Author: Dipak Dhamala

धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो । तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो । एमाले सम्बद्ध अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका थिए ।

Read More

दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार भानबहादुर पाललाई ६९ मतले पराजित गरेका हुन् । हिजो राति अबेर सम्पन्न मत गणना अनुसार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका साझा उम्मेदवार धामीले कुल खसेको मतको दुई ७५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी पालले दुई सय ६ मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, स्ववियुको सचिवमा नेविसंघका जवनसिंह डडाल २ सय ५३ मतसहित विजयी भएका छन् । डडालका प्रतिद्वन्द्वी अनेरास्ववियु र…

Read More

कैलाली । कैलालीको बर्दगोरियामा सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष , सहित ५ जना सदस्य नेपाली काङ्ग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन । उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका छन् । नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा सदस्यमा निर्वाचित भएका छन् । सचिव र सह सचिव नेकपा एमालेको भागमा परेको थियो । गौमुल गाउँपालिका अध्यक्ष हरि…

Read More

काठमाण्डाै – सत्तारुढ गठबन्धनमा आबद्ध दल सरकारलाई पूर्णता दिनेबारे छलफलमा केन्द्रित भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल तीव्र भएको छ । सङ्घ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्ने गरी छलफल थालिएको छ । कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा प्रारम्भिक छलफल सुरु भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । तर भागबन्डा मिलाउन प्रमुख दलहरुलाई सकस पर्ने देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका बसेको बैठकमा दलबीच तत्काल मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले सरकार विस्तार गर्ने विषयमा…

Read More

सुर्खेत – कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।  विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् ।  कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिजनल इन्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको बताए। प्रदेशमा अझै छ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन ।  शर्माले भने, “प्रदेशका धेरै नागरिक खुला…

Read More

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ।बिरामी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको सूचना प्रवाहमा सहजता ल्याउने  उद्देश्यले मोबाइल वितरण गरेको हो। जिल्लाको ग्रामीण भेगमा मातृ शिशु मृत्युदर कम गर्न गर्भवती महिलाको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी बनाउने तातोपानी गाउँपालिको उद्देश्य रहेको अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।  गर्भवती महिलाको गर्भ जाँचमा थप टेवा पुर्याउनका लागि मातृ स्वास्थ्य सुरक्षा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम प्रभावकारी देखिएकाले वितरण गरेको अध्यक्ष चौलागाईले बताए।  आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविका संलग्न रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाले आफ्नो वडा तथा टोलमा रहेका गर्भवतीको मोबाइलमार्फत स्वास्थ्य जाँचमा सहयोग गर्ने छन्।स्वास्थ्य शाखा प्रमुख…

Read More

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो । आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

Read More

काठमाण्डाै – आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । आज पानी पर्ने खासै सम्भावना छैन । तर स्थानीय वायु सक्रिय भए बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्न सक्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । पानी पर्ने सम्भावना कमै रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने अनुमान छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा नै रहने छ । प्रि-मनसुनको समय भएकाले दिउँसो पछि मेघगर्जन र चट्याङसहित हावाहुरीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । विशेषगरी कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा दिउँसोपछि मेघगर्जन र चट्याङ पर्ने अनुमान छ । यस्तै,…

Read More

काठमाण्डाै – घरेलु टोली भारतसँगको एकदिवसीय शृङ्खलाको उपाधि अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै शृङ्खला २–१ ले जितेको हो । पहिलो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले पराजित भएको थियो । अस्ट्रेलियाले दोस्रो खेल १० विकेटले जितेको थियो । तेस्रो तथा निर्णायक खेलमा अस्ट्रेलियाले भारतलाई २ सय ७० रनको लक्ष्य दिएको थियो । भारत ४९ ओभर १ बलमा २ सय ४८ रनमा अलआउट भयो । भारतका विराट कोहलीले सर्वाधिक ५४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । त्यस्तै एस्टन अगरले २ तथा मार्कस स्टोइनिस र सेन एबोटले एक/एक…

Read More

काठमाडौँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपाले सरकारमा सहभागी हुने नेताको छनौट तथा बारा–२ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी चयन गर्नका लागि बैठक बोलाएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए ।  लोसपाले बारा–२ मा हुने उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी गरे पनि सत्तारुढ गठबन्धनमा साझा उम्मेदवार तय गर्ने अवस्थामा के गर्ने ? भन्नेबारेमा पनि बैठकमा छलफल हुनेछ ।

Read More