Author: Nisha Shrestha

काठमाडौं – ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने २९ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्णत्रमा लिएर आवश्यक कारवाहीको लागी वातावरण विभाग सिंहदरवार पठाएको छ । जसमध्ये १२ ओटा मोटरसाइकललाई वातावरण विभागले नगद रु १० हजार जरिवाना गराएको छ । वातावरण विभागद्वारा परिक्षण गर्दा मापदण्ड भन्दाबढि आवाज निकालेको पाइएकाले जरिवाना गराइएको हो । १७ ओटा मोटरसाइकलको सम्बन्धमा सोही विभागबाट आवश्यक अनुसन्धान भइरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट उपत्यकाका विभिन्न स्थानमा गरिएको बिशेष चेकिङको क्रममा २९ ओटा ठुलो आवाज निकाल्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ठुलो आवाज निकाली सवारी साधन चलाउदा ध्वनि प्रदुषण हुनुका साथै मानविय स्वास्थ्यमा समेत नकारात्मक…

Read More

धनगढी – अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि शव उठाइको छ। मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात कुटपीट गरि हत्या गरिएका भनिएका अयडीको शवको दाहसंस्कार पूर्व शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिएको थियो। आजै उनको दाहसंस्कार गरिदै छ। एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि जिल्लामा निरन्तर आन्दोलन गरिरहेको छ। मंसिर ४ गते निर्वाचनको दिन मतदानका क्रममा विवाद भएपछि उनीमाथि कुटपीट भएको थियो।

Read More

जाजरकोट – एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । रु तीन करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । विसं २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ । तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । उहाँले…

Read More

काठमाडौं – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

Read More

क्यामरुन – क्यामरुनको राजधानी याओन्देमा आइतबार पहिरोमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । सोमबार यहाँको प्रहरीले दिएको जानकारीअनुसार पहिरोमा परेर यहाँका १४ जनाको ज्यान गएको छ भने अरु केही हराइरहेका छन् । यहाँ पछिल्लो समयमा बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । यस क्षेत्रका नागरिकको मुत्यु संस्कारका क्रममा जम्मा भएका नागरिक पहिरोमा परेका थिए । त्यस क्रममा जम्मा भएका १४ जनालाई पहिरोले लगेको र अरु केही भाग्न सफल भएका थिए । त्यसमा परेर केही व्यक्ति हराएका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरी घटनास्थलमा पुगेको र उद्धार तथा खोजीको काम जारी राखेको…

Read More

एजेन्सी – सोमालियाको एक होटलमा यहाँका आतङ्ककारीहरुले हमला गरेको बताइएको छ ।सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ । सो होटलमा सोमालियामा हिंसा मच्चाइरहेका अब सेबाब आतङ्ककारी समूहले आक्रमण गरेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीहरुका अनुसार आइतबार राति सो होटलमा उनीहरुले हमला गरेका छन् र त्यस होटलमा रहेका कर्मचारी तथा पाहुनाको अवस्था अज्ञात रहेको छ । स्थानीय प्रहरी र नागरिकहरुले सो होटलमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थहरु पनि विस्फोट गराएको बताइएको छ ।प्रहरीले सोमबार बिहानसम्म सो हमलाको बारेमा पूर्ण जानकारी नआएको र प्रहरीले सो होटललाई घेरा हालेर अनुसन्धान…

Read More

काठमाडौँ – खेलकुदको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो । यस वर्ष कतारमा विश्वकप आयोजना हुँदैछ र लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। यसले कतारले वास्तवमा फुटबलको सबैभन्दा महंगो प्रतियोगिता कसरी आयोजना गरिरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ। खेलाडीहरूसँगै मैदानमा डटिरहने रेफ्रीका लागि फिफाले यसपटक अघिल्लो विश्वकपको तुलनामा पारिश्रमिकमा व्यापक वृद्धि गरेको छ। रेफ्री र एसोसिएट्सको तलब उनीहरूले खेल्ने भूमिकामा निर्भर गर्दछ। फुटबल पहिले फिल्ड र सहायक रेफ्रीहरूको उपस्थितिमा खेलिन्थ्यो भने पछिल्लो दुई संस्करणमा भिडियो सहायक रेफ्री ९भीएआर०ले पनि निर्णय लिने प्रक्रिया थपिएको छ । यसका साथै फिफाले यसपटक महिला…

Read More

काठमाडौँ – कालिकोटको नरहरिनाथ गाउँपालिकाद्वारा सञ्चालित रेडियो सुनथरालीको सामग्री चोरी गरेको आरोपमा प्रहरीले रेडियोका पूर्वस्टेसन म्यानेजरलाई पक्राउ गरेको छ। रेडियोका सामान चोरी गरेको आरोपमा नरहरिनाथ गाउँपालिका-३ का खगेन्द्र बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। रेडियो सुनथराली ९०।६ मेगाहर्जको ट्रान्समिटरलगायतका महत्त्वपूर्ण सामग्री यही मंसिर ८ गते राति चोरी भएको थियो। मदिरा सेवन गरी चोरी गरेको बुढाले स्वीकार गरेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रेडियोबाट हटाएको रिसमा चोरी गरेको बुढाले बयान दिएका छन्। बुढालाई ११ गते प्रहरीले नरहरिनाथ गाउँपालिकाबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको हो। अहिलेसम्म रेडियो र पालिकाले उजुरी नदिएका र प्रहरीले आफ्नो कर्तव्य पूरा गरेको प्रहरीले…

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका…

Read More

धनकुटा – धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

Read More