Author: Nisha Shrestha

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसक्नुभएको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसका पौडेल कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक…

Read More

काठमाडौँ – राष्ट्रपति उम्मेदवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्। राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसर पुगेका पौडेलले आज पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सडकमा जाम नहुने बताएका हुन् । उनले आफू राष्ट्रपति निर्वाचित भएमा उदाहरणीय काम गर्ने पनि बताए । उनले भने, ‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्र प्रमुखबिच भिन्नता तपाईँहरूले देख्नुहुनेछ । शीतल निवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’ उनले संविधानको रक्षा गर्ने पनि बताएका थिए।

Read More

काठमाडौं –  नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गर्नुभयो । मतदाता मतदान स्थलमा पुगिसकेका छन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा ९एमाले० का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),…

Read More

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरूको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धी कुरा गर्दैमा उपलब्धि नहुने बताए । राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए । पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भिर रहेको बताउँदै अध्यक्ष थापाले…

Read More

काठमाडौँ – एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अहिलेको राजनीतिक समीकरण स्थायी नभएको बताएका छन् । बुधबार मोरङको उर्लाबारीमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि नै धेरै समीकरण बनेको उनले बताए । उनले आगामी दिनमा यस्ता गठबन्धनहरू धेरै बन्ने टिप्पणीसमेत गरेका छन् । ‘मंसिर ४ गते निर्वाचन भयो। जम्मा तीन महिना भइराखेको छ। तीन महिनामा तपाईँहरूले देखिसक्नु भयो। तीन वटा समीकरण भए। पाँच वर्षको समय बाँकी छ। धेरै गठबन्धन हेर्न बाँकी छ। पख्नुहोस्,’ उनले भने । नेकपा एससमेत गठबन्धनमा रहेकोबारे नेता खनालले पार्टीकाबारेमा के गर्ने भन्ने बारेमा सोच्ने बताए । उनले पार्टीका आन्तरिक कुरामा के गर्ने/नगर्ने भन्नेबारे निर्णय लिने बताउँदै…

Read More

काठमाडौं – नेकपाएमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । उपाध्यायको शंखमूलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो । उनको निधनमा परिवारलाई समवेदन दिन ओली बुधबार किरियापुत्री भवन पुगेका हुन् । सोही क्रममा किरियापुत्री भवनमा रहेका नेपालसँग ओलीको भेट भएको नेपालको सचिवालयले जनाएको छ ।

Read More

कञ्चनपुर- ढुङगा महँगो भएपछि शुक्लाफाँटा नगरपालिका–७ का स्थानीय बासिन्दाले घरनिर्माण गर्न पाएका छैनन्। ढुङ्गाको राजश्व निकै चर्को भएपछि घर निर्माणको कार्य स्थानीयले थाँति राखेका हुन। ढुङ्गा पाइने क्षेत्र वातावरण मध्यवर्ती सामुदायिक वनभित्र पर्छ। सामुदायिक वनले ढुङ्गाको राजश्व रकममा वृद्धि गरेपछि स्थानीय उपभोक्ता मर्कामा परेका छन्। ‘पहिला ढुङ्गा सामुदायिक वनबाट ल्याउँदा प्रति ट्र्याक्टरको ट्रलीको एक सय ५० मात्रै बुझाउनु पर्दथ्यो’ गौरीदेवी भट्टले भने, ‘अहिले रकम वृद्धि गरेर एक हजार चार सय पुगेको छ, खोलाबाट घरसम्म ढुङ्गा पुग्दाप्रति ट्रली पाँच हजार बढी तिर्नु परेको छ, पहिला दुई हजार पाँच सय मै ढुङ्गा घरसम्म्म पुग्ने गरेको थियो।’ उनले घर निर्माण गर्दा छिमेकीसँग ढुङ्गा…

Read More

काठमाडौँ – नयाँ राष्ट्रपति चयनका लागि बिहीबार हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । संघीय संसद र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान अधिकृतसहितको टोली खटिएर मतदान केन्द्र निर्माण भइसकेको छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य…

Read More

काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। आज दिउँसो १ बजेदेखि बैठक जारी छ। बैठकमा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बिहीबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। राप्रपाले राष्ट्रपति निर्वाचनमा के गर्ने निर्णय लिन बैठक गरेको हो। राष्ट्रपति निर्वाचनमा मतदान गर्नुपर्ने, मतदान गर्न नहुनेजस्ता तर्क राप्रपाभित्र छन्। नेताहरूका धारणा लिएर सर्वसम्मत रूपमा निर्णयमा पुगिने राप्रपाको भनाइ छ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतलाई उनकै गाउँ गुण्डु पुगेर भेटेका छन्। आज शाहले बस्नेतलाई भेटेर विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको पनि बताएका छन्। बस्नेतले शाहसँग आगामी दिनमा विकासका एजेन्डामा मिलेर काम गर्दै जाने समझदारी भएको जानकारी दिए। यस्तै बालेन्द्रले त्यहाँ त्यस क्षेत्रमा भएका विकासका कामको समेत अवलोकन गरेका थिए। ‘अब हामीबीच असमझदारी सकिएको छ’, बस्नेतले भने, ‘असमझदारी हटाएर सहकार्य गरेर जाने कुरा भयो। मेरो गुण्डु घरमा आएपछि सँगै खाना खाएर बिदा गरेँ।’ शाहले त्यसक्रममा सकारात्मक काममा सहयोग र सहकार्य गर्न आफू सदैव तयार रहेको…

Read More