Author: Nisha Shrestha

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले निर्णय गर्ने बताएका छन्। सोमबार बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा प्रवक्ता महराले यस्तो बताएका हुन्। ‘गृहमन्त्रीबारे कुनै कुरा नै भएन। यसबारे प्रधानमन्त्री आफैँले निर्णय गर्नुहुन्छ। यो सरकारको विषय हो’, महराले भने। नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको गृह मन्त्रालयको दाबी यथावतै राखेको छ। हाल रिक्त उक्त मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन्। आफूलाई गृहमन्त्रीको पद दिन लामिछानेले प्रधानमन्त्री दाहालसँग हिजो (आइतबार) अनुरोध गरेका थिए। स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी…

Read More

काठमाडौँ – सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचनाको वर्गीकरणको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालसँगको छलफलमा यो निर्णय कार्यान्वयन नगर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । मुख्य सचिव सङ्करदास बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै सरोकारवालसँग छलफल गरेका हुन् ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ। दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। विद्यमान कानुनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र नसकिएको जनाएको छ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन…

Read More

काठमाडौं – नयाँ बनानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । आचार्यले आत्मादाह गर्नु अगाडि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको ६ हजार ५५३ शब्दको स्ट्याटसका आधारमा प्रहरीले अनुसन्धान थालेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु भएको छ । सोहीक्रममा आज (सोमबार) प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयमा उनको बयान भइरहेको प्रहरीले जनाएको छ । प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उनीहरुले त्यो सामान…

Read More

मुम्बई – भारतीय गायक कैलाश खेरमाथि कर्नाटकमा भएको हम्पी उत्सवको लाइभ कन्सर्टमा आक्रमण भएको छ । उत्सवमा गीत गाइरहेका उनलाई स्टेजमै आक्रमण भएको हो । गत बिहीबार भएको कन्सर्टमा कैलाशमाथि दुई अज्ञात व्यक्तिले बोतल प्रहार गरेका थिए । गायकमाथि भएको आकस्मिक आक्रमणपछि प्रहरीले तुरुन्तै ती दुई व्यक्तिलाई पक्राउ गरेको थियो । कैलाशले उत्सवको समापन समारोहका समयमा केवल हिन्दी गीतमात्र गाएका थिए । उनले एउटा पनि कन्नड गीत गाएनन् । जसकारण त्यहाँ उपस्थित दर्शक निराश भएका थिए । यही मौकामा दुई स्थानीय प्रदीप र सुरह नामका व्यक्तिले गायकमाथि बोतल फ्याक्न थालेका थिए । प्रहरीले प्रदीप र सुरहलाई पक्राउ गरेर बयान लिइसकेको…

Read More

राम धामी डडेल्धुरा – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका दुर्गम र बिकट बस्तीसम्म जनचेतनामुलक अभियान सञ्चालन गरिरहेको छ । सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका दुर्गम बस्तीसम्म पुगेर सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीका साथै सरोकारवालाहरुसँग छलफल अन्तरकृया भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले् जानकारी दिए । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन, ब्यक्तिगत तथा सामुदायीक सरसफाई, घरेलु हिंसा, छुवाछुत र विभेद, आत्महत्या, अन्धविश्वास र कुरितिसँगै यौनजन्य अपराधिक कृयाकलापबिरुद्ध जनचेतनामुलक कक्षा सञ्चालन भइरहेको र समुदायस्तरमा पनि जनचेतनामुलक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भागेश्वर गाँउपालिकाको दुर्गम बस्ती मानिने रुपालस्थित अशिग्राम माध्यामिक विद्यालयमा…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, विकास र सुशासनमा प्राप्त सहयोग अझ सुदृढ बनाउने विषयमा छलफल भएको पूर्वप्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा देउवाले नेपाललाई अमेरिकाबाट निरन्तर प्राप्त सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्नुभएको थियो । अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार यहाँ आउनुभएको हो । उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज…

Read More

काठमाडौँ – नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। ओली निवास बालकोटमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ। आइतबार साँझ काठमाडौँ आइपुगेकी न्युल्यान्डले यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्।

Read More

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

Read More

पोखरा – बाथरुमभित्र आत्मदाह गरेका व्यक्तिलाई बचाउन गएकी महिलाको मृत्यु भएको छ । पोखरा-१३, काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो। आइतबार संगीताको घरमा स्टेशनरी पसल सञ्चालन गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। क्षेत्रीलाई उद्धार गर्न जाने क्रममा संगीता पनि जलेको प्रहरीको प्रारम्भिक अनुमान छ। आगोले जलेकी महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राति साढे ११ बजे मृत्यु भएको जनाएको छ। घाइते कृष्णको उपचार भइरहेको छ। घाइते कृष्णबहादुर खतरामुक्त रहेको अस्पतालले जनाएको छ। कृष्णको तुलनामा संगीताको शरीरको अधिकांश भाग (करिब ८० प्रतिशत) जलेको थियो।

Read More