Author: Nisha Shrestha

काठमाडौँ । मङ्गलवार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैँलाई आगो लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किए लगत्तै उनले मूल सडकमा आफैँलाई आगो लगाएका थिए । प्रहरीले तत्काल उद्धार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्‍यायो । उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ हुन् । चिकित्सकहरूका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान निधन भयो । उनले आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेका छन् । नोटमा रङ्गिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौँ ठक्कर खानु परेको…

Read More

काठमाडौं – देशका खासगरी पूर्वी भेगबाहेक अधिकांश क्षेत्रमा बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात गराएको हो । महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । तराईका केही भेग र गण्डकी प्रदेशमा बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकाशमा हल्का बदली रहेको छ । साँझबाट मौसम क्रमिक रुपमा सुधार हुनेछ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि आज फैसला हुने जनाइएको छ ।

Read More

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफैँलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईँमा आशा जगाउन सकेनौँ । हामीलाई माफ गर्नु होला । मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। यस्तो छ उनले…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो मंगलबारको तुलनामा मूल्य १०० रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज हिजो मंगलबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज…

Read More

काठमाडौँ – गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एक जना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमान सिंह राउत हटेका छन् । वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत छन् ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहनेरु भन्दै प्रश्न पनि गरेका छन् । डा. शेखर कोइराला फेसबुकमालेखेका छन् -‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घट्नाले राज्य लज्जित भएको छ। हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको…

Read More

भोजपुर – बहुउपयोगी जडीबुटी चिराइतोले उचित मूल्य पाएपछि यहाँका किसान उत्साहित बनेका छन् । केही वर्षदेखि निरन्तर ओरालो लागिरहेको चिराइतोको मूल्य बढेपछि किसानमा उत्साह थपिएको हो । दुई–चार वर्षअघिसम्म प्रतिमन रु आठदेखि १० हजार मूल्यमा बिक्री गर्न बाध्य भएका किसान यस वर्ष प्रतिमन रु तीस हजारमा घरबाटै बिक्री भएपछि उत्साहित भएका छन् । यहाँका अधिकांश स्थानीयले चिराइतोको व्यावसायिकरूपमा खेती गर्दै आएका छन् । गत वर्षदेखि मूल्यमा वृद्धि भएपछि खेतीप्रति आकर्षण बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका गुणराज राउतले बताउनुभयो । विगतमा निराशा थपिएको भए पनि मूल्य बढ्न थालेपछि चिराइतो कृषक उत्साहित भएको राउतको भनाइ छ । “चिराइतोको मूल्यमा वृद्धि भएपछि उत्साह…

Read More

बैतडी – बैतडीमा वडा सदस्यको मृत्यु भएको छ। बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा सदस्य बीरसिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो। चार महिनादेखि बिरामी रहेका साउदको मंगलबार निधन भएको स्थानीय प्रकाश साउदले जानकारी दिएबा छन्। मंगलबार साझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा उनको निधन भएको साउदले बताए। उनी बैशाखमा भएको स्थनीयतहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Read More