Author: Nisha Shrestha

काठमाडौँ: मोलुङ हाइड्रोपावरले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज फागुन ४ गतेदेखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानबिन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन् । ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारबाही गर्नुस्…

Read More

काठमाडौँ- आज बुधबार नेप्से परिसूचक १३.९० अंकले घटेको छ। आज नेप्से ०.६६ प्रतिशतले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् मंगलबार १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँमा सीमित भएको छ । बुधबार २५६ वटा धितोपत्रको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच भएको हो। त्यसै गरी युनिलिभर नेपालको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ। आज उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ हजार…

Read More

काठमाडौँ- मोबाइल व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्रीसँगको भेटवार्तामा व्यवसायीहरुले नयाँ बसपार्क क्षेत्रमा फागुन १ गते भएको आन्दोलनका क्रममा भएको क्षेतिको क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरुबाट चोरी भएका र मलको संरचना तोडफोडका कारण भएको अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएका थिए ।

Read More

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभएको छ । ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताउनुभयो । “प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरिती, विकृति र विभेदहरुलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रले भूमिका खेल्दै आएका छन्”, उहाँले भन्नुभयो । भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रले गरिरहेको जनाउँदै उहाँले देशभक्ति भावले ओतप्रोत बनाउन तथा राष्ट्रिय एकताको प्रवद्र्धन, भौगोलिक अखण्डताको रक्षामा चलचित्रले…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् । उनीहरूबीच मन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा कमला नदी स्टेट अफ दी बेसिन प्लानको विविध विषयमा छलफल भएको थियो । कमला नदी स्टेट अफ दी बेसिन प्लान जलस्रोत व्यवस्थापनमा नमुना योग्य कार्य हुने बताउँदै राजदूत जाने भोल्कले जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविस्मरणीय रहेको बताइन् । नेपाल र अष्ट्रेलियाबीच ६ दशक लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै…

Read More

काठमाडौँ – प्रतिनिधिसभा बैठकको शून्य समयमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई प्रश्नै प्रश्न गरेका छन्। उनले आफू भर्खरै आत्मदाह गरेका प्रेम आचार्यको घरमा पुगेर आएको बताए। उनले आम रूपमा आत्महत्या केवल एउटा मृत्यु भए पनि भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब भएको उनले बताए। उनले भने, ‘म भर्खर इलाम पुगेर आएको छु, प्रेम आचार्यको घरमा ! माघ १० गते बानेश्वरको सडकमा उहाँले आत्मदाह गरेको दृश्य यो संसद्को स्मृतिमा पक्कै ताजै छ १ नेपाल प्रहरीको तथ्याङ्क भन्छ- आत्महत्याको दर यो दशकमा ७८ प्रतिशतले वृद्धि भएको छ। सुन्नेका लागि एउटा आत्महत्या केवल एउटा मृत्यु !भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब छ !’…

Read More

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रूपले भूमिका खेले पनि यस पटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए। यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको उनले बताए। ‘राष्ट्र सानो ठुलो हुनसक्छ। निश्चय पनि नेपालको तुलनामा भारतको भूगोल, जनसङ्ख्या, आर्थिक दृष्टिकोणले ठुलो छ’, उनले भने, ‘तर सार्वभौम सत्ता, भौगोलिक अखण्डताको हिसाबले राष्ट्र सानो, ठुलो हुँदैन। सार्वभौम सत्ता हरेक राष्ट्रको बराबर हुन्छ।’ सांसद केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति…

Read More

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति विरोध जनाएका छन् । उनले आज बुधबारको संसद् बैठकमा बोल्दै ‘जनयुद्ध दिवस’को उपलब्धिमाथि प्रश्न चिन्ह खडा गरेका हुन् । उनले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो ररु भनि प्रश्न समेत गरे। उनले भने,’संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन। तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो। जनयुद्ध दिवसको उपलब्धि के होरु कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र ?’ साथै, उनले सडक जाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत जिम्मेवारीमा रहनुभएको प्रधानमन्त्रीले…

Read More

काठमाडौँ – बालिका बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेलाइएकोमा संसद्‌मा विरोध भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बुधबार प्रतिनिधि सभा बैठकमा भनिन्, ‘बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधित्व गराउन हाम्रो नैतिकताले कसरी दियो ?’ अभियुक्तलाई देशको प्रतिनिधित्व गराउँदा पीडितलाई मानसिक आघात पर्न सक्ने उनको भनाइ छ। ‘यस्तो प्रकरणले गर्दा पीडितलाई झनै ठुलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ,’ सांसद श्रेष्ठले भनिन्,‘आरोप लागेका मान्छेले राष्ट्रको प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ?’ धरौटीमा रिहा भएका अभियुक्त लामिछानेलाई नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टिमबाट खेलाएको छ।

Read More