Author: Dipak Dhamala

महेन्द्रनगर । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन् । कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ । हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर दीपक सुनारले निर्माण व्यवसायीले उक्त कामलाई प्राथमिकतामा नराख्न निर्माणमा ढिलासुस्ती भएको बताए । “पहिलो कोरोना कहर, निकुञ्ज क्षेत्रमा स्वीकृति लगायतका कारणले ढिलाइ भयो,” उनले भने, “पाँचौँ पटक काम गर्न म्याद थप गर्दा पनि पूरा भएको छैन् ।” हुलाकी सडकको ६२ किलोमिटर सडक तीन वटा प्याकेजमा ठेक्का दिएर काम थालिएको थियो । डोकेबजारदेखि…

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकताको तयारी भइरहेको छ ।  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बी लामो समययता पार्टी एकताका लागि छलफल हुँदै आएको थियो । दुई पार्टीले गठन गरेको वार्ता टोलीले पार्टी एकताको सहमति जुटाएको हो ।  गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो । वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान…

Read More

काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकालाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।  त्यसपछि  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र आजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने निर्वाचन आयोगको तयारी छ ।   आउँदो वैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन हुँदैछ । मतदानको लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ ।

Read More

सुदूरपश्चिममा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीले प्राकृतिक पद्धतिबाट निःशुल्क उपचार सेवा पाउन थालेका छन् । चिकित्सालयमा ल्याब, ओपिडी, पूर्वकर्म, पञ्चकर्मलगायत सेवा उपलब्ध छन् । कैलालीको धनगढी उपमहानगरपालिका– १३ राजपुरमा रहेको सो चिकित्सालय ५० शय्याको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार चिकित्सालयको उद्घाटन गरे । चिकित्सालयले पाइल्स, फिस्टुला, बाथरोग, पेटसम्बन्धी समस्याको उपचार गरिरहेको वैद्य निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । बाथरोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छालासम्बन्धी समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार सेवा दिइरहेको उनले बताए । चिकित्सालयका निमित्त निर्देशक डा. सूर्य उपाध्यायले चिकित्सालय सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीले आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको जिकिर गरे ।…

Read More

काठमाडौँ । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् ।  गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ ।  आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ । नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी…

Read More

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको सात वर्षपछि सरकारले संघीय नेपाललाई हाँक्ने नयाँ प्रशासन कानुनको अन्तिम गृहकार्य गरेको छ । हालको निजामती सेवा ऐनलाई विस्थापित गर्ने उद्देश्यसहित संघीय निजामती सेवा ऐन ल्याउन लागिएको हो । संघीय निजामती सेवा ऐन संघीय नेपालको प्रशासन हाँक्ने मूल कानुन हो । जुन कानुनलाई छाता कानुनको रूपमा लिइन्छ । संघीय निजामती सेवा ऐन जारी भएपछि मात्रै सोही कानुनकै आधारमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी हुनेछ । सोअनुसार केन्द्र्रीय सरकारको स्थायी प्रशासन हाँक्ने गरी सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि…

Read More

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ ।  संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । यसै गरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए ।

Read More

धनगढी: कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ बस्ने अश्वानी शर्मालाई मंगलबार अस्थायी प्रहरी पोष्ट बसपार्कको टोलीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुुर चन्द नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा शर्मालाई २०५८ सालमा एक महिना कैद र ३ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । सोही बेलादेखि फरार रहेका शर्मालाई प्रहरी २१ वर्षपछि भेटाउन सफल भएको हो ।

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको हो ।  बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।

Read More

कैलाली । कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । अध्यक्षमा नेविसंघका नृप थापासहित सम्पूर्ण प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए । नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र रावलले २३३ मत पाएका थिए । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २८७ मत पाए । कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी भए । सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदीप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी…

Read More