गोरखा – गोरखामा किशोरकिशोरीहरू गाँजालगायतका लागुऔषधको लतमा फस्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको ‘स्टिङ अपरेशन’ का क्रममा गाँजा तानिरहेको अवस्थामा एकै दिन १७ जनालाई पक्राउ गरेको हो । यही वैशाख २९ गते शुक्रवार जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० लीलाराज लामिछानेले बताउनुभयो । सिरानचोक गाउँपालिकाको नयाँसाँघुबाट नौ जना, गोरखा नगरपालिकाको बतासे र रानीवन क्षेत्रबाट सात जना तथा पालुङटार नगरपालिकाको ठाँटीपोखरीबाट एक जना पक्राउ परेका हुन् । किशोरकिशोरीहरू लागुऔषधको कुलतमा फस्दै गएको गुनासो आउन थालेपछि सम्भावित ठाउँहरूमा सादा पोसाकमा प्रहरी खटाएर उनीहरूलाई पक्राउ गरेको डीएसपी लामिछानेको भनाइ छ । ‘पक्राउ परेका धेरैजसो १५/१६…
Author: Nisha Shrestha
काठमाडौँ– नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी आवश्यक तयारीमा सरकारले काम थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानको आधारमा सोही अनुसारको विपद् व्यवस्थापनको पूर्व तयारी थालिएको छ । विपद्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनका पूर्व तयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा सधैँ…
काठमाडौँ– प्रमुख तीन वटा राजनीतिक दलले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हो । यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रतिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन । प्रतिनिधिसभाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल…
कञ्चनपुर- कञ्चनपुरको भिमदत्त नगरपालिका- ४ चमनचोकबाट ठुलो परिणामको अबैध समान बरामद भएको छ । प्रहरी टोलीले बिशेष सुराकीको आधारमा अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई आई रहेको अवस्थामा बिभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एयरफोन,वारलेस माईक,चिनी,बिडी,तेल र साईकल थान १ गरेर दुई लाख चौरासी हजार दुईसय तिस रुपैयाँ बराबरका समानहरु र साइकल सहित फेला पारेको हो । बरामद सामानसहित आवश्यक कार्वाहीको लागी १ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको छ ।
काठमाडौं – संसदमा चौथो दलको हैसियत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिखेर ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्दै सडकमा ओर्लिएको छ। पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सामाजिक सञ्जालमा भाइरल भइरहेका विषयमा मात्र धारणा राख्न उर्दी जारी गरेका छन्। महामन्त्री मुकुल ढकालमार्फत् उनले संसद र सडकमा नीतिगत विषयभन्दा आम–मानिसले फेसबुकमा रुचाउने खालका विषयमा मत राख्न आग्रह गरेको महामन्त्रीले अन्य सांसदहरूलाई सुनाएका छन्। ‘अब संसदमा बोल्दा मुकुलजीले फेसबुकमा भाइरल हुने विषय बोल्नुहोला रे,भन्नुभएको छ,’ रास्वपाका एक सांसदले भने,‘अस्ति सोबिताजीले बोलेको विषयले केही आलोचना खेप्नुपरेको भन्दै यसो भनिएको हो रे ।’ नेपाली मिडियाले आफ्नो भनाइलाई खासै प्राथमिकता नदिएको भन्दै आ–आफ्नो फेसबुकलाई…
अछाम- अछामका पाँच विद्यालय मर्ज भएका छन्। जिल्लाको चौरपाटीका पाँच विद्यालय एक आपसमा गाभिएका हुन्। विद्यार्थी कम हुँदै गएपछि चौरपाटी गाउँपालिकामा सञ्चालित ती सामुदायिक विद्यालय मर्ज भएका छन्। बैशाख २९ गते बसेको कार्यपालिका बैठकले वडा नम्बर १ को धु्रवतारा आधारभूत विद्यालयलाई सिउडी माध्यमिक विद्यालय, वडा नम्बर ४ का सुर्योदय र नागातोला आधारभूत विद्यालयलाई बैद्यनाथ माविमा र वडा नम्बर ५ को कर्मलोक र ठुलाढंगा आधारभूत विद्यालयलाई दयापिपलतोला माध्यमिक विद्यालयमा मर्ज गरिएको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीले संघीय सरकारले बनाएको मापदण्ड अनुसार समायोजन गरिएको बताए।
धनगढी- कैलालीमा मिटरव्याजी विरुद्ध धमाधम उजुरी दर्ता बढ्दै गएको छ। मिटर ब्याजबाट ठगिएकाहरु धमाधम अनलाइनबाट उजुरी दर्ता गराउन थालेका छन्। कैलालीमा मिटरब्याजीहरुको जालोले विकराल रूप लिएपछि पीडितहरु उजुरी दिन थालेका छन्। नेपाल सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गर्दै पीडितहरुलाई निःशुल्क उजुरी दर्ता गर्न आह्वान गरेपछि उजुरी दिने पीडितको संख्या बढ्दै गएको छ।जिल्लामा ५४ मिटर ब्याज पीडितहरुले अनलाइनबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दर्ता गराएका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले उजुरी दर्ताको सात दिन समय थप गरिएको बताए। उनले भने, ‘आयोगबाट म्याद थप भएको छ। स्थानीय तहहरुलाई भनेका छौ। हामीले पनि सूचना सार्वजनिक…
काठमाडौं– मोदी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आईपीओ रिजल्ट हेर्न सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ । कम्पनीको आईपीओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१…
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। शेर्पाले जिल्लाका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाइल अफ गरी फरार भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन। सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।
काठमाडौँ – तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा छलफल भएको हो । माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार बैठकमा सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिटो टुङ्गोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो। ‘निकै सकारात्मक छलफल भएको छ। संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई…