Author: Nisha Shrestha

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । यसरी सिफारिस हुनेमा २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य छन् । उनीहरू एकसाथ ८ असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए । दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई थिए ।…

Read More

बारा– प्रेस चौतारी नेपाल बाराका जिल्ला कार्यसमिति सदस्य एवम् एसएलएफ खबरका सञ्चालक रोशन गुप्तामाथी बिहीबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ को कार्यालय अगाडि दुर्व्यवहार भएको छ । समाचार संकलनका लागि पुगेका गुप्तालाई केही व्यक्तिले दुर्व्यवहार र हातपात गरेका हुन् । सडक ढलान योजनाको भुक्तानीको विषयलाई लिएर समाचार संकलन गर्न पुगेका गुप्तामाथि घनश्याम चौधरीसहित केही व्यक्तिले दुर्व्यवहार गरेका हुन् । गुप्तामाथी हातपात गर्दै उनको मोबाइल समेत फुटाइएको छ । गुप्तामाथी हातपात हुन थालेपछि स्थानीयले छुट्याएका थिए । आफूमाथि हातपात भएपछि गुप्ताले दोषीमाथी कडाभन्दा कडा कारवाहीको माग गरेका छन् । यसैगरी प्रेस चौतारी नेपाल बाराले विज्ञप्ति जारी गरी सञ्चारकर्मी गुप्तामाथि हातपात र…

Read More

काठमाडौं – ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघले श्रमिक महिलाहरूको स्वास्थ्य हितको लागि सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता कपडा, खाद्यान्न (पौष्टिक आहारा) तथा खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ। सुत्केरी आमा तथा बच्चाले यस्तो अवस्थामा उचित स्याहारसुसार तथा पौष्टिक आहारा पाएमा उनीहरूको स्वास्थ्य अवस्था दीर्घकालसम्म गुणात्मक र असल हुन्छ भन्ने मान्यताले उक्त कार्यक्रम गरिएको बताइएको छ। कार्यक्रमका अवसरमा नेपाल प्रहरी श्रीमती संघले अवसरमा थापाथली, काठमाडौंस्थित प्रसुती तथा स्त्रीरोग अस्पतालको प्रसुती वार्डमा रहेका ११० जना र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुती वार्डमा रहेका ५ जना गरी जम्मा ११५ जना सुत्केरी आमा तथा नवजात शिशुहरुलाई लत्ता…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सकिएको छ । प्रचण्डविरुद्ध दायर रिट निवेदनको आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायत कानुन व्यवसायीले बहस गरेका थिए । अब उक्त मुद्दाबारे सर्वाेच्च अदालतको आदेश आउन बाँकी छ। आदेश दिने तयारी भइरहेको छ । सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट दर्ता गर्न पनि न्यायाधीश खतिवडालगायतकै संयुक्त इजलासले आदेश दिएको थियो । प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरन र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन् । निवेदनमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान…

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले शुक्रबार उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी जसपाले उपराष्ट्रपति पाउने सहमति भएको चर्चा भए पनि गठबन्धन भित्रैको उन्मुक्तिले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। तर उन्मुक्तिले कच्चा निर्णय गरेको छ। उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि आवश्यक योग्यतामध्ये एक उमेर ४५ वर्ष पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर निर्वाचन आयोगका अनुसार उनको उमेर बल्ल ४० वर्ष पुगेको छ। आयोगमा उपलब्ध विवरण अनुसार श्रेष्ठ वि.सं.२०३९ सालमा जन्मिएकी हुन्। शुक्रबार विहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी…

Read More

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत ३ गते हुन लागेको उपराष्ट्रपति पदमा उम्मेदवारी दिने भएकी छन् । सिंहदरबारमा शुक्रबार बसेको उन्मुक्ति संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । उन्मुक्तिका सांसद गंगाराम चौधरीले अध्यक्षलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई दिएका छन् । पार्टी अध्यक्षलाई उपराष्ट्रपतिमा अघि सार्ने निर्णय भएको बताउँदै अब यसलाई लिएर राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनमा छलफल गरिने पनि चौधरीले बताएका छन् । बिहीबार राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । यस्तोमा उपरारष्ट्रपति पदमा फरक समुदाय वा लिङ्गको व्यक्ति चाहिने आवाज…

Read More

धनगढी: बाजुरामा एक सुत्केरीको मृत्यु भएको छ। बिहीवार राति जिल्लाको बुढीगंगा नगरपालिका-२ बजेडीकी १७ वर्षीया सुत्केरी लक्ष्मी लुहारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनले मृत्युु हुनुअघि २ शिशुलाई जन्म दिएकी थिइन्। पारिवारिक स्रोतका अनुसार बिहीवार उनले घरमा एक शिशु (छोरा) लाई जन्म दिएकी थिइन्। त्यसपछि लक्ष्मीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो। तर, त्यहाँ पनि उनले अर्को शिशु (छोरी) लाई जन्म दिएकी थिइन्। लक्ष्मीले घरमा एक शिशुलाई घरमा र अर्कोलाई बह्रमतोला स्वास्थ्य चौकीमा जन्म दिएकी हुन्। अर्को शिशुको जन्मपछि उनलाई उच्च रक्तश्राव भएपछि स्वास्थ्य चौकीले अछामको बयलपाटा अस्पताल रेफर गरेको थियो। त्यसपछि परिवारले…

Read More

काठमाडौँ – सानिमा मिडिल तमोर हाइड्रोपावरले शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज फागुन २६ गते शुक्रबारदेखि जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% (८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता) सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्तां) सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकिएको छ । बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले अब सर्वसाधारणका लागि बिक्री गर्दैछ। यसमा फागुन ३० गतेसम्म…

Read More

काठमाडौँ – बेलायती विदेश राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् । विदेश राज्यमन्त्री ट्रेभेलियनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौँस्थित बेलायती राजदूतावासले जनाएको छ । नेपाल–बेलायत मैत्री सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण भएको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गरेकी थिइन् ।

Read More

हरेक वर्ष फागु पूर्णिमादेखि लाग्ने पूर्णागिरि मेला सुरु भएको छ। मेला सुरुवातसँगै सीमान्त बजार ब्रम्हदेवमा चहलपहल बढेको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बिहीबार औपचारिक रूपमा सो मेलाको शुभारम्भ गरे। उनले मेला शुभारम्भसँगै महाकाली नदीमा -याप्टिङसमेत गरेका थिए। पूर्णिमाअघिदेखि नै महेन्द्रनगर र ब्रम्हदेवमा दर्शनार्थीको चहलपहल बढ्न थालेको थियो। औपचारिक रूपमा मेलाको उद्घाटन भइसकेपछि अब भीडभाड बढ्ने व्यवसायीहरू बताउँछन। भारत उत्तराखण्डको चम्पावतअन्तर्गत टनकपुर उत्तरतिर चुरेको डाँडामा पूर्णागिरि माताको मन्दिर छ। ठीक वारि नेपालतर्फ खल्ला, ब्रम्हदेव र महेन्द्रनगरमा सिद्धबाबाको मन्दिर छ। पूर्णागिरिको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ। किंवदन्तीअनुसार सिद्धबाबा पूर्णागिरिका भक्त थिए। उनको भक्तिबाट प्रशन्न भई पूर्णागिरिले आफ्नो र…

Read More