धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का उहिल्यै जमानाका सुरक्षा कमाण्डरको निधन भएको छ। शनिबार अचानक भारतमा रहेका तत्कालीन सशस्त्र द्वन्द्वकालताकाका सुरक्षा कमाण्डरसमेत रहेका माओवादी नेता तुला भुल (जटिल) को निधन भएको हो। पूर्व जनमुक्ति सेना तथा तत्कालीन युद्धरत अवस्थाको माओवादी पार्टीको केन्द्रीय कार्यालय एवं अध्यक्ष प्रचण्डकै सुरक्षा कमाण्डर रहेका उनले पार्टीको राजनीति पनि गरेका थिए। ५३ वर्षको उमेरमा जटिलको अचानक मृत्युु भएको र आइतबारमात्र आफूहरुले खबर पाएको उनका भाई जगत भुल (जीवन) ले जानकारी दिए। उनका अनुसार जटिल ३ महिना अगाडि भारतको महाराष्ट्र गएकोमा पत्नीसहित आफन्तहरुसँग बस्दै आएका थिए। तर, अचानक कुनै स्वास्थ्य समस्या नरहेका जटिलको निधन…
Author: टेकसिंह धामी
धनगढी: कञ्चनपुरस्थित महाकाली नदीको रोयल्टीको ठेक्का माफियाकै कब्जामा परेको पाइएको छ। विगतका आर्थिक वर्षमा रोयल्टीको ठेक्कामा भ्रष्टाचार गरेकाहरुसहितकै समूहले अहिले पनि ठेक्का हत्याएको पाइएको हो। झण्डै ३ महिना ढिलोगरी खुलेको महाकाली नदीको रोयल्टी संकलनको ठेक्का काठमाडौंको टाइगर सगरमाथा जेभी हात पारेको हो। निकटस्थ स्रोतका अनुसार नारद पाण्डे, पदम बोहरा, दिवाकर भट्ट र तेजबहादुर चन्दसमेत साझेदार रहेको सो कम्पनीले भ्याटसहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का पाएको हो। सो कम्पनीका तर्फबाट ठेकाको सम्झौताको अख्तियारी भने रमेश बोहराले लिएको बताइन्छ। यस्तै यो कम्पनीले सेटिङमा ठेक्का हात पारेको आरोप समेत लागेको छ। किनकी यस कम्पनीका हर्ताकर्ता रहेका तेजबहादुर उनै मान्छे हुन्, जसको विगतका…
धनगढी: जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. रवि यादवको काज फिर्ता गरिएको छ। हिजो (आइतबार) यादवको काज फिर्ताको पत्र आएको हो। अछाम अस्पतालमा एक्ला स्थायी चिकित्सक रहेका यादवको हाजिर भएको ३ महिना पनि नपुग्दै काज फिर्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यादव काज फिर्ता गरिएको जनाएको छ। यादव असोज २ गतेमात्रै अछाम अस्पतालमा हाजिर भएका थिए।तत्कालीन (हालै सरुवा भएका) सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले सुदूरपश्चिममा यादवसहितका संघका चिकित्सकहरु पुल दरबन्दीमा ल्याएका थिए। तर उनीहरु अस्पतालभित्रको राजनीतिक दबाब र किचलोका कारण टिक्न भने सकिरहेका छैनन्। अछाम अस्पतालका मेसु यादवको पनि राजनीतिक दबाबकै कारण काज फिर्ता भएको बताइएको…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको सरुवा प्रकरणमा परेका उजुरीको अझै छिनोफानो भएको छैन। मन्त्रालयका कर्मचारीहरुले मापदण्डविपरीत सरुवा गरिएको विषयमा दिएको उजुरीउपर कुनै कारबाही नभएको हो। मन्त्रालय स्रोतका अनुसार उजुरी परेको २ महिना भन्दा बढी बित्दा पनि सो सम्बन्धमा कुनै छिनोफानो नभएको हो। सामाजिक विकास मन्त्रालयले गत भदौ २९ गते प्रदेश निजामति कर्मचारी सरुवा तथा काज सम्बन्धि मापदण्ड २०८० विपरीत राजनीति र आर्थिक स्वार्थमा कर्मचारी सरुवा गरिएको भन्दै मुख्यमन्त्री कार्यालयमा निवेदन परेका थिए। ७ जना कर्मचारीले सरुवाका सम्बन्धमा मुख्यमन्त्री कार्यालयमा उजुरी गरेका थिए। सामाजिक विकास मन्त्रालयले त्यसबेला ३० जना कर्मचारीको सरुवा गरेको थियो। तीमध्ये सात जनाले मापदण्डविपरीत सरुवा…
धनगढी: कञ्चनपुरस्थित बेलौरी नगरपालिका क्षेत्रका नाका एरियामा सशस्त्र प्रहरी बल, नेपालका एक इन्सपेक्टरले घुस धन्दा चलाएको आरोप लागेको छ। बेलौरी नगरपालिकाको वडा नम्बर ६ स्थित नाका क्षेत्रमा सशस्त्रका इन्सपेक्टर नरेश चौधरीले घुस लिने गरेको आरोप लागेको हो। त्यहाँको ढक्का चादर नाका क्षेत्रमा तस्करी गरेर माल, सामान ल्याउनेहरुबाट चौधरीले मासिक ५ हजारका दरले पैसा बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार दसैंको बेलामा तिनै चौधरीले त्यहाँका स्थानीय व्यापारीहरूबाट १५ हजार रुपैयाँ बुझेका थिए। चौधरीले भारतबाट नेपालतर्फ सामान ल्याएर नेपालमा व्यापार गर्ने दसैं अगाडि प्रती ५/५ हजार लिएर सामान ल्याउन दिने सोमराज सुनार, जितेन्द्र गुप्ता र सन्दिप गुप्ताबाट ५/५ हजारका दरले…
