोका फेला परेको प्रहरीले जनाएको छ। सो पोका खोल्दा ७.९९ ग्राम खैरो हेरोइन भेटिएको थियो। पक्राउ परेका…
धनगढी: नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष एवं पार्टीका संरक्षकसमेत रहेका रेशमलाल चौधरीकी दोस्री पत्नी रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्न निर्देशन दिएकी छन्। पार्टीका प्रदेश संसदीय दलले मन्त्री छनोट गर्ने अधिकार केन्द्रलाई प्रत्यायोजन गरेपछि श्रेष्ठले मंगलबार प्रदेशसभा सदस्य चौधरीलाई मन्त्री बनाउने निर्णय लिएकी हुन्। श्रेष्ठले संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै कैलाशलाई मन्त्री बनाउने निर्देशन दिएको नाउपाले जनाएको छ। यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी विवादित अडियो सार्वजनिक भएपछि १६ चैतमा राजीनामा दिएका थिए। त्यसयता मन्त्रालय रिक्त थियो। नयाँ मन्त्री चयनका लागि मंगलबार…
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वन्क चौकमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु।प।प्र।०१–००१ ज १६८३ नम्बरको बोलेरो जिपले पैदल हिँडिरहेका ५० वर्षीय महेन्द्र बिष्टलाई ठक्कर दिएको थियो। बिष्ट सोही ठाउँका स्थानीय बासिन्दा थिए। घटनापछि गम्भीर घाइते भएका बिष्टलाई उपचारका लागि तत्काल निसर्ग अस्पताल, धनगढी पुर्याइएको थियो। तर, उपचारको क्रममा उक्त दिनै साँझ ७:३० बजे ९१९स्३०० उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनासँग सम्बन्धित बोलेरो जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकको परिचय बझाङ जिल्ला, छबिसपाथिभेरा गाउँपालिका–२ मोतै निवासी २१ वर्षीय रवि रोकाया खुलेको छ। हाल उनलाई नियन्त्रणमा…
धनगढी: तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवायुवतीको विवाह तय भइसकेको थियो। तर, दुलाहा सम्पर्कविहीन भएपछि विवाह रद्द गरिएको छ। गौरीगंगा नगरपालिका–४ राजीपुर निवासी २४ वर्षीय रमेश कुमाल (नाम परिवर्तन) विवाहको मिति नजिकिँदै गर्दा बेपत्ता भएका हुन्। ३० वैशाखमा विवाह हुने तय भए पनि उनी फेला नपरेपछि विवाह स्थगित गरिएको हो। हुनेवाली दुलही सङ्गिता बुढा (नाम परिवर्तन) यो घटनापछि मानसिक तनावमा परेकी छन्। उनीहरूबीच तीन वर्षअघि प्रेम सम्बन्ध सुरु भएको थियो। आफन्तजनको सहमतिमा विवाह तय भएको थियो र निमन्त्रणापत्र वितरणदेखि अन्य तयारीसमेत पूरा भइसकेका थिए। दुवैले २५ वैशाखमा भारतको पलिया र धनगढी बजारमा विवाहका लागि गरगहना तथा लत्ताकपडा किनेका थिए। सोही…