Author: Nisha Shrestha

सुर्खेत – हुम्लाको चंखेली गाउँपालिकाका लेखा अधिकृत नविन रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माधक पदार्थ सेवन गरी ड्टयुटीका प्रहरीमाथि अभद्र व्यवहार गरेपछि रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो । वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा ट्राफिक चेकजाँचका क्रममा रेग्मीले प्रहरीसँग अभद्र व्यवहार गरेको प्रहरी नायब निरीक्षक जयराम घर्तीले जानकारी दिए । घर्तीका अनुसार मापसे गरी मोटरसाइकल चलाएका रेग्मीले ड्युटीमा खटिएका प्रहरीसँग अपशब्द प्रयोग गरेका थिए । रेग्मीले चलाएको कर्णाली प्रदेश ००२–००१ प २९६ नम्बर मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको छ ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मङ्गलवार संसद बैठकलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । ‘टिकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाइ गर्न ध्यान जाओस्,’ उनले भने । २०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनलाई कहिले पनि संवैधानिक भन्न नसकिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘गिरिजाप्रसादको पालामा विघटन भएको २०५१ मा हो । २०५८ मा विघटन हुँदा देउवाको सरकार थियो’, उनले भने, ‘उहिले राणाकालमा पनि संविधान बन्यो, त्यसपछि पनि बनेको थियो। तर संसद विघटन सही हुन सक्दैन। संसद विघटनमा आत्मआलोचना गर्लान् भनेको त झन् पो गर्जिए त!’ नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै संसद विघटन वैधानिक हुनै नसक्ने बताए। ‘प्रधानमन्त्री पद जोगाउनै पर्यो भन्ने होला भनेको…

Read More

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए । उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो देशकै भएको बताए । ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड प्रधानमन्त्री बन्न पाउनु भएको छ,’ उनले भने, ‘राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसै हिच्किचाउनु पर्दैन । सरकारले बिदा दिएको छ, धन्यवाद दिन चहान्छु ।’ प्रधानमन्त्री…

Read More

काठमाडौं – प्रतिनिधि सभा विघटन प्रतिगमन हो होइन भन्ने विष्यालाई लिएर संसदमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सवालजवाफ चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्ताव माथिको छलफलमा बोल्ने क्रममा मंगलवार देउवाले आलीले सोमबार संसदमा दिएको अभिव्यक्तिबारे आपत्ति जनाएका थिए । देउवा लगत्तै बोलेका ओलीले प्रतिनिधि सभा विघटनको गुरुको संज्ञा दिएका हुन् । ‘२०१७ सालमा राजा महेन्द्रले संसद विघटन गरेका थिए, २०४८ सालको संसद विघटन गरेर २०५१ सालमा मध्यावधीमा जाने कांग्रेस हो, म होइन’ ओलीले भने, ‘गुरु(देउवा)जी आफूले गरेको ? कतिपटक संसद विघटन गर्नुभयो देउवाजी । देउवाजीले २०५८ सालमा…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरु सरकारलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । देशमा राष्ट्रिय सहमतिको खाँचो रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए । आफूहरुले सरकारको कामकारबाहीलाई उत्तरदायी बनाउनका लागि सधैँ लागि पर्ने बताए । त्यस्तै प्रतिनिधि सभालाई पूर्ण कार्यकाल संचालन हुनुपर्नेमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले संविधानको ७६(४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । आफ्ना विभिन्न घोषणहरु प्रस्तुत गर्दै उनले विश्वासको मत मागेको प्रस्ताव पेश गरेका हुन् । विश्वासको मत माग्ने क्रममा बोल्दै उनले अब संसदमा केहि नयाँ गरौं भन्ने अठोटका साथ आएकाले सबैलाई साथ दिन आग्रह गरेका छन् । ‘हामी जनताको आशाको पर्याय बनेर आएका छौं,’ उनले भने, ‘सबैले मलाई साथ दिनुभयो भने आगामी केहि बर्षमै जनताका आँखामा खुसी ल्याउन सक्नेछौं ।’ उनले यसपाली पुनः आफ्नो नाम प्रधानमन्त्रीको सूचीमा तेस्रोपटक लेखाउन मात्रै नआएको र केहि गरौं भन्ने हुटहुटीसहित आएको बताए ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका छन् । उनले आज विश्वासको मत लिनुअघि गरेको सम्बोधनमा यस्तो बताएका हुन् ‘देश अहिले पनि कुनै न कुनै रुपमा संकटमै छ । साना समस्याको समाधान समयमै नखोजे तिनले ठूलो रुप लिन्छन् ।” उनले भने, ‘देशको कायापलट गर्ने हो भने विश्वासपूर्ण सहकार्य अनिवार्य छ ।’ उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला आज नहुनुहुनु भएकाले बाँकी काम गर्न सहकार्य आवश्यक रहेको बताए । आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित आफू यहाँ उभिएको बताउँदै उनले पहिलोपटक हुँदा कुनै अनुभव र टिम रुमल्लिएको स्वीकार गरे । भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै बाहिरिनुपर्ने अवस्था आएको…

Read More

काठमाडौँ – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त…

Read More

काठमाडौँ – प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ। प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्। एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा प्रतिपक्षीको हैसियत भने पाउने छैनन्। संसदमा प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको दश प्रतिशत सांसद हुनु पर्ने व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा छ। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने काँग्रेसको निर्णय छ। अर्थात् काँग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने…

Read More