Author: Dipak Dhamala

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई वटा र एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच दिउँसो २ बजे र दोस्रो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । त्यस्तै, सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने खेलमा हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी) खेल्दैछन् । यो खेल दिउँसो २ बजे सुरु हुनेछ ।

Read More

काठमाडौं: चौथो राष्ट्रिय पुरुष हकी प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सञ्चालन भइरहेको हकीको शनिबार लिग चरणका सबै खेलपछि समीकरण पूरा भएको हो । समूह ‘ए’मा त्रिभुवन आर्मी शीर्ष र नेपाल पुलिस दोस्रो भएका छन् । समूह ‘बी’मा सुदूरपश्चिम समूह विजेता र मधेस उपविजेता बने । प्रतियोगिताको आइतबार पहिलो सेमिफाइनलमा आर्मीले मधेसको सामना गर्नेछ । अर्को खेल सुदूरपश्चिम र पुलिस क्लबबीच हुनेछ । विराटनगरको सहिद रंगशालामा सुदूरपश्चिमले मधेसलाई ५–३ ले हरायो । सुदूरपश्चिमका दीपकराज जोशीले दुई गोल गरेका थिए । मधेसका विशाल क्षेत्री र रूपक दाहालले एक–एक गोल गरे । खेलमा म्यान अफ दी म्याच सुदूरपश्चिमका महेश नेपाली भए । अर्को खेलमा गण्डकी…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए । ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ,’ मेयर शाहले भने । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् । मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी…

Read More

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।  अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ ।  पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो । सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो ।…

Read More

काठमाडौं ।  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले  २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ । एलिएन्ज रिभिइरा नाइसमा शनिवार राति भएको खेलमा पहिलो हाफको २६औँ मिनेटमा मेसीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पीएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो । दोस्रो हाफको ७६औँ मिनेटमा मेसीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो । यस जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार पिएसजीको ३० खेलबाट ६९ अंक हासिल…

Read More

काठमाण्डौ – काठमाण्डौका केही ठूला क्याम्पसमा अहिले पनि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावको विवाद छ । स्ववियु चुनाव केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले अहिले पनि ठूला क्याम्पसमा विवाद भएका कारण विद्यार्थीले नेतृत्व छनोट गर्न नपाएको र अन्य क्याम्पस प्रशासन, निर्वाचन अधिकृतलगायतका पक्षलाई समेत समस्या भएको बताउनुभयो । गएको ५ गते चुनाव हुन नसकेका क्याम्पसमा एक महिनाभित्र चुनाव गर्न निर्देशन दिइएको थियो । त्यसअनुसार संयुक्त विद्यार्थी सङ्गठहरुबीच आउँदो बिहीवार स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने सहमति पनि भएको छ । संयुक्त विद्यार्थी सङ्गठनहरुले चुनाव बिथोलिने गतिविधि नगर्ने र कुनै पक्षबाट तालाबन्दी गरिए प्रशासनको सहयोगमा ताला ताडेर प्रक्रिया अगाडि…

Read More

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । लामाको प्यानलबाट कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रोहित कपालीले सभापति पदमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएको जानकारी दिए । सचिव पदमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन् । दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् । अन्य सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको…

Read More

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  देशका पहाडी भू-भागको मौसम आंशिक देखि सामान्य बदली रहेको छ ।  आज दिउँसो सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको छ ।  राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

काठमाडौं – सेना र प्रहरीमाजागिर लगाइदिने भन्दै ४८ लाख ठगी भएको खुलासाभएको छ । सुर्खेत भेरीगङ्गानगरपालिका ३ कीलक्ष्मी सुनारले, प्रहरीमाजागिर लगाइदिने तथाशान्ति सेनामा पठाइदिने आश्वासनदिँदै आफूबाट करिब ४८ लाख ठगेको बताएकीहुन् ।काठमाडौंको रिपोर्टर्स क्लबमापत्रकार सम्मेलन गर्दै पीडितले, जाजरकोट स्थायी ठेगानाबताउने किरण शाही ठकुरीले आफू सहित १८ जनाको ४८ लाख रुपैयाँ गठी गरेको बताएन । शाहीले, आफ्नो श्रीमान् सहित अन्यपाँचजनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाखको दरले पैसा लिएर फरार भएको पीडित सुनारले बताइन् ।उनले भनिन् ‘ मेरो पसलमा आउँदा किरण शाही ठकुरीसँग मेरो सामान्य चिनजानमात्रथियो । गतवर्ष पुस २८ गते उहाँले तपाईँहरूको कोहीआफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो…

Read More

काठमाडौँ । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको छ । समानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको अश्लील भिडियोसहितको समाचार बाहिर आएपछि अभियानले सभामुख घिमिरेलाई ज्ञापन पत्र बुझाएर कारबाहीको माग गरेको हो । नेता खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ । सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा…

Read More