Author: Dipak Dhamala

कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो ‘द पोयट आइडल’मा कैलालीकी मुनु अधिकारी उत्कृष्ट ६ मा परेकी  छन्। सयौं प्रतिस्पर्धीलाई उछिन्दै  ‘पोयट आइडल’मा छानिएकी मुनु अन्तिम १४ जनाबाट उत्कृष्ट ६ जनाभित्र पर्न सफल भएकी हुन्। ‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म आफैँले आफैँलाई निर्धक्क मारेको हेर्न सकेनन्’, ‘परदेशीको पीडा’ लगायतका थुप्रै मर्मस्पर्शी कविता ‘द पोयट आइडल’को मञ्चमा प्रस्तुत गरेर निर्णायक र दर्शको मन जितिरहेकी मुनुलाई धेरैले ‘शो’को उपाधि विजेताको दाबेदार ठानेका छन्। मान्छेका जीवन व्यथा, पीडा र प्रेम उनेर कवितामा पस्कने मुनु कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खड बजारमा हुर्किएकी हुन्। ‘म हत्यारा हुँ, चमेलीको रातो रिविन’ लगायतका उनले प्रस्तुत…

Read More

काठमाण्डाै – पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज बुधवार भियतनामसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ । पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाममात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिवार खेल्नेछ ।

Read More

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको छ ।  मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भएको थियो । यसअघि एमाले अध्यक्ष केपी ओली संयोजक भएर बनाएको सरकारको न्यूनतम प्राथमिकता र कार्यक्रमहरू परिमार्जन गरिएको छ । कांग्रेसका रमेश लेखक, माओवादीका शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले तयार पारेको नयाँ मस्यौदामा पहिलेको कार्यक्रममा केही थपघट गरिएको छ । खासगरी कांग्रेसले चुनावमा गरेका केही प्रतिबद्धताहरु मस्यौदामा थपिएको नेता रमेश लेखकले बताए । १० पेज लामो कार्यक्रमको मस्यौदा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् । संयुक्त सरकारका प्राथमिकतामा…

Read More

बझाङः बझाङको साइपाल गाउँपालिका–४ धुली क्षेत्रमा समृद्धि इनर्जी लिमिटेडले दुई सय १६ मेगावाटको जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरेको छ। ‘बझाङ माथिल्लो सेती जलविद्युत आयोजना’ निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कनको (ईआइए) सार्वजनिक गरी रामुखोलामा बन्ने विद्युत गृह र सेती–इङ्गल्दारको दोभानमा बाँध बन्ने ठाउँमा प्रारम्भिक परीक्षणका काम गरिरहेको छ। आयोजना संयोजक विश्वनाथ कँडेलका अनुसार अहिले सुरूवाती काम भइरहेको छ। “आयोजना अन्तर्गत वातावरण प्रभाव मूल्याङ्कनको मस्यौदामाथि सार्वजनिक सुनुवाइ, पानीको सुरूङमार्गका लागि माटो, ढुङ्गा परीक्षणका साथै अन्य प्रारम्भिक काम भइरहेकोे छ”, उनले भने। प्रारम्भिक अध्ययनका लागि आयोजनास्थल र साइपाल गाउँपालिका सडक सञ्जालमा नजोडिएको हुँदा परीक्षण गर्ने सामग्री तथा उपकरण पनि हेलिकप्टरमार्फत् ढुवानी गरेर…

Read More

कञ्चनपुर: महाकाली लोकमार्गअन्तर्गत पर्ने वन क्षेत्रको रुख कटानीको आदेश आएपछि निर्माणको बाटो खुलेको छ। यसअघि रुख काट्न अनुमति नपाउँदा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढासम्म लोकमार्गको ट्रयाक खोल्न सकिएको थिएन। उक्त क्षेत्रमा पर्ने रुख कटानको आदेश नहुँदा वर्षौँदेखि लोकमार्ग निमार्ण अघि बढ्न सकेको थिएन। महाकाली लोकमार्ग दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीले मन्त्रिपरिषद्को निर्णयबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई रुख कटानको आदेश प्राप्त भएपछि सडक निमार्णको बाटो खुलेको बताए। ‘वन विकास कोषमा रु २० करोड जम्मा गर्न नसक्दा समस्या भएको थियो, रकम कोषमा पछि जम्मा गर्ने निर्णय भएपछि रुख कटानको आदेश पाइएको छ,’ उनले भने। आदेशपछि सडक निमार्णको कामले तीव्रता पाउने जोशीको भनाइ छ। सडक…

Read More

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला गगन थापा समूहले आफू पक्षीय सांसदको बैठक बोलाएको छ । पार्टीभित्र मन्त्रालय भागबण्डामा विमति जनाएर मन्त्रीको नाम नपठाएको उक्त समूहले आज सांसदहरुसँग छलफल गर्न लागेको हो । शेखर गगन समूहका एक पदाधिकारीका अनुसार दिउँसो सांसदहरुसँग छलफल गरिने भएपनि समय र स्थान तय भइसकेको छैन ।  कांग्रेसभित्र गुटगत विवादका कारण प्रधानमन्त्री प्रचण्डले शुक्रबार सातौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि पूर्णता दिन सकेका थिएनन् । शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त…

Read More

काठमाडौं : भारतको कुमाऊका कमिश्नर दीपक रावतले नेपाल भारत सिमानामा रहेको बनबसा क्षेत्रमा अनुगमन गरेका छन्। हिजो उनले भारत-नेपाल सीमामा बनिरहेको सुक्खा बंदरगाहको अनुगमन गरेका हुन्। उनले त्यहाँ सुक्खा बन्दरगाह जोड़ने हाइवे निर्माणको पनि निरीक्षण गरेका थिए। हाइवे निर्माण कार्य महत्त्वपूर्ण रहेको उनको भनाई छ।

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । गए राति दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायाे । गुजरातका साई शुदर्शनले ६२, डेभिड मिलरले ३१ र विजय शंकरले २९ रन बनाए । दिल्लीका एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । दिल्लीका कप्तान डेभिड वार्नरले ३७ र…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भए पनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधबार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन् । नेता लामिछानेविरुद्ध पासपोर्टसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णयविरुद्ध युवराज पौडेल (सफल) सर्वोच्च पुगेका थिए ।

Read More

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताएका छन् ।  सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनलेदक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए । उनले भने,’देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ।’ भीम रावलको विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए ‌। रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए। उनले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी समेत गरे ।

Read More