Author: Nisha Shrestha

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद(डिपी) अर्याललाई वैदेशिक रोजगारीको बहानामा पछिल्लो समय यूरोपेली देशहरुमा बढ्दै गएको मानव तस्करी अन्त्य गर्न तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । संघका प्रतिनिधिहरुले मन्त्री अर्याललाई टर्की, पूर्वी यूरोपका बुलगेरिया, क्रोएसिया, हंगेरी, रोमानिया,स्लोभाकिया लगायतका मुलुकमा बढ्दो मानव तस्करीबारे जानकारी गराउँदै त्यसलाई रोक्न तत्काल पहल नगरे भयावह समस्या निम्तनेतर्फ ध्यानाकर्षण गराएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रबिना थापासहित संघका दुई अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्यले विभिन्न प्रलोभन देखाएका नेपालका श्रमिकलाई बिना कुनै सीप र अभिमुखीकरण यूरोप पुर्याउने आश्वासनमा मानव…

Read More

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताएका छन् । बिहीबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे । सदनका सदस्यलाई घिमिरेलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले भने, ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक-फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ।’ त्यस्तै मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको उल्लेख गर्दै उनले भने,…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने बताएका थिए। त्यसको जवाफ दिँदै शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताए । उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय…

Read More

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभामा प्रमुख विपक्षी दल तोक्न माग गरेको छ।आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको बताए। प्रतिनिधि सभामा नेमकिपाबाट १ जना सांसद छन्। उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएका थिएनन्। ‘सरकारलाई विश्वासको मत नदिएको सबैभन्दा ठूलो दल नेमकिपा हो। नेमकिपा नै विपक्षी दल हो। सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन सक्दैन,’ उनले भने। सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले आफूहरू विपक्षी दल भएको…

Read More

काठमाडौँ – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान प्रतिनिधिसभामा दलहरूलाई मिलेर अघि बढ्न जनताको ‘म्यान्डेट’ रहेको बताएका छन् । संविधानसभामा मिलेर संविधान जारी गरेका र मिलेर नै लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सफल पारेको भन्दै जनमतले दलहरूलाई अहिले पनि मिलेर अघि बढ्ने गरी सन्देश आएको बताए । उनले सबै मिलेर ल्याएको संविधान मिलेर नै अघि बढाउनुपर्ने भन्दै सबै दल एक ठाउँमा उभिनुपर्ने आवश्यकता अहिले पनि रहेको बताए । नेम्वाङले भने, ‘म नकारात्मक कुरा गर्दिनँ । कमीकमजोरीका बाबजुद हामी लक्ष्यमा पुग्छौँ । हिजोको अनुभवलाई आधार बनाएर आज पनि राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै अघि बढ्न सक्षम हुनेछौँ भन्नेमा म विश्वस्त छु ।’…

Read More

महेन्द्रनगर – बैतडीमा माध्यमिक विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ मा यहि माघ ८ गतेबाट मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । दशरथचन्द नगरपालिका ६ थालिगडा स्थित कालिका माविको आयोजना तथा गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा जिल्लामा मावि स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिए । ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद, गाउँका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यार्थीको राष्ट्रिय खेल प्रति रुची बढाउन प्रतियोगिताको आयोजना गरिएको उनले बताए। यस्तै भलिवल प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१…

Read More

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय एक इन्च पनि विधि र पद्धतिबाट बाहिर नजाने जिकिर गरेका छन् । सभामुख पदको निर्वाचन प्रयोजनका लागि बिहीबार (आज) जारी रहेको संसद् बैठकमा नेपाली कांग्रेसले ‘हत्या अभियोग लागेका सांसद सदनमा उपस्थित भएको भन्दै‘ उठाएको सन्दर्भको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘गृह मन्त्रालय एक इन्च पनि विधि र पद्धतिबाहिर जाँदैन । माननीयहरूले सांसद पक्रनूपर्छ भनेर भन्नुभयो । मैले यसअघि पनि भनिसकेको छु कि— कहीँ, कतै, केही काम गर्ने कुरामा दबाब र प्रभाव जमाउन कसैले नखोज्नूहोला ।’ यसअघि कांग्रेस सांसद रामहरि खतिवडाले ‘मैले सुनें यो सदनमा हत्या अभियोग लागेका सांसद पनि उपस्थित भएका छन् रे…

Read More

काठमाडाैँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका सांसद पनि प्रतिनिधि सभामा उपस्थित रहेको सुनिन आएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोलेका सांसद खतिवडाले भने, ‘आज सभामुख निर्वाचन हुँदैछ। निर्वाचन हुने बेला हत्याको अभियोग लागेका सांसद पनि यही संसदभित्र छन् भन्ने सुनिन आएको छ। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न? हामी चिन्दैनौं।’ उनले हत्या अभियोग लागेका सांसद संसदमा भए मतदान प्रक्रियामा भाग लिन पाउने वा नपाउने निर्णय गरेर मात्रै सभा सञ्चालन गर्न माग गरेका थिए।

Read More

काठमाडाैँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै किरातीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका हुन्। ‘पोखरामा भएको जहाज दुर्घटनाप्रति सरकार दु:खी छ। हवाई क्षेत्रमा पूर्वाधार सुधार गर्दै यस सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर छ,’ उनले भने। उनले भनेका छन्, “यो घरेलु उडानतर्फ ठूलो दुर्घट्ना हो । मृतक प्रति श्रद्धाञ्जली तथा आफन्तप्रति समवेदना प्रकट गर्न चाहन्छु । मृतकको पोखरा मेडिकल कलेज र काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ । ५ सदस्यीय छानवीन आयोग गठनमा जाँच आयोगको संयोजकमा पूर्वसचिव…

Read More

काठमाडौँ – नेपाली बजारमा बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन बुधबार पनि सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा…

Read More