Author: Nisha Shrestha

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् । नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो । एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने निश्चित छ । भने, रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गरिरहेका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनमा छलफल जारी छ ।

Read More

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उहाँको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिनुभएको मल्लले राससलाई जानकारी दिनुभयो ।”

Read More

काठमाडौँ- जवानीमा अनेकन घर, परिवार, इष्टमित्र हाँसीखुसी जीवन बिताएका नागरिकहरु जीवनको उत्ताद्र्धमा एक्लो महसुस गर्दै आएका छन् । “मेरो तीन छोरा, दुई छोरी, मलाई असाध्यै माया गर्ने श्रीमती थिइन्”, दोलखा घर भई हाल काठमाडौँको कोटेश्वरमा बस्ने ७५ वर्षीय रामबहादुर बुढाथोकीले भन्नुभयो, “श्रीमती बितेको चार वर्ष भयो, छोरा कोही विदेशमा छन्, केही जागिरे छन्, छोरी आफ्नो घर-घरमा छन्, म एक्लै छु ।” उमेर बढ्दै, शक्ति घट्दै गए पनि आफन्त पनि विस्तारै टाढिने गरेको उहाँको भोगाइ छ । “मैले पाँच वटा बच्चा कसरी हुर्काएँ, बढाएँ, पढाएँ होला”, उहाँले विगत सम्झँदै भन्नुभयो, “मेरो कारणले छोरा-बुहारीको सधैं झगडा हुने भएपछि मैले घर छोडे र…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको बताएका छन्। पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले सरकार निर्माणका लागि सभापति शेरबहादुर देउवाले छलफलका लागि आफूहरू नबोलाएपछि अपमानित महसुस गरेर आएको बताएका हुन्। ‘म पार्टीको निर्वाचित महामन्त्री हुँ। सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थियो। तर उहाँको फोन कुरेर म बसिरहेँ। उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ,’ थापाले भने। अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको थापाले बताए। ‘तलबाट भर्‍याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तल झरे जस्तो परिस्थिति हो…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेका छन् । नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा लामिछानेले गृहमन्त्रीसहित उपप्रधानमन्त्री दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भने माओवादीले गृह र एमालेले अर्थ लिने समझदारी बनिसकेको छ । लामिछानेले बैठक प्रवेश गर्नुअघि मन्त्रालयको टुङ्गो नलागे पनि सरकारमा जाने टुङ्गो लागिसकेको बताएका थिए ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सरकारमा सहभागी नहुने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा सरकारमा सहभागी नहुने जानकारी दिए। ‘हामी अहिले सरकारमा जाँदैनौँ। सरकारलाई समर्थनमात्र गर्छौँ’, सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने। नयाँ सरकार गठनका लागि बनेको गठबन्धनमा राप्रपा पनि छ।

Read More

बझाङ – बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको थियो । यो सेवाबाट ३८ जना भएका थिए । शिविरमा हाडजोर्नी, पाठेघर खसेको, नाक, कान, घाँटी र पित्तथैलीको समस्या देखिएका बिरामीलाई विभिन्न अस्पतालमा थप उपचारका लागि सिफारिस ९रिफर० गरिएको राष्ट्रपतिका संस्कृति सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । शिविरमा भैरहवा, पोखरा र नेपालगञ्ज मेडिकल कलेजका…

Read More

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ यसअघि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई छिमेकी मुलुक चीन र भारतले बधाई दिइसकेका छन् । नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनले पनि प्रचण्डलाई बधाई दिएका छन् । आइतबार एमालेसहितका दलहरूको समर्थन प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आजै साँझ…

Read More

काठमाडौं – फार वेस्ट युनाइटेडले नेपाल टी–२० लिगमा पहिलो जित निकालेको छ । कप्तान हस्मतउल्लाह साहिदीको अर्धशतकप्रेरित फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले पराजित गरेको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार काठमाडौंले प्रस्तुत गरेको ९९ रनको लक्ष्य सामान्य लक्ष्य पछ्याएको फार वेस्टले १९।१ ओभरमा ६ विकेट गुमाउँदै विजयी भयो । फार वेस्टका कप्तान साहिदीले ४९ बलमा तीन चौका र दुई छक्का मद्दतमा अविजित ५० रनको योगदान दिए । देव खनालले १६ र भिम सार्कीले ११ रन जोडे । काठमाडौंका लागि अनिल खरेलले दुई तथा अज्मतउल्लाह ओमार्जाइ, रायन बर्ल बसिर अहमद र अविनाश बोहोराले समान एक विकेट लिए । यसअघि…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७९ को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा देश विदेशमा रहनुभएको सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकमा उक्त शुभकामना व्यक्त गर्नुभएको हो । शुभकामना सन्देशमा भनिएको छ, “‘मातृदेवो भवः, पितृ देवो भवः’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।” अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक…

Read More