Author: Nisha Shrestha

पोखरा- आइतबार भएको विमान दुर्घटनाका चालक कमल केसीको शालिक निर्माण गरिने भएको छ । यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर-७२-५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए। गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए। गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मङ्गलबार बसेको गाउँ कार्यपालिका बैठकले…

Read More

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदैँ छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनार्थ आज बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान भएको छ । जसपाबाट पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका यादवलाई ६३ जना सांसदको समर्थन छ । यद्यपि अहिले लोसपाले समर्थन गरेको छ ।

Read More

काठमाडौँ – सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले बताए । झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी…

Read More

काठमाडौँ –  नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको छ।आज बिहान बसेको बैठकमा प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे कुराकानी भइरहेको हो। सभापति देउवाले पार्टीबाट सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा नेताहरूका सुझाव मागेका छन्। कांग्रेसमा सभापति देउवासहित १३ जना पदाधिकारी छन्। साथै आजको बैठकमा सभापति देउवाले पूर्वपदाधिकारीहरूलाई पनि बोलाएका छन्। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। मंगलबार बालुवाटारमा भएको सर्वदलीय छलफलमा पनि कांग्रेस नेताहरूले आफूहरू प्रमुख प्रतिपक्षमै बस्ने भए पनि सभामुख तथा राष्ट्रपतिलगायत पदमा छलफल गर्न तयार रहेको बताएका थिए। तर सभामुख र राष्ट्रपति दुवै पद…

Read More

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उहाँले पुनको स्वास्थ्यलाभको कामना गर्नुभएको हो । वंशाणुगत जण्डीसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उहाँको सचिवालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना हुनुभएको थियो । आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसअघि मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

Read More

काठमाडौँ – पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । उनका अनुसार मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ । यसअघि मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्‍याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौँमा परीक्षण हुनेछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए

Read More

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम राष्ट्रपति भण्डारीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारीसमा मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन गरेकी हुन् । उनीहरूलाई आजै राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराइएको छ । मन्त्रीहरूको कार्यविभाजन हेर्नुस् : –

Read More

काठमाडौं – उपप्रधान एवं ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गरेका हुन् । उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन् । ‘आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाईका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरु के– के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ’, उनले भने, ‘योजनावद्ध ढङ्गले काम गर्न सकियो भने ठोस…

Read More

काठमाडौँ – मंगलबार सेयर बजारको परिसूचक नेप्से ३२.७२ अंकले बढेको छ । आज नेप्से ३२.७२ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ११ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३० वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने तीन कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।…

Read More