Author: Nisha Shrestha

काठमाडौँ – २८५९ औं सोनाम ल्होसार ह्योअी तावार ल्हो (बिरालो वर्ष) का अवसरमा टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने भएको हो । ल्होछार मूल समारोह समितिले बिहीबार बौद्ध चुच्चेपाटीस्थित घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । समितिका अनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत अन्य विभिन्न संघ–संस्थाको सहभागितामा शुक्रबार, शनिबार र आइतबार ल्होसार मनाउन लागिएको हो । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्पो तथा लामा गुरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत…

Read More

काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले शुक्रबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालयमा शपथग्रहण लिने भएका हुन्। शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछिसिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन भएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित रहेकोमा उनको पक्षमा १६७ मत खस्यो। विपक्षमा १०० मत खस्यो। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो । घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले​ मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा प्रतिष्ठानस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका​ हुन् । यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने उनको विश्वास छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छु। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’ प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए।

Read More

काठमाडौं – काठमाडौंको आकाशमा लागेको तुवाँलो र हुस्सुका कारण आन्तरिक तथा बाह्य उडानमा समस्या देखिएको छ । पछिल्लो समय अवतरणका लागि भिजिबिलिटी नपुगेका कारण मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको जनाइएको छ । त्यस्तै नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको पनि जनाइएको छ ।

Read More

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ । प्रदेशसभामा कायम रहेका ४० सदस्यमध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुन्छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ः०० बजे सर्वदलीय बैठक बस्दैछ । बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक…

Read More

काठमाडौँ – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका छन् । प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएपछि संसद्‌ भवनबाट बाहिरिने क्रममा घिमिरेले सभामुखको रुपमा आफूले निष्पक्ष र तटस्थ भूमिका निभाउने बताएका हुन् । ‘सभामुख चयनको क्रममा प्रजातन्त्रको सुन्दर अभ्यास भएको छ, त्यो अभ्यासबाट म निर्वाचित भएको छु, सभामुखको भूमिकामा राम्रो भूमिका निभाउनेछु,’ उनले भने, ‘त्यहीअनुसार योजनाहरू बनाएर काम गर्नेछु । निष्पक्ष र तटस्थ भूमिकामा मेरो बोली र व्यवहार देख्नुहुनेछ ।’ उनले विगतमा सभामुखहरूले गरेका कमजोरीहरूबाट शिक्षा लिएर अघि बढ्ने बताए । ‘यो दलीय व्यवस्था हो । दलहरूसँग छलफल गरेर, समन्वय गरेर नै अघि जाने…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ । सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् । जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ । बिहीबारको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन् । नेमकिपाका प्रेम सुवालले घिमिरेकाे पक्ष र विपक्षमा…

Read More

काठमाडौं – झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य बनेका देवराज घिमिरेले पहिलो पटकमै संसदको उच्च तहमा पुगेका छन् । पहिलोपटक प्रतिनिधिसभा सांसद बनेका घिमिरे पहिलो पटक नै सभामुखमा निर्वाचित भएका हुन् । उनी बिहीबार भएको सभामुखको निर्वाचनमा नेपाली कांग्रेसकी इश्वरी न्याैपानेलाइ पराजित गर्दै सभामुखमा निर्वाचित भएका हुन् । २६८ सांसदको उपस्थिति रहेको संसदमा घिमिरेको पक्षमा १६७ मत परेको थियो भने इश्वरी न्याैपानेको पक्षमा एक सय मत परेको थियो । त्यस्तै तटस्थ मत १ मत परेको पनि सभाका अहिलेसम्म अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जनाए । नवनिर्वाचित सभामुख घिमिरे मंसिर ४ गते सम्पन्न निर्वाचनमा झापाको क्षेत्र नं. २ बाट…

Read More

काठमाडौं – देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका छन् । नेकपा (एमाले) का सांसद घिमिरे नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख पदमा निर्वाचित भएका हुन् । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले ‘देवराज घिमिरेलाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भनी राखेको प्रस्तावको पक्षमा १६७ मत खस्यो भने विपक्षमा १०० जना सांसद उभिए । यस्तै कसैलाई पनि समर्थन नगरीकन तटस्थ बस्ने सांसदको सङ्ख्या १ छ । सभामुख पदमा निर्वाचित हुनका लागि सामान्य बहुमत अर्थात् २७५ सदस्यीय प्रतिनिधि सभाका १३८ सांसदको समर्थन चाहिन्छ । सभामुख चयनको प्रयोजनसहित बसेको आजको बैठकमा २६८ जना सांसदहरू उपस्थित भएका थिए…

Read More