Author: Nisha Shrestha

वासिङटन डिसी – बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् । ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानिको मुद्दालाई ‘व्यर्थ’ भनेको छ। डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा फैलाएका र उनको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाएका थिए। ट्रम्पले यसका लागि सात मिलियन डलर क्षतिपूर्ति मागेका थिए। तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो । एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना…

Read More

काठमाडौँ -सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको हो । यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

Read More

काठमाडौं – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम घोषित हुनुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो हुनुभयो । उहाँहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गर्नुभयो । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रतियोगितामा पुरस्कारका…

Read More

महेन्द्रनगर – कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा इन्जिनमा च्यापिएर सहचालकको मृत्यु भएको छ। शुक्रबार बिहान गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा इन्जिनमा च्यापिएका कञ्चनपुर पुनर्वासका ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अत्तरियाकाअनुसार चौधरीको ट्रयाक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको छ। चौधरीको शव निकाल्ने काम भइरहेको छ। दुर्घटनामा ट्रयाक्टर चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा गम्भीर चोट लागेको छ। गोदावरीबाट ढुङ्गा ल्याउन जादै गरेको अवस्थामा अनियन्त्रित भएर ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको…

Read More

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन्। कलेजोमा समस्याका कारण सुमेरू अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको उनको सचिवालयले जनाएको छ। उनको उपचारमा संलग्न चिकित्सक युवराज शर्माले स्थिति जटिल बनेपछि कलेजो प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका थिए।स्वास्थ्यमा सुधार भएपछि प्रत्यारोपण गर्नुपर्ने जरूरी नदेखिएको बताइएको छ ।

Read More

काठमाडौँ: उपप्रधान तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन्। शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताए। उनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने प्रवृतिको अन्त्य गर्ने र एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए। उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई…

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि ईयू प्रतिनिधिमण्डलका राजदूत एच.ई.नोना डेप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ। शुक्रबार भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।

Read More

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन्। शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९ औँ वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताएका हुन्। उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए। बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्बिरमा बदल्न प्रयास गर्ने उनको भनाइ छ। मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक…

Read More

काठमाडौँ- मधेश प्रदेशमाथि ११४ रनको प्रभावशाली जित निकाल्दै सुदूरपश्चिम टिम प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । इटहरीको जनता मावि मैदानमा शुक्रबार विहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा २ विकेट गुमाए १८० रनको विशाल योगफल खडा गरेको थियो । सुदूरपश्चिमका ओपनरद्वय कप्तान विन्दू रावल र कविता कुँवरले १२८ रनको साझेदारी गरेका थिए । यो प्रतियोगिताकै सर्वाधिक ओपनिङ साझेदारी हो । ५४ बलमा १२ चौका र १ छक्कासहित ७० रन बनाएर कविता आउट भएपछि आएकी कविता जोशीसँग मिलेर कप्तान विन्दूले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरिन् । अविजित रहेकी विन्दूले ५२ बलमा…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, “म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु ।” प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति…

Read More