Author: Nisha Shrestha

काठमाडौँ – चिनीयाँ एप टिकटक लामो समयदेखि अमेरिकी सरकारको निशाना बनेको छ । युएस हाउसले सरकारले जारी गरेका सबै यन्त्रहरूमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ । योसँगै अब सरकारी यन्त्रहरूमा टिकटक एप चल्ने छैन । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ एडमिनिस्ट्रेशनले यसको पुष्टि गरेको छ । अनुसार टिकटक प्लेटफर्म विभिन्न सुरक्षा समस्याका कारण उच्च जोखिममा रहेको भन्दै प्रतिबन्ध लगाएको सदनका प्रमुख प्रशासकीय अधिकृतले जनाएका छन् । यो एप हाल स्थापित भएका सरकारी यन्त्रहरूबाट तुरुन्तै अनइन्स्टल गरिनुपर्छ। सामान्य प्रयोगकर्ताका लागि यो प्रतिबन्ध न लगाइए पनि यसले अमेरिकामा टिकटकलाई पूर्णरुपमा प्रतिबन्ध लगाउने चर्चा पुनः शुरु गरेको छ ।

Read More

कैलाली – कैलालीको टीकापुर नगरपालिकाले सहकारीमाथि कडाइ गर्ने भएको छ । सहकारीको सञ्चालक समितिमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा अर्को ठाउँमा लाभ लिने पदमा बसेको व्यक्ति बस्न नहुने व्यवस्था कार्यान्वयन गर्न नगरपालिकाले कडाइ थालेको हो । सङ्घीय सहकारी ऐन र नियमावली तथा सहकारी विभागले जारी गरेका निर्देशनमा कर्मचारी, शिक्षक, जनप्रतिनिधि वा अर्को ठाउँमा लाभ लिने पदमा बसेको व्यक्ति सञ्चालक र लेखा समितिमा बस्न नपाउने व्यवस्था छ । टीकापुरमा रहेका सहकारीमा यो कानुनी व्यवस्था उल्लङ्घन भएकाले नगरपालिकाले यसमा कडाइ गर्न थालेको नगरपालिकाको आर्थिक विकास शाखाले जनाएको छ । यसका लागि नगरपालिकाले ऐनमा भएको व्यवस्थाबारे सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ । नगरपालिकाले…

Read More

काठमाडौं – ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताउनुभयो । “अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुकमा देखिएको कोभिड–१९ को महामारीको जोखिममा हामी पनि छाँै”, उहाँले भन्नुभयो, “त्यसैले मास्क प्रयोग गर्न नबिर्सौँ भन्ने चेतनाका लागि प्ले कार्डको प्रयोग गर्ने र उहाँहरुलाई सुझाव दिने काम भइरहेको…

Read More

दैनिक बिरामीको उपचारमा खटिने डा.तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ जनताबाट अनुमोदन हुनुभएको छ । पेशाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए…

Read More

काठमाडौं – गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउन हुन तथा सोको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सुरक्षा निकायका कतिपय पदाधिकारीले कर्तव्य पालनाको सिलसिलाबाहेक त्यस्ता विभिन्न भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सो निर्देशन जारी गरेको जनाएको छ । उक्त निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

Read More

महेन्द्रनगर – त्रियानब्बे वर्षीय वृद्धदेखि २० वर्षका युवासम्म अर्थात् बाजेदेखि नातिसम्म । सबैले दौरासुरुवाल लगाएका छन् । हातमा तरबार र ढाल छ । गोलो घेरामा रहेका सबै पुरुष बाजाको तालमा खुट्टा चालिरहेका छन् । झट्ट हेर्दा युद्धकलाको झल्को दिने भुवा नाचको दृश्य कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित हल्दुखालमा देखिएको हो । खासगरी सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरामा महत्वका साथ मनाइने यो पर्व पछिल्लो केही वर्षयता त्यहाँबाट बसाइँसराइ आएका पनि कञ्चनपुरमा मनाउन थालेका छन् । पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवा पर्व खेल्ने प्रचलन रहेको छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जीतको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंबदन्ती रहेको ९३…

Read More

काठमाडौं – बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीको सुनुवाई आज बिहीबार सुनुवाइ हुँदैछ। बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ। आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन्। सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ। यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ। बहस सकिएपछि इजलासले आदेश दिनेछ।

Read More

काठमाडौं – राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो । प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन् ।

Read More

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेर रु एक लाख नौ सय तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु एक लाख एक हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख छ सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार तीन सय ८० मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन…

Read More

काठमाडौं – महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता पोख्रेलले शपथ लिएका हुन् । शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोख्रेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । अधिवक्ता पोख्रेल लामो समयदेखि माओवादी निकट रहेका कानुन व्यवसायमा संलग्न छन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा पोख्रेलले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा बहस गरेका थिए । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हो ।

Read More