Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राजावादी आन्दोलनका कमाण्डर तथा विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जीएसएम) समुदायविरुद्ध घृणा फैलाएको भन्दै मायाको पहिचान नेपाल नामक संस्थाले उनीविरुद्ध उजुरी दर्ता गरेको हो। उक्त संस्थाका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज प्रसाईंविरुद्ध उजुरी दर्ता गर्दै आवश्यक कानूनी कारबाहीको माग गरेका छन्। ‘दुर्गा प्रसाईंका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी साइबर अपराध ऐन उल्लंघन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न माग गर्दछौं,’ उजुरीमा उल्लेख छ।  प्रसाईंले जीएसएम समुदायविरुद्ध घृणा फैलाउने प्रचलित कानूनबमोजिम प्रतिबन्धित भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको उनको आरोप छ। ‘समलिङ्गी विवाहलाई युएसएआईडीद्वारा वित्तिय सहयोग गरिएको भनी झुटो प्रचार गरेका…

Read More

बाजुरा: बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई बिहीबार नेपाली नागरिकता प्रदान गरेका हुन्। उनलाई पहिल्यैदेखि नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण नसकिएको वडाअध्यक्ष रमेश रावलले बताए। वडाध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनले नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए। नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन्। आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन्। उनको श्रीमान् बितेको २२ वर्ष भए…

Read More

काठमाडौं: सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) पक्राउ परेका छन्। अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले सई खिम बहादुर खड्कालाई पक्राउ गरेको हो। रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत खड्का भारतबाट भन्सार छली गरेर सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका हुन्। अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्। प्रवक्ता पौडेलका अनुसार सई खड्काले ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनीमाथि थप अनुसन्धान…

Read More

काठमाडौं: विवाहको आश्वासन दिएर बलात्कार गरेको आरोपमा कोशी प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ। विराटनगर महानगरपालिका–१५ घर भएकी पीडित किशोरीले इलाका प्रहरी कार्यालय बिर्तामोड, झापामा जाहेरी दिएकी हुन्। पीडितका अनुसार २०७८ साल जेठदेखि फेसबुकमार्फत चिनजान भएका साह थरी प्रहरी जवानले विवाहको आश्वासन दिएर पटक–पटक भेट्न बोलाउने गर्थे। गत भदौ ७ गते, साहले किशोरीलाई झापाको सुरुङ्गा क्षेत्रमा भेट्न बोलाएका थिए। रात परिसकेको भन्दै उनलाई होटल क्विन प्यालेसमा बस्न दबाब दिएको जाहेरीमा उल्लेख छ। होटलमा जबरजस्ती गरेको आरोप जाहेरी अनुसार, किशोरी होटलबाट घर फर्किन खोज्दा साहले ‘तिमीलाई एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै रोक्न खोजे। पछि, कोठामा छिरेलगत्तै…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लद्वारा जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। निरीक्षणका क्रममा भौतिक पूर्वाधार, अपराध अनुसन्धान शाखा, प्रशासन शाखा, कार्य शाखा तथा अभिलेख व्यवस्थापन लगायत विभिन्न पक्षहरूको मुल्यांकन गरिएको थियो। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले कार्यालयको समग्र अवस्था, सुरक्षा व्यवस्था तथा सञ्चालन भइरहेका गतिविधिहरूको बारेमा प्रस्तुतीकरण गरेका थिए। त्यसपछि, मल्लले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू तथा मातहतका युनिट इन्चार्जहरूलाई आवश्यक निर्देशन प्रदान गर्दै संगठनलाई थप प्रभावकारी बनाउन सुझाव दिए। निरीक्षणका क्रममा प्रहरी सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक सुधार तथा नीतिहरूको कार्यान्वयनबारे…

