Author: Nisha Shrestha

धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा दलको नेता चयन गरेको छ। पार्टीले सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई छनोट गरेको केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले जानकारी दिइन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन भएका छन्। टीकापुर घटनाको मुद्दामा जेल जीवन बिताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७ सिट जितेको छ।

Read More

काठमाडौँ- जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या सकिँदैन भन्ने कुराहरू भयो’, उनले भने, ‘सरकारमा जाने नजानेबारे हाम्रो संस्थागत निर्णय भएको छैन ।’ उनले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार गठनमा दुई विकल्प रहेको र सोही…

Read More

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् । सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्योलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो । यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको बिफ्रिङ छ । उनले अब कांग्रेससँगको सहकार्य टुङ्गिएको पनि सो क्रममा बताए ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन् । उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन् । मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए । नयाँ सरकार गठनका लागि बालकोटमा चार दलबीच वार्ता भइरहेको छ ।

Read More

भक्तपुर –नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अहिले विभिन्न राजनीतिक दलका नेताहरु पुग्ने क्रम बढेको छ । यसै शिलशिला पछिल्लो पटक माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पुगेका छन् । उनी पुग्नु अघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पुगीसकेका छन् । लिङ्देन पुगेपछि पुगेका लामिछाने पुगेपछि ओलीसँग छलफलकै क्रममा प्रचण्ड पुगेका छन् । त्यसका साथै जसपाका नेता अशोक राई पनि ओली निवासमै रहेका छन् । अहिले ओली, प्रचण्ड र रविलगायतका नेताबीच छलफल भईरहेको छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि फेरि बालुवाटार पुगेका छन् । सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि बाहिरिएका प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि पुनः बालुवाटार पुगेका हुन् । खुमलटारमा छलफलपछि बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लिएर प्रचण्ड बालुवाटार मोडिएका हुन्। केहीबेर अघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्डका कारण गठबन्धन तोडिएको उद्घोष गरेका थिए। प्रधानमन्त्रीमा देउवा र प्रचण्डले अडान राखेपछि गठबन्धन बैठक निष्कर्षबिहीन पुगेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी र्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्‍याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।

Read More

काठमाडौं – सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने न्यून सङ्ख्यामा भए पनि दैनिकरुपमा भइरहेको छ । तर निर्धारित समय सकिन ११ महिना बाँकी रहँदा दुई प्रतिशतभन्दा कम सवारीसाधनमा नम्बर प्लेट जडान भएको विभागको भनाइ छ । इम्बोस्ड नम्बर प्लेट विसं २०८० मङ्सिरसम्म जडान गरिसक्नुपर्नेछ । इम्बोस्ड नम्बर प्लेट जडानको अहिलेको गति हेर्दा निर्धारित अवधिमा सबै सवारी साधनमा जडान हुने अवस्था नभएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुको भनाइ छ । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जोड्नुपर्छ भनेर कानुनमा व्यवस्था गरिएकाले सेवाग्राहीले…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशसभामा हालै सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेताको आकांक्षीमा पाँचजना देखिनुभएको छ । कांग्रेसबाट प्रदेशसभामा १२ जना प्रत्यक्ष निर्वाचित भएका थिए । कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह र मेघराज खड्काले संसदीय दलको नेताका लागि दाबी गरेका छन् । यस्तै दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा खगराज भट्ट र ओमविक्रम भाटको चर्चा छ । ण्तेस्रो ठूलो दल नेकपा (एमाले) को संसदीय दलको नेतामा भने धर्मराज पाठक र राजेन्द्रसिंह रावलको चर्चा छ । उहाँहरु दुवै जना समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठक स्थलबाट बाहिरिएका छन् । पहिले माओवादीले प्रधानमन्त्री पाउनु पर्ने अडान राख्दै सरकार गठनबारे निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका प्रचण्ड छलफलपछि बाहिरिएका थिए हुन् । प्रचण्डले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । पछि बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल पनि पुगेका थिए । सत्तारुढ गठबन्धनमा आलोपालो सरकार बनाउँदा कसले पहिला नेतृत्व लिने भन्ने विवाद रहेको छ । नेपाली कांग्रेसले जनमतको आधारमा आफूले नै प्रधानमन्त्री र राष्ट्रपति पद पाउनुपर्ने अडानमा छ भने माओवादीले पूर्व समझदारी अनुसार प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गरेको…

Read More

धनगढी- सैनिक श्रीमती संघको टोली सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी पुगेको छ। आइतबार सो टोली धनगढी पुगेको हो। नेपाली सेना स्रोतका अनुसार स्वास्थ्य शिविरका लागि आवश्यक सामान लिएर सैनिक श्रीमती संघको टोली यहाँ पुगेको हो। कञ्चनपुरको लालझाडीमा स्वास्थ्य शिविर सञ्चालन हुँदै छ। त्यसैको सामग्री लिएर सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता रेग्मी शर्मासहितको टोली धनगढी पुगेको हो। नेपाली सेनाको क्यासा एनए–०६२ जहाजमा संघको ३२ सदस्यीय टोलीले बिहान धनगढी अवतरण गरेको थियो। टोलीमा उपाध्यक्ष कल्पना राणा, उमा खड्का, सचिव सोभाना पौड्याल, कोषाध्यक्ष सगुन राणा, सह–कोषाध्यक्ष संगिता भण्डारी रहेका छन्। त्यस्तै, सदस्य लक्ष्मीकुमारी ढकाल, कविताकुमारी ढकाल, सरस्वती केसी, बबी विष्ट, उमा थापा, सल्लाहकार तुलसी…

Read More