Author: Nisha Shrestha

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना हतियारसहित पक्राउ परेका छन् । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ…

Read More

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहको बैठक बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा साझा उम्मेदवार तय गर्न महामन्त्री थापा र नेता कोइराला समूहको बैठक बसिरहेको हो । दलको नेतामा सभापति शेरबहादुर देउवाले नछाड्ने भएपछि शेखर–गगन समूहको बैठक सोमबारदेखि नै चलेको छ । मंगलबार पनि केही समयअघिदेखि सुरु भएको बैठकमा संसदीय दलको नेता चयनदेखि नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । शेखर कोइराला र गगन थापाले पनि संसदीय दलको नेतामा आकांक्षा राखेका छन् । गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअघि आफूलाई भावी कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्रीको रुपमा अघि सारेका महामन्त्री गगन थापाले पनि संसदीय…

Read More

अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन् । लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उहाँले निर्वाह गरेको चरित्रले पहिचान स्थापित ग¥यो । फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन् ।उहाँले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्नुहुन्छ । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमान्को भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गर्नुभयो । यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमान्कै भूमिकमा ल्याउनुभयो । उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गर्नुभयो । फिल्ममा उहाँ अवकाशप्राप्त शिक्षकको भूमिकामा हुनुहुन्छ ।…

Read More

काठमाडौं – बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल भलिबल संघ (एनभिए)ले आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । टोली आज नै ढाका पुग्ने कार्यक्रम छ । बीच भलिबल टोली भने केहि दिनपछि मात्रै त्यसतर्फ पुग्नेछ । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा यसअघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपाली टोलीको कप्तानमा ओपन स्पाइकर धिरोजकुमार बस्नेत छन् । यसअघि संंघले खुल्ला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो । बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित…

Read More

धनगढी – पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रेमबहादुर आलेकी आमा गंगादेवी आलेको  निधन भएको छ । डोटीबाट हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत भएका आलेकी ७८ वर्षीया आमा गंगादेवीको आलेको निधन भएको हो। मंगलबार बिहान करिब ४ बजे काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उच्च रक्तचापका कारण मंसिर ११ गते उनलाई डोटीबाट काठमाडौँ लगेर अस्पताल भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।

Read More

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, जग्गा प्रशासन शाखा प्रमुख उपसचिव काजीबहादुर विष्ट र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहेको संयोजक सोतीले जानकारी दिए । सर्वोच्च अदालतको विसं २०६४ माघ १० गतेको आदेशमा गुठी ऐन खारेज भएपछि नयाँ ऐन मस्यौदा गर्न समिति गठन गरिएको हो । समितिले मस्यौदा तयार…

Read More

काठमाडाैं – नेपाल प्रहरीका ९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले सोमबार उनीहरूको आवश्यकताअनुसार काज सरुवा गरेको हो। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी दानबहादुर थापाको इलाका प्रहरी कार्यालय बुटवल, प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाका डीएसपी होमबहादुर पराजुलीको काज सरुवा भएको छ। त्यस्तै लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत दानबहादुर थापाको भने प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागमा सरूवा भएको छ । काज सरुवा सूची :

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना   संक्रमित थपिएका छन् । एक हजार ४११ वटा नमूना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज दुईजना संक्रमणमूक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – सरकारले बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए । बैठकले खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ भने निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । त्यस्तै, माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण…

Read More

काठमाडौं – नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले २३ जना उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा उनीहरुको काज सरुवा गरेको हो । काज सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके, सुर्खेत र कैलालीका प्रहरी प्रमुख फेरिएका छन् ।

Read More