Author: Nisha Shrestha

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गरेका छन् । आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । उनले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताए । उनले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो परराष्ट्र नीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आए पनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर हाम्रा त…

Read More

काठमाडौं – गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ । गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिनुभएको छ । सङ्घले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ । प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट)तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैँबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् । लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न पनि स्थानीय निकायलाई आग्रह गरे । भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो । उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलको निर्माणमा ध्यान दिन पनि सचेत…

Read More

डोटी – जिल्लामा विकट मानिएको बोगटान फुड्सिल गाउँपालिकामा सदरमुकामपछिको पहिलो हेलिप्याड निर्माण भएको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो। प्राकृतिक विपत्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालका बिरामीको आकस्मिक उद्धारलाई सहज बनाउने उद्देश्यले हेलिप्याड निर्माण गरिएको भैरवप्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले बताए। कार्कीले भने, ‘जिल्ला सदरमुकामदेखि विकट रहेको बोगटान गाउँपालिकामा बर्खायाममा सडकको सहज पहुँच हुँदैन। त्यसलै पनि हाम्रो गणले हेलिप्याड निमार्ण गरेको हो।’ भैरवप्रसाद गणको पाँच लाखको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चवराचौतारमा हेलिप्याड निर्माण भएको छ। सदरमुकामभन्दा बाहिर सबैभन्दा पहिला बोगटानमा हेलिप्याड निर्माण गर्नु खुसीको कुरा भएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन् । यस्ता समस्या तत्काल पुरा गर्न नसके पनि सदैव यसका लागि तत्पर रहेको उनले जिकिर गरे । बानेश्वस्थित ग्लोबल कलेज म्यानेजमेन्टमा एक्प्लोर आइडिया क्लबले आयोजना गरेको कार्यक्रममा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्न दीर्घकालिन योजना ल्याउने कोसिस गरिरहेको बताए । ‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री स् प्रेरणा र जीवन दर्शन’ शीर्षकको अन्तर्क्रियामा उनले हाम्रो पुस्तालाई नेपाली बहादुर छन् भन्ने कुरा गरेर बौद्धिकता नै छायाँमा पार्न खोजिएको आरोप लगाए । ‘हाम्रा अग्रजहरू…

Read More

रौतहट – गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ – सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण माग गरेको छ। जनमत पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूले कार्यप्रगति बुझाउनुपर्ने भएको हो। अध्यक्ष राउतको सचिवालयले दिएको जानकारीअनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ६ महिनाको कार्यप्रगति विवरण अबको एक साताभित्र केन्द्रीय सचिवालयमा पेश गरिसक्नुपर्ने हुन्छ। पार्टीको अवधारणा लागू गर्न के(कस्ता कार्यक्रम सञ्चालन गरिए, जनसरोकारका विषय सम्बोधन गर्न के(कस्ता पहल भए, जनमत पार्टीका स्थानीय समिति र कार्यकर्तासँग कस्तो समन्वय रह्योलगायत विषय खुलाएर कार्यप्रगति पेश गर्न जनमत पार्टीले निर्देशन दिएको हो।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशलाई सुन्दर र सम्पन्न बनाउन राइजिङ सुदूरपश्चिम बनाउन सङ्कल्प लिनुपर्नेमा जोड दिएका छन् । सभाको जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यहरूले सो प्रदेशको लागि सङ्कल्प र प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टले प्रदेशको समग्र विकासको लागि सबै प्रदेशसभाहरू एक ढिक्का भएर बढ्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले प्रदेशलाई राइजिङ प्रदेशको रूपमा विकास गर्न सङ्कल्प लिनुपर्ने बताए । उनले भने, ‘राइजिङ सुदूरपश्चिम बनाउने अभिभारा हाम्रो हो । राष्ट्रकै गौरवशाली प्रदेश तथा एक नम्बरको प्रदेश बनाउने जिम्मेवारी…

Read More

काठमाडौं – सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै सभामुख पाउने निश्चित भएपछि नेताहरु आफ्नो पक्षमा निर्णय गर्न नेतृत्वसमक्ष लबिङ गरिरहेका छन् ।  प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा सुरु हुँदैछ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार १० माघभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…

Read More

काठमाडौँ – राजस्व संकलनको वर्तमान अवस्था एवम् तोकिए वमोजिमको राजस्व संकलनको लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमका सम्वन्धमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हिजाे आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सवै कार्यालयका प्रमुख एवम् कर्मचारीहरुलाई निर्देशन दिए । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुंदा लक्ष्य बमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धताका लागि बैठकको आयोजना गरिएको बताउंदै सबैलाई आ-आफ्नो परिभाषित जिम्मेवारी पुरा गर्न निर्देशन दिए । आजैदेखि दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्ने बताउंदै हालसम्मको राजस्वको न्यूनता पुरा गरी लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी…

Read More