Author: Nisha Shrestha

काठमाडौँ – राप्रपा नेपालको केन्द्रीय कार्यालय सरेको छ। पार्टी कार्यालय काठमाडौँ महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको हो। बुधबार पार्टी अध्यक्ष कमल थापाद्वारा झण्डोत्तोलनसहित पार्टीका पदाधिकारी सदस्यहरू तथा जन वर्गीय सङ्गठनका नेताहरूको उपस्थितिमा पूजाआजा गरी गृह प्रवेश गरेका छन्। पार्टीलाई व्यवस्थित र चुस्त रूपमा सञ्चालन गर्ने क्रममा नयाँ ठाउँमा पार्टी कार्यालय सारिएको महामन्त्री तथा सचिवालय प्रमुख भास्कर भद्राले बताए । विशालनगरमा रहेको पार्टी कार्यालय भवन सानो भएको र पार्किङको समस्या भएकोले नयाँ ठाउँमा सारिएको हो।

Read More

काठमाडौं – प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका सागर ढकालले संसद प्रतिपक्षविहीन भएकाले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा संसद भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आफ्ना धारणा राखेका छन्। अहिलेको मन्त्रिपरिषदमा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताएका छन्। रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको बताएका छन्। ‘मैले बानेश्वरको संसद भवनभित्र आफ्ना कुरा राख्ने गरी मत पाइनँ। तर अहिले संसद प्रतिपक्षविहीन भयो,’ ढकालले सेतोपाटीसँग भने,‘त्यही भएर…

Read More

काठमाडौं – टिकटकमा भिडिओ हालेको भरमा कुनै पनि आम्दानी गर्न सकिँदैन । उदाहरणका लागि युट्युबमा भिडिओ राख्दा त्यसमा विज्ञापन (एडसेन्स) लगाए बापत आम्दानी गर्न सकिन्छ । त्यस्तै फेसबुकले पनि क्रियटरलाई लक्षित गर्दै विज्ञापनबाट आम्दानी गर्न सकिने सुविधा ल्याएको छ । तर, टिकटक भने यी प्लेटफर्मभन्दा भिन्न छ । तैपनि टिकटकबाट पैसा कमाउने र कमाउन चाहनेहरू दिनप्रतिदिन बढिरहेका छन् । क्रियटरका लागि टिकटकमा लाइभ बसेर रकम सहयोग (डिजिटल गिफ्ट) माग्ने सुविधा छ । डिजिटल गिफ्ट पाउन प्रयोगकर्ताहरू घण्टौं लाइभमा बस्छन्, जसलाई पछि क्याशमा परिणत गर्न सकिन्छ । टिकटकले आफूले डिजिटल गिफ्टबाट ७० प्रतिशतभन्दा कम कमिसन शुल्क लिने बताएपनि ठ्याक्कै कति कमिसन…

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन्। बुधबार संसद् सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधिसभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने बताए। उनले आफू निर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउनेसमेत बताए। उनले सभामुख कुनै एक दलबाट मात्र नभई सिङ्गो प्रतिनिधिसभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताए। सत्तारूढ दलहरूको साझा उम्मेदवार रहका उनलाई एमाले उपाध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गरेका छन् भने…

Read More

महेन्द्रनगर – धनगढीस्थित लोटस क्याफेले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ। बुधवार क्याफेले आफ्नो चौथो वार्षिकोत्सबको अवसरमा फाउन्डेसनलाई खाद्यान्न र नगद सहयोग गरेको हो। स्थापनाको चार वर्ष पूरा गरेको अवसरमा सहयोग गरिएको क्याफेका संचालक टंक कठायतले जानकारी दिए। यस्तै अर्का संचालक खेमनाथ योगीले पनि फाउन्डेसनलाई ११ हजार बराबरको सहयोग प्रदान गरिएको बताए। उनका अनुसार वार्षिकोत्सवका अवसरमा २० प्रतिशत छुट र म्युजिकल कार्यक्रम पनि राखिएको छ। दृष्टि फाउन्डेसनले असहायलाई सेवा प्रदान गर्दै आएको छ।

Read More

काठमाडौँ – पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ। नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको हो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना…

Read More

प्रचण्डद्वारा नेतृत्व गरिएको मन्त्रीपरिषदमा ३३ वर्षीया एमवीवीएस डक्टर तोशिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त भएपछि धेरैले यसलाई आशालाग्दो, युवाहरुको लागि प्रेरणादायी र प्रतिभाको सम्मान भएको अर्थमा प्रशंसा गरेका छन्। वर्तमान मन्त्रीपरिषदको एउटा उल्लेखनीय नियुक्त यो पनि हो। हुन त नेपाली राजनीतिमा डा.केआई सिंह, डा.त्रिवेणीप्रसाद प्रधान, डा.उपेन्द्र देवकोटादेखि डा.शशांक कोइराला, डा. वंशीधर मिश्र र डा. शेखर कोइरालासम्मका अनेक चिकित्सकहरु आए र गए । तर डा.तोशिमा कार्की जस्तै सानै उमेरमा राजनीतिको उपल्लो तहमा पुगेका मेधावी र प्रतिभाशाली चिकित्सकहरुको नाम लिनु पर्‍यो भने डा.तुल्सी गिरि र डा. नागेश्वरप्रसाद सिंहको नाम आउँछ। ती दुबै जना चिकित्सकहरु भारतको दरभंगा मेडिकल कलेजमा संगसंगै एमवीवीएस पढेका…

Read More

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उहाँहरुबीच भेट भएको हो । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताउनुभयो । “दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्”,उहाँले भन्नुभयो, “नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।” अध्यक्ष तिमिल्सिनाले…

Read More

काठमाडौं – सेना दिवस–२०७९ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा ‘इतिहासदेखि वर्तमानसम्म’ भन्ने नाराका साथ फोटो तथा युनिट विशेष प्रदर्शनी हुने भएको छ । सैनिक केन्द्रिय पुस्तकालय अगाडिको मैदानमा शुक्रबारदेखि सुरु हुने उक्त प्रदर्शनीमा नेपाली सेनाको ऐतिहासिक विकासक्रम एवं वर्तमानका गतिविधिको झलक प्रस्तुत गरिने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उक्त प्रदर्शनीमा फोटोसहित, हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अङ्ग, शान्ति मिसनमा नेपाली सेनाको सहभागितासम्बन्धीका गतिविधि समावेश हुने जनाइएको छ । यस्तै, सैनिक ब्याण्ड, विशेष फौज, एकीकरण पदमार्ग, घोडचडी, सैनिक पोसाक र उपकरण, तथा निकुञ्ज सुरक्षासम्बन्धी पनि प्रदर्शनी गरिने जनाइएको छ ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले जानकारी दिए । लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम) देखिएका पुनकोे कलेजोले ८० प्रतिशतभन्दा बढी बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिए । कलेजो प्रत्यारोपणका लागि पुन यसअघि उपचार गरेको चिनस्थित थर्ड पिपुल्स अस्पतालमा नै जाने पनि जनाइएको छ । गृहजिल्ला रोल्पामा रहेका पुनलाई शनिवार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु सिटी अस्पताल…

Read More