धनगढी: कैलाली प्रहरीले ‘कुख्यात’ अपराधी भनेका धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन्। आज (आइतबार) मुनिर पक्राउ परेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा अचानक फेला परेपछि समातिएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी देवेन्द्रबहादुर पालले पनि मुनिरलाई पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार एक जनाको गाडी कब्जा गरेको आरोपमा उनलाई अनुसन्धानका लागि समातिएको हो। आज उनलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको एसपी पालले बताए। उनी आज एक पुरानो मुद्दाको छलफलका लागि प्रशासन कार्यालयमा आएकै बेला समातिएका हुन्। प्रहरीका अनुसार उनीविरुद्ध दर्जनौं मुद्दाहरु जिप्रका कैलालीमा दर्ता भएका छन्। उनीविरुद्ध प्रहरीमा कब्जा,…
धनगढी: धनगढीका २ ठूला व्यवसायी कर कार्यालयको फन्दामा परेका परेका छन्। स्रोतका अनुसार बजार अनुगमनका क्रममा उनीहरु कर छली गरेको भन्दै कारबाहीमा परेका हुन्। स्रोतको दाबीअनुसार गत बैशाख २५ गते धनगढीकै ठूलो न्यू शुसिल श्रृङ्गार र जेठ १७ गते बालाजी सपिङ सेन्टर कारबाहीमा परेका हुन्। आन्तरिक राजस्व कार्यालय धनगढीले अनुगमनका क्रममा कैफियत भेटेपछि कारबाहीस्वरुप ठूलो जरिमाना गरेको हो। शुसिलले एउटामात्र फर्म देखाएर २ फर्मबाट अवैध कारोबार गरिरहेको देखिएको र बालाजीले पनि कर छलेको देखिएपछि जरिमाना गरिएको बताइएको छ। शुसिलले अञ्जली ट्रेडर्स र शुसिलको फर्मबाट कारोबार गर्ने गरेको थियो। जसमा ती दुबै फर्मलाई कारबाही गरिएको हो। राजस्व कार्यालय धनगढीका अनुसार अहिले…
धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीबाट अनलाइनबाट ठगी गरेकाे आराेपमा ९ जनाकाे समूहलाई प्रहरीले पक्राउ गरेको छ। आज (बुधबार) सुदूरपश्चिम प्रदेश प्रहरी अन्तरगत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र दिपेन्द्र किमाडी र जिल्ला प्रहरी कार्यालय कैलालीसहितको टोलीले सो गिरोहलाई क्राउ गरेको हो। धनगढी उपमहानगरपालिका– ५ तारानगरमा कञ्चनपुरकाे बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारले अवैध रुपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित ८ जनालाई पक्राउ गरिएकाे जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए। उनकाअनुसार पक्राउ पर्नेमा डोटीकाे शिखर नगरपालिका-१० का २१ वर्षीय प्रसान्त बलायर, भारतकाे दिल्ली पालङ्गा बस्ने ३२ वर्षका अमित…
धनगढीः धनगढीको स्वस्तिक अस्पतालमा हिजो (शुक्रवार) एक बिरामीको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार उपचाररत अवस्थामा एक महिला बिरामीको अस्पतालमा मृत्यु भएको हो। स्रोतको भनाईअनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका-५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्युु भएको हो। जमुनालाई मुखबाट रगत आउने समस्या भएपछि अस्ति उपचारका लागि चटकपुरस्थित स्वस्तिक अस्पतालमा ल्याइएको थियो।अस्पतालमा ल्याएर उपचार सुरु गरिएकोमा दोस्रो दिन नै उनको मृत्यु भएको बताइएको छ। हिजो बिहानसम्म जमुनाको अवस्था सामान्य रहेकोमा पछि दिउँसो १२ बजेतिर इन्डस्कोपी गर्ने क्रममा अचानक मृत्युु भएको आफन्तले बताएका छन्। जमुनाको मृत्यु भएपछि हिजो नै अपराह्न ३ बजेबाट अस्पतालका मान्छे र मृतकका आफन्तहरुसहित सुरक्षाकर्मी बसेर छलफल थालेका…
धनगढी: कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्। हिजो जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्टीको मृत्युु भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार थुनामा राखिएका उनलाई बयान लिने क्रममा अचानक समस्या आई ढलेर बेहोस भएकोमा सेती अस्पताल लगेर उपचार थालिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइन्छ। तर, उनका दाई गोपाल सेट्टीले भने प्रहरीकै कस्टडीमा आफ्नो भाईको हत्या भएको बताए। उनले प्रहरीले सिसिटिभी पनि लुकाइरहेको दाबी गरे। आफ्नो भाईको स्वास्थ्यमा कुनै समस्या नरहेको पनि उनको भनाई…