Author: Nisha Shrestha

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मंगलबार बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरू दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

Read More

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् । ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् । उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’ जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

Read More

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज बिहान उनको निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिए । प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको महासंघको बुझाई छ । र महासंघले पनि प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको गोल्छाले सो अवसरमा स्मरण गराए । अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखा परेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदैछन्। आफूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाका पिता तथा बहिनी ज्वाइ तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा जान लागेका हुन्। श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड-७ गरामनीमा पुग्ने एमाले जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए। समीक्षाले उनलाई मिर्गौला दान गरेकी थिइन्। उनी नातामा ओलीकी भान्जी हुन्।

Read More

रुपन्देही – इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घुस बार्गेनिङमा पक्राउ गरेपनि जिल्ला प्रहरी कार्यालयले उनलाई हिरासतमा नराखी सत्कार गरेर राखेकाे छ । डिएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाइ पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानका लागि सिआईबीको टोली खटिएको थियो । बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी घुस बार्गेनिङ गरेर पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रविन्द्र रेग्मीले पाहुना कक्षमा सुत्ने र खाने व्यवस्था मिलाइएका छन्र । डिएसपी केसी मुद्दाका अभियुक्त हुन् । उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउनुपर्ने हो । तर, रेग्मीले…

Read More

काठमाडौँ – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।शपथ ग्रहण पछि आयोजित पहिलो मन्त्रिपरिषद् बैठक सकिए लगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पदभारका लागि मन्त्रालयमा आइपुगेका थिए । मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने दिन अब सकिएको बताए । ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने, मन्त्रालयलाई कब्जामा लिने दिन गए/सकिए भनेर बुझ्दा हुन्छ’ मन्त्री श्रेष्ठले भने ।

Read More

काठमाडौं – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। पदभारसँगै मन्त्री पौडेलले अर्थमन्त्रालय मातहतका निकायलाई अनलाइन प्रणालीबाट व्यवस्थित बनाउने निर्णय गरेका छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा देखिएका सम्पूर्ण समस्या हल गर्न आफू लागि पर्ने बताएका छन्। विगतको अर्थतन्त्रबाट चिन्तित हुने अवस्थालाई सुधार्ने उनको भनाइ छ। खस्कँदो आर्थिक अवस्था किन आयो यसको संघन पहिचान गरी समाधानको बाटो खोज्ने उनले बताए। समस्या समाधानका लागि अर्थ जगतका सबै क्षेत्र र विषय विज्ञसँग आवश्यक छलफल गरी निर्णय लिने उनले बताए।

Read More

काठमाडौं – प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो ।

Read More

दार्चुला – दार्चुलामा लडेर गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्धार गरिएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका –५ डाँडाकोटकी ३४ बर्षीया लक्ष्मी लोहारको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिइन् । आइतबार साँझ घर नजिकैको दुनी भीरमा घाँस काट्ने बेला लडेर लोहार घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको जनाइएको छ ।

Read More