Author: Dipak Dhamala

काठमाडौं : आज बिहानैदेखि काठमाडौंको बालाजु-गोङ्गबु क्षेत्रमा प्रहरीले सरक्षा निगरानी बढाएको छ। यातायात मजदुरहरुले गर्न सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सतर्कता बढाएको हो। हिजो यातायात मजदुरहरुको प्रदर्शन हिंसात्मक बन्दा बालाजु, माछापोखरी र गोङ्गबु क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरुले प्रहरी भ्यान जलाउनुका साथै अन्य सवारीसाधन तोडफोड गरेका थिए। यस्तै, नयाँ बसपार्क क्षेत्रमा प्रहरीमाथि ढुंगामुढा हुँदा अश्रु ग्यास प्रहार भएको थियो। प्रदर्शनकारीहरुले नयाँ बसपार्कमा रहेको ल्होत्से मलमाथि पनि ढुंगामुढा गरेका थिए। उनीहरुले मलका रहेका पसल र सपिङ सेन्टरमा पेसर सामानहरु लुटपाटसमेत गरेका थिए। प्रदर्शनका क्रममा डेढ दर्जन प्रहरी घाइते भएका थिए। पछि प्रहरीले प्रदर्शन र लुटपाटमा संलग्न केहीलाई पक्राउ गरेको थियो। मजदुर संगठनहरुले…

Read More

काठमाडौं – हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उता, राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ । तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Read More

नेपालगन्ज – नेपालगन्ज मेयर तथा उप–मेयर कप क्रिकेट प्रतियोगिताको पाँच खेलहरु कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएका छन् । प्राविधिक कारणले मंगलबार र बुधबार लिग चरणका पाँच खेल कोहलपुर गर्ने आयोजकले तयारी गरेको छ ।  जारी प्रतियोगिताका खेलहरु नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको खेल मैदानमा भैरहेको थियो । तर विद्यालय स्तरको रनिङ शिल्ड प्रतियोगिता तयारीको लागि मंगलप्रसाद उच्च माविले मैदान आवश्यक परेका भन्दै आयोजकलाई केहि दिन प्रतियोगिता अन्यत्र गर्न अनुरोध गरेको थियो । जसका कारण मंगलबार र बुधबार दुई दिन कोहलपुर स्थित क्रिकेट मैदानमा खेलहरु आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सुफियान पठान खानले…

Read More

काठमाडौँ – प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ ।  प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ । यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नामक एक शासक थिए । उनले भन्ने गर्दथे ‘जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ ।’…

Read More

टर्की र सिरिया भूकम्पमा परि अहिलेसम्म ३३ हजार जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण अहिलेसम्म टर्कीमा २९ हजार ६ सय ९५ र सिरियामा ३ हजार ५ सय जनाको ज्यान गएको पुष्टि भएको राेयटर्सले जनाएको छ । भूकम्पमा अझै कयौँ बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । भूकम्प गएको एक हप्ता भइसक्दा पनि हराइरहेका धेरैजसो भेटिएका छैनन् । तर, यस बीचमा कतिपयको भने जीवितै उद्धार भइरहेको छ । अत्यधिक चिसो र भग्नावशेषमा पुरिएकाले जीवित भेटिने सम्भावना कम भइरहेका बेला पनि कतिपयको जीवितै उद्धार भएकाले केही आशा भने छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको…

Read More

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जनयुद्धको योगदानबाट मुलुकले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै सुशासन र समृद्धिको जग बसाउने ऐतिहासिक दायित्व नयाँ पुस्ताको काँधमा आई पुगेको बताएकी छन् । २८ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सि‌ंहले नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्त्वको रहेको जिकिर गरेकी हुन् । उनले भनेकी छन्,  ‘नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको ०६२-६३ को संयुक्त जनआन्दोलन पश्चात् मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको छ । संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका…

Read More

काठमाडौं । सरकारले आज (१ फागुन) जनयुद्ध दिवसको सार्वजनिक बिदा दिए पनि बैंकहरुका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको हो । राष्ट्र बैंक निर्देशनपछि सेवा अवरूद्द नहुने भएको हो । ‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखी अपरान्ह १ बजेसम्म बैंक तथा बित्तिय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले…

Read More

काठमाडौं – ‘जनयुद्ध दिवस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय र सिंहदरबार मोडमा विरोध तथा धर्नाको आयोजना गरिएको छ । ‘रगतको होली खेल्ने नेपाल र नेपालीको पीडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको विरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिवस’को विरोध र धर्ना कार्यक्रम तय गरिएको दीक्षितले जानकारी दिए ।

Read More

बझाङ: बझाङको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक ६ महिनादेखि विध्यालयमा अनुपस्थित भएका छन्। साइपाल गाउँपालिका– ४ धुलीस्थित धुली माध्यमिक विध्यालयका प्रधानाध्यापक नवराज जोशी भदौ महिनादेखि विद्यालयमा अनुपस्थित भएका हुन्। प्रधानाध्यापक जोशीले आफू विरामी भएको भन्दै भदाै महिनामा निवेदन दिएर १२ दिनको विदा मागेको विद्यालयले जनाएको छ । सहायक प्रधानाध्यापक धनबहादुर विष्ट (भोटे)ले १२ दिनको विदा मागेका प्रधानाध्यापक जोशी हालसम्म पनि विध्यालयमा हाजिर नभएको बताए। उनले भने, ‘विध्यालयमा विरामी भएकाले उपचारका लागि १२ दिनको निवेदन मार्फत विदा माग्नुभएकाे हाे। फागुन सुरु हुन लाग्दा पनि उपस्थित हुनुभएको छैन। विद्यालयको नीतिगत वृद्धि विकासमा समेत बाधा पुगेको छ।’ यता, व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बोहराले नियमित…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । सिटीका लागि खेलको ४औँ मिनेटमा नै रोड्रीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गरे भने रियाद महारेजले पेनाल्टीमा गोल गरे। एस्टोन भिल्लाका लागि ओली वाट्किन्सले सान्त्वना गोल गरे । जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । २२ खेलमा सिटीले ४८ अङ्क जोडेको छ । सिटीले शीर्ष स्थानको आर्सनलसँग अङ्क दूरी छोट्याएको छ । आर्सनलको ५१ अङ्क छ । यस्तै, गएराति नै भएको…

Read More