Author: Nisha Shrestha

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख चयनको लागि मतदान प्रक्रिया सुरु भएको छ। सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट काँग्रेसकी ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्। घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। यता न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।

Read More

काठमाडौं — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन् । सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं ।’ नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उनले असन्तुष्टि जनाए । तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने बताएका हुन् ।

Read More

काठमाडौँ- प्रतिनिधि सभा सदस्य अमशेरकुमार सिंहले संसद् सरकारको कठपुतली बन्ने गरेको बताएका छन् । प्रतिनिधि सभाको सभामुख चयन प्रयोजनसहित जारी बैठकमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन् । ‘बडो दु:खका साथ भन्छु— संसद् सरकारको कठपतुली बन्न पुगेको छ,’ उनले भने । उनले त्यसपछि भनेका छन्— हाम्रो संसद्मा त कुनै मन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन आवश्यक नै ठान्दैन । किनकी उसले सांसदलाई मान्छे नै गन्दैन । सरकार सत्तापक्षको र संसद् प्रतिपक्षको हुनुपर्ने दृष्टान्त सुनाउँदै उनले संसद्मा लोकतान्त्रिक प्रवृत्ति देखाउनुपर्ने बताए ।

Read More

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले थोत्रा प्लेन ल्याउन अनुमति दिने, सञ्चालन गर्ने सञ्चालक र उडान अनुमति दिने इन्स्पेक्टरलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै राउतले गृहमन्त्रीले प्लेन दुर्घटनाको तत्काल छानबिन गरी कारबाही अघि बढाउन आग्रह गरे । उनले भने, ‘मोटरसाइकल वा साइकलले ठोकेर कसैको मृत्यु भयो भने प्रहरीले सवारी धनीलाई खोजेर ल्याउँछ । पक्राउ गरेर हिरासतमा राखेपछि बल्ल छानबिनको प्रक्रिया जान्छ । एउटा मोटरसाइकलले ठक्कर दिएर मान्छे मार्दा आम जनताले पाउने न्याय त्यहीँ हो । यहाँ पुरानाभन्दा पुराना थोत्रा प्लेन ल्याएर सञ्चालन गर्ने सञ्चालक र त्यसलाई सञ्चालन गर्न अनुमति दिने अधिकारी,…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने सांसद चाहिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई समर्थन गर्दै उनले सभामुखले प्रतिपक्षको कुरा पनि सुन्नुपर्ने बताएका हुन् । ‘सभामुखहरूमा आफूलाई चयन गरेको, सरकारको पक्ष छ भने मौन भएर बस्ने प्रतिपक्षले जस्तो राम्रो प्रस्ताव ल्याए पनि अवज्ञा गर्ने प्रवृत्ति देखिएको छ’ उनले भने, ‘अब बन्ने सभामुखबाट हामीले त्यस्तो अपेक्षा गर्दैनौँ, र सभामुखले सबैको कुरा सुन्नुहुनेछ ।’ उनले संसदमा नागरिकको पिर मर्काका विषय उठाउनुपर्ने, हाल प्रचलनमा रहेका कतिपय कानुन संशोधन गर्नुपर्ने बताए । सांसद शाहीले भने, ‘अब आउने संसदमा हामीले…

Read More

काठमाडौं – काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार २९–३० वर्षका विशाल लामिछानेले सिभिल मलको भुइँतलामा बिहीबार बिहान पौने १२ बजे आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकीसेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्रउसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्रबादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।। चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ । आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उहाँले बताउनुभयो । बुधबार…

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा शङ्कास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो । उक्त टोलीले होटेल सोनाबाट शङ्कास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले…

Read More

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ १५ गतेदेखि आयोजनाबाट पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ७६ करोडको १० प्रतिशत अर्थात् सात करोड ६० लाख बराबरको प्रतिशेयर रु एक सय दरका सात लाख ६० हजार कित्ता शेयर आयोजनाबाट पीडित दोलखाका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो । अति पीडित क्षेत्र दोलखाको गौरीशङ्कर गाउँपालिका–५ र ६ का बासिन्दामा तीन लाख चार हजार कित्ता र पीडित क्षेत्र गौरीशङ्कर गाउँपालिका–१, २, ३, ४, ७,…

Read More

काठमाडौँ – गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघले हालसम्म गरिआएको काम,नेपाल सरकारको तर्फबाट सम्बोधन भई आएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र बुझाएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित भेटघाट कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रबिना थापाले संविधानले नै परिकल्पना गरेको गैरआवासीय नेपाली नागरिकतालाई तत्काल कार्यान्वयनमा ल्याउन संघको तर्फबाट गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराउनुभयो । बैदेशिक रोजगारीका नाममा टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करी अन्त्य गर्न ठोस् कदम चाल्न नेपाल सरकारले यथाशिघ्र पहल नगरेर भयावह स्थिति…

Read More