Author: Nisha Shrestha

तुलसीपुर – लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा ९एमाले०ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उहाँ रुपन्देही–२ ९१० बाट निर्वाचित हुनुभएको हो । यसअघि पनि शङ¬्कर पोखरेल मुख्यमन्त्री हुँदा उहाँ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीसमेत हुनुभएको थियो । संसद्मा एमालेका २९ सांसद छन् । त्यस्तै संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि डिल्ली चौधरीलाई संसदीय दलको नेतामा चयन गरेको छ । उहाँ दाङ–३ ९१०बाट निर्वाचित हुनुभएको हो । चौधरी ग्रामीण, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत…

Read More

कञ्चनपुर – कञ्चनपुरमा शीतलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरूले चोक–चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन् । चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकलाई असर परेको छ । चिसोबाट जोगाउन बजार क्षेत्रका चोक–चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताउनुभयो । निकुञ्ज कार्यालयसँग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उहाँको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलब्ध गराई आगो ताप्ने व्यवस्था…

Read More

काठमाडौं – हुस्सु र कुहिरोका कारण आज पनि देशभरको हवाई सेवा अवरूद्ध भएको छ। पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा हुस्सु कुहिरो बाक्लो छ। हुस्सु कुहिरोकै कारण भिजिभिलिटी कम भएकाले कुनै पनि आन्तरिक उडान भएका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले सबै आन्तरिक उडान प्रभावित भएको हो। आन्तरिक उडान प्रभावित भए पनि त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फको उडान भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका अनुसार क्रमिम रूपमा मौसम खुलिरहेकाले उडानहरू केही समयपछि सुरू हुने क्रममा रहेको छ। बुधबार बिहान तराईका धेरै भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। काठमाडौं उपत्यकामा पनि लागेको हुस्सु क्रमश सफा…

Read More

काठमाडौं – एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । बुधबार ललितपुरको हिमालय होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सम्मान गर्न लागेका हुन् । कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन । आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे महत्वपूर्ण जानकारी गराउने बुझिएको छ ।

Read More

चितवन – नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए । अहिलेको आवश्यकता भनेको राष्ट्रिय स्वाधीनताको रक्षाको, स्थिरता र स्थायित्व भएको भन्दै उनले यसका निम्ति सबै प्रकारका दलबीचमा सहमति र सहकार्यको खाँचो रहेको बताए । ‘यतिखेर सके सबै दलबीचमा राष्ट्रिय सहमति जुटाउन कोसिस गर्ने हो । विधिले सत्तापक्ष र प्रतिपक्षको अङ्गीकार गरेको भए पनि एजेन्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ,’ उनले भने । मुलुक सङ्कटको अवस्थामा रहेको भन्दै उनले अहिलेको…

Read More

काठमाडौँ – मुलुकी देवानी संहिता, २०७४ को दफा ८२ (ग) लाई असंवैधानिक घोषित गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दायर गरिएको छ । कानुनका विद्यार्थी स्मृति सापकोटा र प्रशान्त कार्कीले मङ्गलवार संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । संहिताको दफा ८२ मा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने आधारहरू छ । दफा ८२ (ग) मा ‘पत्नीले कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा’ भन्ने व्यवस्था छ । यसले महिलाले गरेको बहुविवाहलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने भन्दै खारेजीको मागसहित रिट दायर गरिएको हो ।  रिट निवेदनमा सो व्यवस्थाले लैंगिक भेदभावलाई प्रोत्साहन गर्ने जिकिर गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा…

Read More

काठमाडौं – राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्को सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएको छ । विभागले सो समस्या समाधानका लागि…

Read More

काठमाडौं – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रमा देखिएका सबै समस्या समाधानका लागि हस्तक्षेपकारी कार्ययोजना बनाएर लागू गरिने बताएक भन । आज काठमाडौं र ललितपुरस्थित यातायात व्यवस्था कार्यालयको स्थलगत निरीक्षणपछि कुराकानी गर्दै उनलेप्रदेश सरकारसँगको समन्वयमा यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । यातायात व्यवस्था सुधारका लागि सङ्घीय र प्रदेश सरकारबीच छलफल भइरहेको उनले बताए । अहिलेसम्मका यातायात व्यवस्थाका कमजोरीलाई सच्याउने र समस्या समाधान गरी सेवाग्राहीलाई छिटोभन्दा छिटो गुणस्तरीय सेवा दिइने उनको भनाइ छ । नागरिकले सेवा लिँदा दुःख पाइरहेकाले स्थलगत रुपमा अवलोकन गरी प्रत्यक्ष जानकारी लिन आफू कार्यालय आइपुगेको उपप्रधानमन्त्री श्रेष्ठले बताए…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्रालयको जानकारी बेगर कुनै पनि विदेशी र कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट नगर्ने सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । दुई दिनसम्म चलेको सचिव बैठकमा मङ्गलवार निर्देशन दिँदै प्रधानमन्त्री दाहालले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र यस्ता भेटघाट गर्ने पाउने उल्लेख गरे ।  उनले भेटघाटसँग सम्बन्धित कूटनीतिक आचारसंहिता समेत बनाउन निर्देशन दिएका छन् । ‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धी आचारसंहिता तयार गर्नुहोला’ प्रधानमन्त्री दाहालले लिखित निर्देशन दिँदै भनेका छन् । उनले मित्रराष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा केन्द्रित रहेर आर्थिक कूटनीति अवलम्बन गर्ने निर्देशन दिएका छन् । ‘सरकारले…

Read More

काठमाडौं –  नेपाली सेनाका उपरथी (जर्नेल) प्रेमप्रकाश शाहीलाई सैनिक हिरासतमा राखिएको छ । शाहीलाई सैनिक मुख्यालय जंगी अड्डामा सैनिक हिरासतमा राखिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पुष्टी गरेका छन् । भण्डारीले भने, ‘उहाँविरुद्ध आर्थिक अनियमितताको उजुरी परेपछि नियन्त्रणमा हो ।’ त्यसबाहेक थप कुरा भने भण्डारीले केही खुलाएनन् । त्यसअघि शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै सैनिक मुख्यालय र रक्षा मन्त्रालयविरुद्ध पुस ७ मा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो  । शाही सेनामा रहेको दस्ताबेजका आधारमा ५८ वर्ष उमेर हद पूरा गरी यही पुस २० (बुधबार) मा नियमित अवकाशमा जाँदै थिए ।

Read More