Author: रक्षा भट्ट

भट्ट महेन्द्रनगर पोष्टकी पूर्वडेस्क सम्पादक हुन् ।

काठमाडौँः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइली घुब्रेनी बस्छन् ४८ वर्षीय अमरबहादुर विष्ट । उनी बैतडीबाट बसाइँ सरेर सुर्खेत आएका रहेछन् । २०५२ सालतिरै सुर्खेतमा जमिन किनिसकेको बताउने उनी सुर्खेतमा जीवनयापन गर्न बैतडीभन्दा सहज रहेको बताउँछन् । ‘यता बस्न थालेको ८ वर्ष भयो, पहिला हामीहरुको गाडी थियो । हाम्रो गाडी सुर्खेत आउँथ्यो । यताको हावापानी हाम्रै उताको जस्तो लाग्थ्यो, परिवार पाल्न उताभन्दा यता सजिलो देखेँ मैले, धेरै दौडधुप गर्न नपर्ने, सजिलो तरिकाले पैसा कमाउन सकिने, खेतीपातीबाटै जीविकोपार्जन गर्न सकिने । अनि यतै बसाइँ सरेँ,’ उनले भने । बैतडीमा खेतीपाती गरेर सागपात उब्जाए पनि बजार नै नपाइने, बाटोको पनि उत्तिकै समस्या हुने हुँदा…

Read More

काठमाडौँः जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेय दार्चुलामा कार्यरत रहेको नौ महिना भयो । उनी गत ०७९ असोजमा दार्चुला प्रहरीको कमाण्ड सम्हाल्न त्यहाँ पुगेका थिए । दार्चुला प्रहरी प्रमुखको रुपमा पहिलो पटक उनी जिल्ला पुग्दा अघिल्लो महिना भदौमा मात्रै लास्कु खोलामा ठुलो बाढी आई पहिरो गएको थियो । आफू जिल्ला आउने बेलाको एउटा ठुलो घटनाको रुपमा स्मरण गर्दै डीएसपी पाण्डेय भन्छन्, ‘महाकाली नगरपालिका–३ र ४ को सीमाना रहेको सो खोलामा आएको बाढी पहिरोबाट ठुलो धनजनको क्षति भएको थियो । बाढी पहिरोमा मान्छेहरु बेपत्ता भए । पछि हामीले खोजी गरी उद्धार पनि गर्यौँ ।’ त्यसपछि भएको…

Read More

काठमाडौँः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जिल्लाको सुरक्षा व्यवस्थाका लागि जनशक्ति कम हुनु नै चुनौतीको विषय रहेको बताएका छन्। महेन्द्रनगरपोष्टको तेस्रो वार्षिकोत्सबको शुभकामना व्यक्त गर्ने क्रममा कुराकानी गर्दै थापाले यस्तो बताएका हुन्। प्रहरी युनिटहरु अलि कम संख्यामा हुँदा समस्या हुने गरेको उनी बताउँछन्। अन्य हिसाबले त्यति धेरै चुनौती नभएको बताउँदै उनले थोरै संख्यामा रहेको जनशक्तिले धेरै ठाउँ हेर्नुपर्ने अवस्था रहेको बताए। ‘जनशक्ति नै हो हाम्रो वास्तवमा अलिकति समस्या भएको, त्यही ५/७ जना जनशक्ति भएको चौकीले केही ठाउँमा त ६/७ ओटासम्म वडा हेर्नुपर्ने अवस्था छ,’ उनले भने। खटाइएको जनशक्तिको संख्या कम भएकै कारण धेरै राम्रो परिणाम…

Read More

काठमाडौँ: बैतडीमा महिला समूहहरुलाई डिजे बाँडिएपछि चर्को आलोचना भइरहेको छ । जनप्रतिनिधिहरु विकासमा केन्द्रित नभई बजेट सक्ने काममा लागेका भन्दै आलोचना भइरहेको हो । जिल्लाको सुर्नया गाउँपालिकाले त्यहाँका प्रत्येक वडाका महिला समूहहरुलाई डिजे बाँडेको हो । गाउँपालिकाका अध्यक्ष अमरबहादुर कुँवरले पालिकाका प्रत्येक वडामा दुई/दुई लाख रकमका डिजे, कुर्सी लगायतका सामान बाँडिएका बताए । वडाहरुमा वडा सञ्जाल तथा महिला समूहहरु गठन गरिएका र तीनै समूहका महिलाहरुले माग गरेअनुसारै डिजे वितरण गरिएको उनले बताए । महिलाहरुले तीज, गौरा पर्वका साथै विवाह, व्रतबन्धका लागि पनि आवश्यक रहेको भन्दै डिजे, कुर्सी माग गरेका उनको भनाइ छ । वितरण गरिएका कुर्सीहरु विभिन्न बैठक, तालिम एवं…

Read More

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा पछिल्लो तीन वर्षको अवधिमा ४४ शव बेवारिस अवस्थामा फेला परेको पाइएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि ०७९/८० को वैशाख मसान्तसम्ममा ४४ बेवारिस शव फेला परेका पाइएको हो। जसमा सबैभन्दा बढी कैलालीमा २० बेवारिस शव फेला परेका छन्। त्यस्तै, कञ्चनपुरमा १६, बैतडीमा ४ र दार्चुलामा ३ शव फेला परेका छन् । सबैभन्दा कम डोटीमा एक शव मात्र फेला परेको छ। यो अवधिमा प्रदेशका चार जिल्लामा भने एउटा पनि शव बेवारिस अवस्थामा फेला नपरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। डडेल्धुरा, अछाम, बझाङ र बाजुरामा भने तीन वर्षको अवधिमा एक पनि बेवारिस शव फेला…

Read More

काठमाडौं: सुदूरपश्चिममा पछिल्लो तीन वर्षयता बलात्कारका घटना व्यापक रुपमा बढेको पाइएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा बलात्कारका घटनामा कमी नआएको पाइएको हो। आर्थिक वर्ष २०७७/७८ मा प्रदेशभर जबरजस्ती करणीका २३० मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगमा ८८ मुद्दा दर्ता भएका छन्। त्यस्तै ०७८/७९ मा जबरजस्ती करणीका २३२ र जबरजस्ती करणी उद्योगमा ८८ मुद्दा दर्ता भएका छन्। चालु आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्म जबरजस्ती करणीका १३६ र जबरजस्ती करणी उद्योगमा ४४ मुद्दा दर्ता भएका छन्। तीन वर्षको अवधिमा जबरजस्ती करणीका ५९८ र जबरजस्ती करणी उद्योगका २२० मुद्दा दर्ता भएका छन्। तथ्याङ्कअनुसार कैलालीमा बलात्कारका सबैभन्दा बढी घटना छन्।…

Read More