सुदूरपश्चिमका मन्त्रालय एक महिनासम्म मन्त्री बिहीनधनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रीपरिषद विस्तार नहुँदा एक महिना देखि विषयगत मन्त्रालय मन्त्री बिहीन बनेका छन् । मन्त्री नहुँदा नीति तथा योजना कार्यान्वयन र नीतिगत निर्णय गर्न समस्या हुन थालेको छ । मन्त्रालयका नियमित काम त भइरहेका छन्,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमलराज ढकालले भने, ‘तर केही नीतिगत काममा असहजता भइरहेको छ ।’ विषयत मन्त्री नियुक्त नभएसम्म सवै मन्त्रालयको जिम्मेवारी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले लगेका छन् । तर मुख्यमन्त्री आफै विश्वासको मतका लागि दौडधुपमा हुँदा मन्त्रालयलाई ध्यान दिन सकेका छैनन् । जस्का कारण सुदूरपश्चिम प्रदेशका ६ वटै मन्त्रालयमा कामले तिब्रता पाउन नसकेको…
Author: Saru Shrestha
महोत्तरी। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफुले मन्त्री बनेदेखी नै सम्बन्धित् क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन् । महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताएका हुन् । यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उनले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गरे । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उनले बताए । माओवादी केन्द्रमासमेत वैैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘ कम्युनिष्ट आन्दोलनलाइ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’ वैचारिक र…
काठमाडौं । नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ । समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यबिभाजन, राष्ट्रति निर्वाचनलगायतको बिषयमा बोलाईएको बैठक अन्तिममा स्थगित गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखका अनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ । कांग्रेस संसदीय कार्यसमितिको बैठकल २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो । सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन । जसका कारण नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्बिरोध हुन पुगेकी थिइन ।
जनकपुरधाम : महोत्तरीमा २ वर्षअगाडि झा दम्पतीको हत्यामा मतियार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फरार रहेका पिपरा गाउँपालिका वडा नम्बर ५ का ७२ वर्षीय तेजनारायण झालाई घटनाको २ वर्षपछि नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका नायव उपरीक्षक संतोषकुमार पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। २०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहितै बेपत्ता भएका थिए। बेपआा भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने…
काठमाडौं – पूर्व अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सत्ता गठबन्धनकै उम्मेदवार राष्ट्रपतिमा विजयी हुने बताएका छन्। उनले सरकारमा भएका दलहरूले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको बैठकपछि शनिबार सञ्चारकर्मीसँग उनले सत्ता गठबन्धनले नै राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका हुन्। उनले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरूसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताए। काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई जानकारी नरहेको भन्दै उनले गठबन्धन सरकारमा बहुमत रहेकाले गठबन्धनकै तर्फबाट उम्मेदवारी पर्ने र जित्ने निश्चित रहेको बताए। उनले भने, ‘अब केही दिनपछि एजेण्डा राष्ट्रपतिमा प्रवेश गर्छ। पार्टीहरूमा सहमति, असहमति, उम्मेदवारको छनोटको विषयमा छलफल हुन्छ। छलफलपछि मात्रै को हुन्छ भन्न सकिन्छ।…
काठमाडाैं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका ‘फरार’ सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गर्ने बताएका छन्। मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा मधेश आन्दोलनका क्रममा प्रहरीको हत्यामा संगल्न भएको आरोप लगेका सांसद कोइरी महोत्तरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। फरार भनिए पनि संसद आउजाउ गरिरहेका उनलाई प्रहरीले किन पक्राउ नगरेको भन्दै गृह मन्त्रालयको चौतर्फी आलोचना भइरहेको छ। आज उपसभामुखको निर्वाचनपछि संसदबाट बाहिरने क्रममा पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई यसबारे प्रश्न गरेका थिए। सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताएका छन्। सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ। यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’ भेटमा प्रधानमन्त्रीले मानवीय सेवाका लागि डा. रुइतले हालै मात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उँचो राखेको बताए । उनले भे, ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन्…
धनगढी – कैलालीमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। जिल्लाको कैलारी गाँउपालिका वडा नं ७ बस्ने ५४ वर्षीय प्रेम बिक हत्या आरोपमा पक्राउ परेका हुन्। २०७७ असोज २६ गते आफ्नै श्रीमती (५० वर्षीया) बिरमा विकलाई आफ्नै घरको कोठामा कुटेर हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निलडाम हुने गरी कुटपिट गरि मृत्यु भएको घटनामा अनुसन्धानबाट प्रेमले कुटपिट गरी मारेको भन्ने खुल्न आएको छ। सो घटनापछि फरार भएको उनलाई खोजतलास हिजो (शुक्रवार) कैलाली प्रहरीको टोलीले पक्राउ गरेको थियो। अहिले उनिमाथि कर्तव्यज्यान मुद्धा शिर्षकमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ।
धनगढी – भारतस्थित उत्तराखण्डको वनबासा थाना भारतकै तीन उत्कृष्ट थानामध्ये एक बनेको छ। भारतीय गृहमन्त्रीले उत्कृष्ट वनबासासहित तीन थानालाई सम्मानित पनि गरेका छन्। आज नयाँ दिल्लीमा एक कार्यक्रमकाबिच भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले वनबासाकाथानाध्यक्ष लक्ष्मणसिंह जगवाडलाई सम्मानपत्र प्रदान गरेका थिए। वनबासामा प्रहरीले लगातार उत्कृष्ट काम गरिरहेको छ। सोही कारण थानालाई सम्मानित गरिएको हो। पुरस्कृत भएकोमा विजेपीका मण्डल अध्यक्ष जीवन धामी, पूर्व जिल्ला पंचायत सदस्य रामसिंह जेठी, भाजपा नेता भवानी भंडारी कमलेस भट्ट, ललित जोशी, अमित पांडे लगायतले बधाई दिएका छन्। यस्तै सम्मान प्राप्त गरेपछि थानालाई विभिन्न संघ-संस्था तथा स्थानीय नागरिकले बधाई दिए।
काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताएका छन् । शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाएको र उनकै संयोजनमा सभामुख लगायतको तय गरिएकाले संविधानमाथि खतरा रहेको उनको दाबी छ । त्यही कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको उनको तर्क छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए । शनिबार उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन् । काँग्रेस…