Read More

एजेन्सी: अमेरिकाले भारतको जासुसी संस्था ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको खुलेको छ। अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूलाई नराम्रो व्यवहार भइरहेको आरोप लगाउँदै ‘रअ’ लाई प्रतिबन्ध लगाउन सिफारिस गरेको खुलेको हो। सिख पृथकतावादीहरू विरुद्धको हत्याको षड्यन्त्रमा गुप्तचर निकायको पनि संलग्नता रहेको आरोप अमेरिकी आयोगको छ। आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाले भारतसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गरेका कारण भारतमा मानवअधिकारका मुद्दाहरूलाई बेवास्ता गरिएको बताइएको छ। तर, अमेरिकाले भारतको खुफिया एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ माथि प्रतिबन्ध लगाउने आशा कमै रहेको विज्ञहरू बताउँछन्।

Read More

काठमाडौं: सशस्त्र प्रहरी बलमा ५ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त भएको लामो समय बितिसकेको छ। तर, अझै बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन। २०८१ माघमा एसएसपी कृष्ण ढकाल, मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवरको डीआईजीमा बढुवा भएको थियो। ती रिक्त स्थानमा अझैपनि बढुवा भएको छैन। चर्को राजनीतिक दबाबलाई समेत छिचोल्दै आएका सशस्त्र आईजीपी राजु अर्यालले बढुवा निकै पारदर्शी बनाउँदै आएका छन्। अहिले पनि राजनीतिक दबाब आएकै कारण बढुवा अड्किएको बताइएको छ। हाल एसएसपीमा बढुवाको लाइनमा एसपीहरु ध्रुव कार्की, जनक पुरी, यादव विश्वकर्मा, अशोक बम, टोप खनाल, वीरेन्द्र ऐर, समिक महर्जन, दीपक थापा, महेश अधिकारी, खगेन्द्र चन्द…

Read More

धनगढी: कैलाली भन्सार कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा रु ५ अर्ब ३४ करोड १९ लाख राजस्व सङ्कलन गरेको छ। साउनदेखि फागुन मसान्तसम्मको अवधिमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, र अन्य शुल्कबाट राजस्व संकलन भएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार भन्सार महसुलतर्फ रु २ अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु २ अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ रु १३ करोड ८२ लाख, र अन्यतर्फ रु १ अर्ब १९ करोड ३५ लाख राजस्व संकलन भएको छ। राजस्व सङ्कलन लक्ष्यभन्दा कम चालु आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले कुल रु ११ अर्ब १६ करोड २६…

Read More

काठमाडौं: कास्की जिल्ला अदालतले सशस्त्र प्रहरी बलकी निरीक्षक इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सो आदेशपछि उनीहरूलाई थुनिएको छ। गत १० फागुनमा पोखरा-१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा महिला शौचालय नजिक निरीक्षक महतको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। त्यसपछि महत परिवारले उनी र सुदूरपश्चिमको बैतडी घर भएर तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विवेक जोशीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण मृत्यु भएको भन्दै जाहेरी दिएको थियो। प्रहरीमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि सशस्त्रकै इन्स्पेक्टर जोशी पक्राउ परेमा थिए। तर उनलाई समातेपछि प्रहरीले अनुसन्धानका क्रममा महतको…

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर दर्शन खड्कालाई पुरस्कार दिइएको छ। खड्कालाई विभागले अभिलेखमा जनिने गरी नगद पुरस्कारसहित सम्मानित गरेको हो। केही समय अगाडिमात्रै उनलाई तोकिएको जिम्मेवारी पूर्ण, प्रशंसनीय एवं अनुकरणीय तवरले कार्यसम्पादन गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो। खड्का उनै इन्स्पेक्टर हुन्, जसलाई हालै धनगढी उपमहानगरपालिकाका मेयरसमेत रहेका गोपाल हमाल (गोपी)की छोरी आरजु हमालले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। तर सो आरोपबारे कुनै सत्यता नभएको भन्दै प्रहरीले उल्टै पुरस्कार दिएको हो। पत्रकारसमेत रहेकी हमालले उनीसहितका प्रहरीविरुद्ध उजुरी पनि दिएकी थिइन्।फागुन २५ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी रहेको कार्यक्रममा बाहिर कैलाली प्रहरीका मुद्दा शाखा इन्चार्जसमेत रहेका इन्स्पेक्टर खड्का…

Read More