Author: Nisha Shrestha

काठमाडौँ- गृहमन्त्री रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्द गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । लामिछानेले बुझाएको लिखित जवाफमा उक्त रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दावी गरेका छन् । उनले लिखित जवाफमा भनेका छन्, ‘नागरिकता ऐन, २०६३ को दफा ११ ले “कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोवास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ”…

Read More

काठमाडौं – यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको हो । पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चाम शव बुझाउन सुरु गरिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको छ भने ४१ जनाको पहिचान भइसकेको छ । यस्तै थप सहजीकरणको लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

Read More

पोखरा – गण्डकी प्रदेशसभाको उपसभामुखको दोस्रो कार्याकालका लागि नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो । थापालाई एमालेका २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र स्वतन्त्र सांसदले पक्षमा मत दिएका थिए । लमजुङबाट कांग्रेस सांसद पार्वती तामाङले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् । उनी पराजित भईन् । नवनिर्वाचित सभामुख कृष्ण धितालका अनुसार प्रदेशसभाको बैठकमा ५८ सांसद सहभागी रहेका थिए ।

Read More

काठमाडौं – राष्ट्रिय शोकका कारण २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भूगोलपार्कमा साङ्केतिकरुपमा मनाइएको छ । काठमाडौँ महानगरपालिकाले भूगोलपार्कमा बनाएको भूकम्प स्मृति स्मारकमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा आज कार्यक्रम गर्ने तयारी गरेको थियो । आइतबार बिहान काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेपछि आज सरकारले सार्वजनिक बिदा दिएका कारण स्मारकमा फूल चढाएर कार्यक्रम गरिएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले राससलाई जानकारी दिनुभयो । कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुखको उपस्थिति थियो । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । सरकारले विमान दुर्घटनामा…

Read More

काठमाडौँ – भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरूप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो । निगमले आईओसीलाई तिर्नुपर्ने बक्याैता रकम करिब ११ अर्ब रुपैयाँ छ…

Read More

काठमाडौँ – कास्कीको पोखरास्थित सेती नदिको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये २६ वटा शव आफन्त र परिवारले चिनेर सनाखत गरिदिएका छन् । कतिपय शव परिचयपत्रको आधारमा सनाखत गरिएको छ । यती एयरलाइन्स प्रा।लिको ९–एन एएनसी एटिआर–७२ विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । ४ जनाको अवस्था अझै अज्ञात छ । अहिलेसम्म सनाखत भएकाहरूको नामावली यस्तो छ : १. निशान्त आचार्य, २७ वर्ष । पोखरा–१३ काहुँडाडा २. सङ्गीता शाही, २३ वर्ष । पोखरा–१७ हाल बालाजु काठमाडौं ३. डा. सुशील श्रेष्ठ, ३८ वर्ष, पोखरा महानगरपालिका–४ ४. डा.सोना दिवाकर, ३६ वर्ष, पोखरा महानगरपालिका–४…

Read More

काठमाडौँ- सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच ५ घण्टा लामो ‘वान् अन वान्’ वार्तापछि मन्त्रालयीय भागबन्डा टुङ्ग्याउने ध्येयका साथ बैठक आह्वान गरिएको हो । बताइएअनुसार दलहरूले पाउने मन्त्रालयको सङ्ख्याबारे लगभग सहमति जुटिसकेको छ । बैठकले त्यसलाई अनुमोदन गर्ने नेताहरूले बताएको छ ।

Read More

काठमाडौ – पोखरा विमान दुर्घटनामा हराइरहेकामध्ये थप एकजनाको शव भेटिएको छ । सेती खोँचमा थप एकजनाको शव भेटिएपछि अब तीनजनाको अवस्था मात्र अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए। पछिल्लो शव सेतीको पानीबाट निकालिएको हो । घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ । यस्तै, शवको पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ आइतबार काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलनजिकै सेतीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । बिहान १०स्३२ मा काठमाडौंबाट उडेको उक्त विमानमा चालक दलका ४ जना र ६८ यात्रुससहित ७२ जना सवार थिए । ती मध्ये ६८ जनाको शव आइतबार नै…

Read More

काठमाडौं – नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ । टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर-७२ ५०० विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताउनुभयो । “कोरोना भाइरसको महामारीबाट भर्खरै तङ्ग्रिँदै गरेको नेपालको पर्यटन क्षेत्रमा हवाई दुर्घटनाले अपूरणीय क्षति पुगेको छ”, टानद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण सम्पन्न भई…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जम्मा ३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् भने अब थप दुई जना मन्त्री हुनेछन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा मन्त्रालय भागबन्डा लगभग टुङ्गिएको छ । सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटपछि प्रधानमन्त्री प्रचण्ड सरकार विस्तारको विषय आजै टुङ्गिने बताएका छन् । ८ सांसद बराबर एक मन्त्रीको सहमति जुटेको छ । रास्वपाले स्वास्थ्य तथा जनसङ्ख्या पाउने पक्का भइसकेको छ । अर्को मन्त्रालय युवा तथा खेलकुद पाउने सम्भावना छ ।…

Read More